मेलम्चीको पानी माघ १ गतेबाट काठमाडौंमा वितरण गरिने
आर्थिक परिवेश

२८पुष, काठमाडौं  | गत बुधबार देखि काठमाडौंका लागि पथान्तरण गरिएको पानी आज सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा आउन शुरु गरेको छ । बाढीका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा आएसँगै प्रशोधन प्रक्रिया शुरु भएको र माघ १ गतेबाट उपभोक्ताको धारामा वितरण गर्न लागिएको खानेपानी मन्त्रालयले जनाएको छ । सुन्दरीजल पानी प्रशोधन केन्द्रको अवलोकनका क्रममा खानेपानी मन्त्री महिन्द्रराय यादवले पानीको सन्तुलित वितरण प्रणालीलाई व्यवस्थित बनाउन निर्देशन दिनुभयो । मन्त्री यादवले काठमाडौं बासीलाई १२ अ‍ैं महिना स्वच्छ पानी खुवाउने सरकारको संकल्प पुरा गर्न स्थानीय पानीका श्रोतको व्यवस्थापन र मेलम्ची दाश्रो चरणको आयोजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो…

नेपाल आयल निगमले आर्थिक  बर्ष २०७९/८० मा करिब  १६ अर्ब नाफामा  सम्पूर्णरूपले  ऋणमुक्त
आर्थिक परिवेश

२६ पुष, काठमाडौँ ।  नेपाल आयल निगमले गत आर्थिक  बर्ष २०७९/८० मा करिब  १६ अर्ब अर्ब नाफा  गरी ल सम्पूर्णरूपले  ऋणमुक्त भएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण आव २०७८/७९ मा निगमले  ४९ अर्ब घाटा  व्यहोरेको थियो । आव २०७९/८० को अन्त्यमा निगमको सञ्चित नोक्सानी  चार अर्ब ९४ करोड रहेको उहाँको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्नु तथा मितव्ययी कदमले वित्तीय अवस्थामा सुधार भई निगम दायित्वमुक्त भएको नेपाल  आयल निगमका निमित्त कार्यकारी निर्देशक  नागेन्द्र साहले बताउनुभयो । मुलुकमा पेट्रोलियम पदार्थको आयात, भण्डारण र वितरणको एकाधिकार पाएको नेपाल आयल निगमकाे  ५४औँ वर्षमा प्रवेश कार्यक्रममा निमित्त…

माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन टुगाें लाग्याे
आर्थिक परिवेश

२४ पुष, काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण हुने ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट लगानी जुटाइएको हो । एनएमबी बैङ्क र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल) को सहवित्तीयकरणमार्फत् आयोजनामा निर्माण अवधिको ब्याजसहित रु सात अर्ब ४० करोड ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये एनएमबी बैङ्कको  चार अर्ब ४० करोड र एचआइडिसीएलको  तीन अर्ब  लगानी रहनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आयोजनाको प्रवद्र्धक मोदी…

सरकारले सहजीकरण गरे निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्छ : कार्की
आर्थिक परिवेश

२२ पुष, काठमाडौ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको दीर्घकालिन विद्युत व्यापार सम्झौताको इप्पानले स्वागत गरेको छ । आइतवार काठमाडौमा पत्रकार सम्मेलन आयोजना गरी इप्पानले उक्त सम्झौताको स्वागत गरेको हो । पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष गणेश कार्कीले सरकारले सहजीकरण गरिदिएमा निजी क्षेत्रले ५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने बताउनुभयो । सम्झौताले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण अवसरहरु सिर्जना भई थप ढोकाहरु खुल्दै जाने पनि अध्यक्ष कार्कीको भनाई छ । यसले नेपाल र भारतबीचको बिजुली व्यापारमा वृद्धि भई नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने तथा निर्यात वृद्धि र आयात न्यूनीकरणमा…

पाेखराका पाँच सहकारी समस्याग्रस्त बचतकर्ताको २ अर्ब ८५ करोड रकम जोखिममा
आर्थिक परिवेश

२२ पुष, पाेखरा । पाेखराका पाँच सहकारी समस्याग्रस्त भएपछि  कास्कीका बचतकर्ताको करिब तीन अर्ब रकम जोखिममा परेको छ । हजारौ बचतकर्ता जोडिएका ती सहकारीमा २ अर्ब ८५ करोड बराबर रकम जोखिममा परेको हो । समस्याग्रस्त भएर प्रहरीमा उजुरी परे पछि भएको अनुसन्धानबाट ९३ जनालाई प्रतिवादी बनाइएकोमा हालसम्म २५ जना पक्राउ परेका छन् । सूर्यदर्शन बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, शिव शिखर बहुउद्देश्यीय सहकारी, मित्र मिलन बचत तथा ऋण सहकारी र बलिदानी बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त बनेका छन् । यी सहकारीका बचतकर्ता र सेयर सदस्यले कर्मचारी र सञ्चालकहरूले ठगेको भन्दै उजुरी दिएका हुन् । ती…