टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीनको सहयोग जुटाइन्छ : अर्थमन्त्री
आर्थिक परिवेश२३ भदाै, काठमाडाैं । अर्थमन्त्री डा प्रकाशशरण महतले काठमाडाैंको टोखाबाट नुवाकोटको छहरेसम्मको सुरुङ मार्ग निर्माणमा चीन सरकारको सहयोग जुटाइने बताउनुभएको छ । नेपाली कांग्रेस नुवाकोटले आज विदुरमा आयोजना गरेको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सुरुङ मार्ग निर्माणले चीनसँगको व्यापारिक गतिविधिमा उल्लेख्य योगदान पुग्ने भएकाले चीन सरकारसँग सहयोग माग्न लागिएको बताउनुभएको हो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा माग गरिने सहयोगको कार्यक्रममा सुरुङ मार्ग निर्माणको प्रस्तावलाई अर्थ मन्त्रालयबाट प्राथमिकतामा राखेको अर्थ मन्त्रीले बताउनु भयो । उहाँले योजना सम्पन्न गर्न करिब ५० अर्ब लाग्ने अनुमान रहेको र यो वर्ष नेपालले एक अर्ब बजेट विनियोजन गरेर सुरुवात गरेकाले चीनको सहयोग…
जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न माग
आर्थिक परिवेश२२ भदाै, जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँमा शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिनुभयो । जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई…
सामाजिक सुरक्षा कोषमा सात लाख ५७ हजार सूचीकृत पाँच अर्ब ६७ करोड दाबी भुक्तानी
आर्थिक परिवेश२० भदाै, काठमाडौँ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत पाँच अर्ब ६७ करोड रूपैया दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो । योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई ६५ करोड ८२ लाख ५० हजार रूपैया भुक्तानी गरेको छ । त्यसतै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई सात करोड ८० लाख ८७ हजार रूपैया भुक्तानी गरेको छ । यसैगरी आश्रित परिवार…
५१ वटा तिब्र विद्युत भरण केन्द्र उद्घाटन, विद्युतीय सवारी विकासमा नयाँयात्रा : ऊर्जामन्त्री
आर्थिक परिवेश२० भदौ. काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका विभिन्न स्थानमा निर्माण गरेको ५१ वटा विद्युतीय सवारी साधनको अत्याधुनिक तिब्र विद्युत भरण केन्द्रहरूकाे उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्त रुपमा काठमाडौंको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फाष्ट चार्जिङ स्टेसनका उद्घाटन गर्नुभयो । प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतर्पूण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा ५१ वटा विद्युतीय सवारी साधन छिट्टो चार्ज गर्न मिल्ने चार्जिङ स्टेसन निर्माण गरिएको हो । करिब ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका…
दीर्घकालीन विद्युत व्यापार सम्झौता भारतले अनुमोदन, विस्तृत सम्झौता पछि कार्यान्वयन
आर्थिक परिवेश१९ भदौ , काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रारम्भिक हस्ताक्षर भएको दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतले अनुमोदन गरेसँगै १० हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने स्.भावना बढेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतको मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको अनौपचारिक जानकारी प्राप्त भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ । निर्णयको औपचारिक जानकारी भए पछि त्यसमा चाँडै नै काठमाडौंमा दुई देशका सचिवस्तरमा छलफल गरी विस्तृत सम्झौतामा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो । नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ–टर्म पावर पर्चेज एग्रीमेन्ट) मा मुख्य रुपमा १० वर्षमा १० हजार…