
खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार आयोजनाको शुभारम्भ १२ कराेड अमेरिकी डलर लगानी हुने
आर्थिक परिवेशमाघ २७, काठमाडौं । नेपालकाे खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार विकास सहयोग आयोजनाको शुभारम्भ भएकाे छ । आयोजनामा १० कराेड अमेरिकी डलर विश्व बैकले सहुलियतपूर्ण ऋण सहयोग गर्नेछ भने नेपाल सरकारले दुई करोड अमेरिकी डलर बराबरको आन्तरिक लगानी गर्ने छ । खानेपानी मन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद-जेर्भोसले शुक्रवार युक्त रूपमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाको शुभारम्भ गर्नुभयो । विश्व बैंकबाट प्राप्त हुने आठ करोड अमेरिकी डलरको सहुलियतपूर्ण ऋण सहयोग तथा नेपालको दुई करोड अमेरिकी डलर बराबरको आन्तरिक लगानीमा कार्यान्वयन हुने साे आयोजनाले सहभागी पालिकाहरूमा सुधारिएको र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्ने तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य लिएको…

नदी प्रवाही जलविद्युत आयोजनाहरुको १५ सय मेगावाटसम्म पिपिए गर्ने विद्युत प्राधिकरणको निर्णय
आर्थिक परिवेश२७ माघ,काठमाडौं। नेपाल विद्युत प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरुको १५ सय मेगावाटसम्मको विद्युत खरिद गर्ने भएको छ । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनको अध्यक्षतामा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको ९३० औं बैठकले ग्रिड आबद्ध सम्झौता मितिको रोलक्रमका आधारमा आरओआर आयोजनाहरुको १५ सय मेगावाटसम्मको पिपिए गर्ने निर्णय गरेको छ । उक्त आयोजनाहरुको विद्युत् ‘लेऊ या तिर’ ९त्बपभ यच एबथ० सिद्धान्तका आधारमा खरिद गरिने छ । आयोजनाहरुको विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)का लागि हाल कायम रहेको दर क्रमश ः रु ८.४० र ४.८० प्रति युनिटमा खरिद हुने छ । प्राधिकरणको यही माघ १८…

नेपाल टेलिकमले फाइभजी सेवाको उदघाटन गर्ने चर्चा भए पनि हुन सकेन
आर्थिक परिवेश२२ माघ, काठमाडौँ । नेपाल टेलिकमले फाइभजी सेवाको शुरुवात बार्षिकोत्सवमा गर्ने भने पनि हुने सकेन । फाइभजी सेवाको शुरुवात हुन नसके पछि नेपाल टेलिकमले उपकरणको जडान गरी परीक्षणको काम जारी रहेको मात्र बताएको छ । टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतवार प्रधान कार्यालयमा आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलले फाइभजी सेवा परीक्षणकै चरणमा रहेको बताउनुभयो । उहाँले फाइभजी प्रभावकारीरुपमा सञ्चालन गर्ने गरी आवश्यक पूर्व तयारीका काम भैरहेको पनि उल्लेख गर्नुभयो । जीएसएम प्रविधिअन्तर्गत हाल सञ्चालनमा रहेको मोबाइल सेवा र नयाँ आउने फाइभजी सेवा प्राविधिकरुपमा नै फरकरुपमा सञ्चालन हुने उहाँको भनाइ थियो । हाल कम्पनीले एउटै फाइबरबाट फोन, इन्टरनेट र टेलिभिजन…

बिटक्वाइन, हाइपर नेटवर्किङ लगायतलाई प्रतिबन्ध गर्न निर्देशन
आर्थिक परिवेशकाठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा वेबसाइट र एपबाट खेलाइने अनलाइन जुवा, बिटक्वाइन, हाइपर नेटवर्किङ लगायतलाई प्रतिबन्ध गर्न निर्देशन दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई प्रतिबन्ध गर्न निर्देशन दिएको हो। ‘अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ।’ जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही गर्ने चेतावनी…

त्रिविबाट ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित, दीक्षान्त समारोह गरी प्रमाण पत्र प्रदान
आर्थिक परिवेशललितपुर । त्रिभुवन विश्वविद्यालयले ४८ औँ दीक्षान्त समारोहकाे अायाेजना गरी ६३ हजार एक सय ३७ विद्यार्थीहरलाइ दीक्षित भएकाे प्रमाण पत्र प्रदान गरेकाे छ । २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थीहरू ललितपुरको पुल्चोक क्याम्पसमा प्राड.गणामा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । हाल देशका ७७ मध्ये ७६ जिल्लामा त्रिभुवन विश्वविद्यालयका एक सय १२ वटा आङ्गिक क्याम्पस रहेका छन् । समाराेहमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमकाे माध्यमबाट अाथिर्क विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयाे । प्रधानमन्त्री देउवाले त्रिभुवन विश्वविद्यालय बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा…