विद्यालयमा अनुपस्थित हुने शिक्षक र कर्मचारी पदमुक्त गर्छौं : महानगर प्रमुख बालेन साह
आर्थिक परिवेश

०२असार,काठमाडौं ।  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको छ । प्रमुख शाहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभएको छ, ‘अनुपस्थित भएमा काठमाडौं महानगरपालिका शिक्षा ऐनको दफा ४१ (क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइनेछ ।’ प्रमुख शाहले विद्यालय व्यवस्थापन समितिबाट नियमित कक्षा सञ्चालनका निम्ति पहल नभएमा एवं नियमित कक्षा सञ्चालनमा कुनै बाधा पुर्‍याउने काम भएमा समिति विघटन गर्ने बताउनुभयो । यस्तै कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेका खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा…

सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर नलाग्ने
आर्थिक परिवेश

३० जेठ , काठमाण्डौं । सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएको छ । बजेट बक्तब्यमा १० लाख माथिको सुनचाँदीको कारोबारमा २ प्रतिशत विलासिता कर लगाउने भनिएको थियो । सरकारले गरेको उक्त घोषणाको सुनचाँदी ब्यवसायीले चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए । उनीहरुले मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेटगरी सो कर फिर्ता गर्न माग गरेका थिए । भेटका क्रममा अर्थमन्त्री डा. महतले सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको बताउनुभयो । सुनका गरगहना हुने खाने देखि हुँदा आमनेपाली सम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको प्रष्ट पार्नुभएको नेपाल…

पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ
आर्थिक परिवेश

२८ जेठ , काठमाडाैं  ।  नेपालमा पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ भएको छ । नेपाल सरकार र विश्व बैंकले आइतवार संयूक्त रुपमा २७ करोड ५० लाख डलर अर्थात  करिब ३४ अर्ब ९६ करोड नेपाली रुपैंया लागतको पूर्वी दक्षिण एसियाको यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना शुभारम्भ गरिएको हो । यस आयोजनाले नेपालमा छनौट गरिएका व्यापारिक करिडोरहरूमा व्यापार र यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्न मद्दत गर्नेछ । आयोजनाकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजरले संयूक्त रुपमा  शुभारम्भ गर्नुभएको हो ।…

स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुनुस : धितोपत्र बोर्ड
आर्थिक परिवेश

२८ जेठ, काठमाडौं ।   नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारण लगानीकर्ताहरुलाई आह्वान गरेको छ । २४ जेठमा मनकामना दरौदी हाइड्रोपावर कम्पनी लिमिटेडले सूचना प्रकाशित गरी सर्वसाधारणहरुलाई लक्षित गरी सेयरमा लगानीका लागि आव्हान गरेको थियो । उक्त विज्ञापनप्रति गम्भीर ध्यानाकर्षण भएको बोर्डले जनाएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ (१) मा संगठित संस्थाले धितोपत्र निष्कासन गर्नु अघि बोर्डमा दर्ता गराउनु पर्ने र दफा २९(१) मा संगठित संस्थाले एक पटकमा ५० जना भन्दाबढी व्यक्तिहरुलाई धितोपत्र बिक्री गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्कासन गर्नुपर्ने भन्ने व्यवस्था रहेको जनाएको छ ।…

३८ वटा सफ्टवेयर र आइटीमा काम गर्ने कम्पनी आबद्ध, सरकारसंग मिलेर काम गर्ने
आर्थिक परिवेश

२६ जेठ, काठमाडौं।  सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटले नेपालको सूचना प्रविधि उद्योगमा सकारात्मक अवसर सृजना भएको प्रतिक्रिया सूचना प्रविधि क्षेत्रका कम्पनीहरू दिएका छन्। नेपाल एशोसिएशन फर सफ्टवेयर र आइटी सर्भिसेस कम्पनिज (एनएएस-आइटी) ले सरकारप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि आइटी क्षेत्रको विकासका लागि निरन्तर सहयोगको अपेक्षा गर्ने बताएको छ। एनएएस-आइटी नेपाल सफ्टवेयर र आइटी कम्पनीहरूको विकास र प्रवर्द्धनका लागि यसै वर्ष मार्चमा स्थापना भएको संस्था हो। यसमा ३८ वटा सफ्टवेयर र आइटीमा काम गर्ने कम्पनी आबद्ध छन्। आगामी बजेटमा एनएएस-आइटीले नेपालको आइटी क्षेत्रको विकासका लागि बजेट अगाडि सुझाएको सबै बुँदाहरू समेटिएको एनएएस-आइटीका अध्यक्ष तथा…