नेपाल राष्ट्र बैंकले विभिन्न बैक तथा उच्च व्यवस्थापकलाई जरिवाना र सचेत गरायाे
आर्थिक परिवेश

 १८ बैशाख, काठमाडाै ।   नेपाल राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड बढी जरिवाना गरेको छ। तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै बैंकलाई जरिवाना लगाइएको हो। आव २०८१/८२ को दोस्रो त्रैमासिक (२०८१ पुस मसान्तसम्मको) अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेकोले १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना लगाएको राष्ट्र बैंकले जनाएको छ । यो बाहेक सीईओसहित अन्य ४ बैंक पनि कारबाहीमा परेका छन्। यसमा नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर अधिकारीलाई कर्जा दुरुपयोगमा ५ लाख जरिवाना गरेको छ भने नेपाल बैंकका सीईओ तिलकराज…

कोशी प्रदेशस्तरीय लगानी सम्मेलन बिहिवारदेखि शुरू
आर्थिक परिवेश

१८ बैशाख, विराटनगर ।  कोशी प्रदेशस्तरीय लगानी सम्मेलन बिहिवारदेखि विराटनगरमा शुरू भएकाे छ । ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ काे  प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । लगानी सम्मेलनमा विभिन्न ७१ वटा अायाेजनाहरू लागनीकाे लागि साेकेसमा राखिएकाे छ  । लगानी सम्मेलनमा भारत, चीन, अमेरिका, काेरिया अष्टेलिया लगायतका मुलुकका लगानीकर्ताहरूकाे सहभािगता रहने भएकाे छ । सम्मेलनकाे क्ममा प्रदेशमा लगानीकाे अवसरका वाारेमा पनि छलपफल गरिने कार्यक्रम रहेकाे छ । सम्मेलन भाेली शुक्रवारसम्म जारी रहने छ ।

लगानीसम्बन्धी १० वर्षे एकीकृत नीति बनाई लागू गर्न कांग्रेससँग महासंघको माग
आर्थिक परिवेश

१५ वैशाख, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०८२/८३ को बजेटमा समेटिनुपर्ने सन्दर्भमा प्रमुख सत्ता साझेदारमध्येको एक दल नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ। आसन्न बजेटका सन्दर्भमा नेपाली कांग्रेस पार्टी उद्योग तथा व्यापार विभागले सोमबार काठमाडौंमा आयोजना गरेको बजेट अन्तर्क्रियामा कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आवश्यक सुझावहरु दिनु भएकाे  हाे । उनले संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसलाई सामाजिक न्यायसहितको खुला अर्थतन्त्रको विस्तार, नयाँ चरणको आर्थिक सुधारका लागि संरचनात्मक परिवर्तन, निजी क्षेत्र प्रवर्द्धन एवं लगानी अभिवृद्धि, सुशासन प्रवर्द्धन एवं राजस्व परिचालन तथा सार्वजनिक खर्चको प्रभावकारिता जस्ता पक्षलाई आफ्ना उद्देश्य र प्राथमिकतामा समेटिनुपर्ने सुझाव दिए। नेपाल उद्योग वाणिज्य महासंघले…

मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत बजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु
आर्थिक परिवेश

१४ बैशाख,  दमौली (तनहुँ)। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्रे सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्रे सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्रे थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफास  डक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्रे भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रेको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पूर्वी खण्डका अन्य ठाउँमा कालोपत्रेको काम अन्तिम चरणमा पुगे पनि दमौली खण्डमा घरटहरा हटाउन ढिलाइ हुँदा काममा ढिलाइ भएको थियो । यो खण्डको काम ८२ दशमलब ९५…

सात दिन भित्र सञ्चार मन्त्रालयमा सूचीकरण गर्न नआए मेटालाई बन्द गर्ने सरकारकाे चेतावनी
आर्थिक परिवेश

१२ बैशाख   काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल प्लेटफर्म मेटालाई सात दिन भित्र सञ्चार मन्त्रालयकाे सम्पर्क केन्द्रमा सूचीकरण गर्न नआए बन्द गर्ने चेतावनी दिनुभएको छ । आज काठमाडौँमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभाग स्तरीय अन्तरक्रियामा मन्त्री गुरुङले मेटालाई तीन पटकसम्म लगातार मन्त्रालयमा सम्पर्क केन्द्र सूचिकृत गर्न पत्राचार गर्दा समेत बेवास्ता गरेको बताउनुभयो । जुन देशमा व्यवसाय गर्‍यो त्यही देशको कानुन पालना गर्दिन भन्नु मेटाको अपमानजनक प्रवृत्ति भएको मन्त्री गुरुङको भनाइ थियो । “नेपालमा बसेर व्यवसाय गर्ने अनि त्यही देशको नियम अनुसार दर्ता प्रक्रिया मान्नुपर्दैन? ”, उहाँले भन्नुभयो,“एक हप्ता भित्र दर्ता भए हुन्छ,…