तीन महिनामा नेपालबाट बाहिरियाे ३३ अर्ब रुपैयाँ
आर्थिक परिवेश

२४ कात्तिक, काठमाडौं ।   नेपालबाट विदेश जाने विद्यार्थीसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ को तीन महिनामा ३३ अर्ब रुपैयाँ विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्म शिक्षातर्फ ३२ अर्ब ९२ करोड रुपैयाँ विदेशिएको छ । यो गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो आवको तीन महिनामा १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । यस अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड रहेको छ । जसमध्ये शिक्षामा मात्र ३३ अर्ब रुपैयाँ विदेशिएका नेपाल राष्ट्र बैंकले जनाएको छ । भ्रमण आय भने १७ अर्ब २ करोड रुपैयाँ छ । यो गत आवको तुलनामा ५१.३…

राष्ट्रिय वाणिज्य बैंकले भूकम्प पीडितको सहायतामा एक करोड रुपैंया आर्थिक सहयोग प्रदान
आर्थिक परिवेश

२२ कार्तिक, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्प पीडितको सहायताका लागि एक करोड रुपैंया आर्थिक सहयोग प्रदान गरेको छ । बैंक सञ्चालक समिति सदस्य दिलिपकुमार ढुङ्गानाले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ूप्रचण्डूलाई मङ्गलबार एक कार्यक्रमका बीच एक करोड रुपैंयाको चेक रकम हस्तान्तरण गर्नु भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प पीडितहरुको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको च.हि.न. ११३०१००००३७६२००१ खातामा बैंकको तर्फबाट एक करोड रुपैंया मङ्गलबार ट्रान्सफर गरेको छ । उक्त कार्यक्रममा मुख्य सचिव डा.बैकुण्ठ अर्याल, स्वकिय सचिव गंगा दहाल, बैंक सञ्चालक समिति सदस्यहरु रोमिला ढकाल उप्रेती,सुशिल…

एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन बिहिबारदेखि काठमाडौंमा
आर्थिक परिवेश

२२ कार्तिक,काठमाडौं।  एसियाली बैंकर्स एसोसिएसन(एबीए) को ३९ औं वार्षिक सम्मेलन बिहिबारदेखि काठमाडौंमा हुने भएकाे  छ। सम्मेलन नेपाल बैंकर्स संघ(एनबीए)को पहलमा  पहिलोपटक नेपालमा हुन लागेको हो। बैंकिङ क्षेत्रमा देखिएको व्यापक उतारचढावकाबीच एसियाली बैंकर्स एसोसिएसनको सम्मेलन काठमाडौंमा गर्न लागिएको हो जहाँ एसियाका २५ भन्दा धेरै मुलुकका ६० बैंकका बैंकर सहभागी हुनेछन्। सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्नेछन्। सम्मेलनमा विभिन्न मुलुकका २० भन्दा बढी वक्ताहरूले धारणाा राख्ने कार्यक्रम रहेकाे नेपाल बैकर्स संङले जनाएकाे छ । सम्मेलनमा  एबीएका अध्यक्ष यूजीन एस एसेभेडो, एसियाली विकास बैंकका निर्देशक अब्दुल अबियाद, फाइनान्सियल होल्डिङ कम्पनीका पूर्वअध्यक्ष र सीईओ…

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीकाे आग्रह
आर्थिक परिवेश

२१ कार्तिक, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधि मण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गर्नुभयो । नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाउनुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको…

नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ मा
आर्थिक परिवेश

१९ कातिर्क, काठमाडौँ ।  नेपाली धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतवार पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ४६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २६ दशमलव २३ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ३६ अङ्कले ओरालो लागेर तीन सय ५२ दशमलव ३९ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज एक उपसमूहको शेयर मूल्य उकालो लाग्दा १२ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । नेप्सेका अनुसार विभिन्न कम्पनीका कूल ३५ लाख ५८ हजार पाँच सय…