आफ्नै गाउँमा  तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन
आर्थिक परिवेश

१८ कातिर्क, गलकोट (बागलुङ)।  बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन्  । त्यसैमध्येका एक हुनुहुन्छ, चन्द्र खत्री । गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा  तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहनुभएको छ । जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याउनुभएको हो । “पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो । तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच…

१०६१ मेगावाटको माथिल्लो अरुण निर्माण अगाडि बढाउने प्रतिबद्धता
आर्थिक परिवेश

१७ कात्तिक,काठमाडौं ।  संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउन उच्चतहको प्रतिबद्धता जनाइएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महत, ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत, सङ्खुवासभाका संघीय सांसद दिपक कार्की, ऊर्जा सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व गरिरहेको विश्व बैंककी प्रबन्ध–निर्देशक आना वियर्डे  एशियाली विकास बैंक (एडिबी)का महानिर्देशक रमेश सब्रमण्यमसहितको टोलीले शुक्रबार आयोजनास्थलको निरीक्षण भ्रमण गरेको थियो । भोटखोला गाउँपालिका–४ छोग्राङमा आयोजना गरिएको कार्यक्रममा अर्थ मन्त्री महतले माथिल्लो अरुण जलविद्युत आयोजना देखिने गरी कार्यान्वयनको चरणमा पुग्न लागेको बताउनुभयो…

एसियाली विकास बैंककाे सहयाेगमा संरक्षित वन क्षेत्र पञ्चासेसम्म बाटोको स्तरोन्नति हुने
आर्थिक परिवेश

१७ कार्तिक, पाेखरा ।  एसियाली विकास बैंक (एडिबी)ले कास्की जिल्लाकाे  पोखराका विभिन्न  परियोजनाहरूमा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उहाँको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुनुहुन्छ । भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल भएकाे महानगर प्रमुख आचार्यले बताउनुभयो । उहाँका अनुसार पूर्वाधार निर्माणसहित दिगो पर्यटन…

विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानीस्थल : चन्द्र ढकाल
आर्थिक परिवेश

१५ कार्तिक, काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले ठूला पूर्वाधार विकासका लागि नेपालले थप बाह्य पुँजी खोजिरहेकाले विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपाल आकर्षक लगानी स्थल रहेको बताउनुभयो । जलविद्युत्लाई नवीकरणीय ऊर्जा गणनामा समावेश गर्ने भारतको हालैको निर्णयबारे अध्यक्ष ढकालले बढ्दो भारतीय बजारले जलविद्युत् आयोजनामा लगानीको थप अवसर प्राप्त भएको प्रस्ट पार्नुभयो । बङ्गलादेशको सुदृढ अर्थतन्त्रले ऊर्जा माग बढ्दा नेपालको जलविद्युत्का लागि थप बजार सृजना भएको उहाँले सम्बोधनका क्रममा बताउनुभएको महासङ्घद्वारा आज…

नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरुलाई आग्रह,१.५ बिलियन पाउण्डसम्म लगानी गर्न यूके एक्सपोर्ट फाइनान्स तयार
आर्थिक परिवेश

१५कार्तिक,लण्डन,संयुक्त अधिराज्य ।  नेपालको विभिन्न क्षेत्रका व्यक्ति तथा विज्ञहरुले नेपालमा लगानीको वातावरण निर्माण भएकोले नेपालमा लगानी गरी लाभ लिन बेलायती लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ । बेलायतको राजधानी लण्डनमा नेपालमा लगानी सम्बन्धमा आयोजित एक उच्चस्तरीय सम्मेलनको क्रममा वक्ताहरुले नेपालमा लगानी गर्न आग्रह गर्नु भएको हो । नेपाली राजदूतावास लण्डनले नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न नेपाल बेलायत मैत्री सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा मंगलवार सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको हो । सम्मेलनलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको समृद्धि र आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय…