सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु
आर्थिक परिवेश

२२ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा सुख्खा बन्दरगाह निमार्ण गर्न रुख कटान सुरु गरिएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले एक साता अघिदेखि रुख कटान भइरहेको जानकारी दिनुभयो। ‘एक हप्ता अघिदेखि रुख कटान सुरु भएको हो। अहिलेसम्म ५०० रुख कटान भइसकेका छन्, उहाँले भन्नुभयो , बन्दरगाह निमार्णका लागि एक हजार ५९३ रुख काट्नुपर्ने छ।’ उहाँले रुख कटानका लागि ४१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको बताउनुभयो। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकारबीच जुन १, २०२३ मा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। सोही…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारतकाे उत्तराखण्डमा
आर्थिक परिवेश

२० बैशाख,  कञ्चनपुर,  सुदूरपश्चिम । भारत भ्रमणमा रहनुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तराखण्डका विभागीयमन्त्रीबीच देहरादुनमा भेटवार्ता भएको छ । मुख्यमन्त्री र उत्तराखण्डका वनमन्त्री सुबोध उनियाल, पर्यटनमन्त्री सतपाल महाराज, र कृषिमन्त्री गणेश जोशीबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भेटवार्तामा वन तथा पर्यटन प्रवर्द्धन र आधुनिक कृषि खेतीलगायत विषयमा द्विपक्षीय छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा पर्यटन प्रवर्द्धनबाट रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जन भई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने, विकास लक्ष्य हासिल गर्न र नेपाली जनताको दिगो सामाजिक एवं आर्थिक उन्नतिका लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको थियो । पर्यटनमन्त्री सतपालसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले धार्मिक मानसखण्ड सर्किट, अध्यात्मिक…

पेट्रोलियम, फलाम, तामा खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाउने छ : राष्ट्रपति
आर्थिक परिवेश

१९ बैशाख, काठमाण्डौ ।  सरकारले धौवादी फलाम कम्पनी र विशेष आर्थिक क्षेत्र (सेज)लाई सार्वजनिक–निजी साझेदारीमा सञ्चालन गर्ने अवधारणा अघि सारेको छ । सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्फत यस्तो नीति लिएको हो सरकारको नीति तथा कार्यक्रम पेस गर्नुहुँदै शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले ती दुवै निकायलाई सार्वजनिक निजी साझेदारी अवधारणामा अघि बढाउने सरकारको नीति रहेको उल्लेख गर्नुभयो । यस्तै, पेट्रोलियम, फलाम, तामाजस्ता खानीको उत्खनन र प्रयोगलाई महत्वका साथ अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख छ । व्यावसायिक वातावरण सुधार गर्न सरकारले अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलतामा निजी लगानी प्रवद्र्धन गर्ने नीति सरकारले लिएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो ।…

घर संरचनाका आधारमा ९१.४ प्रतिशत घरहरुमा विद्युतको पहुँच पुगेको छ : शाक्य
आर्थिक परिवेश

१९ बैशाख, काठमाण्डौ ।   नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको आर्थिक प्रशासनिक तथा विद्युत उत्पादनको अवस्थाको वारेमा श्वेतपत्र जारी गरेको छ । श्वेतपत्र जारी गर्दै नेपाल विदूत प्रधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले देशका ९७.५ प्रतिशत पालिकाहरुमा विद्युत पहुँच पुगेको बताउनु भयो । हाल वडागत रुपमा ९५ प्रतिशत वडाहरुमा र घरसंरचनाका आधारमा ९१.४ प्रतिशत घरहरुमा विद्युतको पहुँच पुगेको शाक्यले बताउनु भयो । चालु आर्थिक बर्षको अन्त्यसम्म विद्युतको माग २ हजार ४ सय ३८ मेगावाट पुग्ने प्राधिकरणले प्रक्षेपण गरेको छ । फागुन मसान्तसम्म आन्तरिक माग २३३७ मेगावाट रहेको छ । प्राधिकरणले ०८२/८३ मा वर्षा याममा २६४८ मेगावाट, ०८३/८४ मा ३३१६ मेगावाट विद्युत जगेडा हुने…

लगानी बोर्डले ८ अर्ब ९५ करोड डलरका ११ वटा परियोजना निर्माण गर्ने
आर्थिक परिवेश

१९ बैशाख, काठमाण्डौ ।     लगानी बोर्डले आर्थिक वर्ष २०८५/८६ सम्ममा ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरका ११ वटा परियोजना निर्माण सम्पन्न गरिसक्ने लक्ष्य अघि सारेको छ । लक्ष्यअनुसारका सबै ११ वटा परियोजना सम्पन्न हुन नसकेको खण्डमा पनि कम्तीमा चार अर्ब सात करोड अमेरिकी डलरका पाँचवटा परियोजनाहरू सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको लगानी बोर्डले जनाएको छ । आर्थिक वर्ष २०८५/८६ सम्ममा कम्तीमा दुई अर्ब ८३ करोड अमेरिकी डलर लागतका सातवटा परियोजनाहरू निर्माणको चरणमा पुगिसक्ने र अधिकतम पाँच अर्ब ५५ करोड अमेरिकी डलरका १४ वटा योजनाहरु निर्माणको अन्तिम चरणसम्म पु¥याउन सकिने लक्ष्य बोर्डको छ । आगामी चार वर्षमा अधिकतम २४ अर्ब…