सात महिनामा आठ अर्ब ६८ करोडकाे धान–चामल आयात
आर्थिक परिवेश

 १९ फाल्गुन, २०८१  ।  वीरगञ्ज (पर्सा)।वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा  आठ अर्ब ६८ करोड मूल्य पर्ने २२ करोड ६४ लाख आठ हजार दुई सय २९ किलोग्राम धान आयात भएको छ । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा धानको आयात ७२ प्रतिशतले वृद्धि भएको हो । गत आवको सोही अवधिमा यो नाका हुँदै  चार अर्ब ९१ करोड मूल्य पर्ने १३ करोड १८ लाख ५९ हजार चार सय १६ किलोग्राम धान आयात भएको थियो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको सात महिनामा धान र चामलको आयातमा वृद्धि भएको बताउनुभयो । “गत आवको…

सुनको भाउमा नयाँ रेकर्ड 
आर्थिक परिवेश

१३ फागुन, काठमाडौं ।    नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । म‌गलवार सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । म‌गलवार  छाप भएकाे सुन हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ७१ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सुनको मूल्य तोलामा एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो । सोमबार छाप भएकाे सुन प्रतितोला एक लाख ७० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७०मा कारोबार…

७ महिनामा नेपालको कुल निर्यात ४६.५० प्रतिशतले बढ्यो
आर्थिक परिवेश

१० फागुन, काठमाडौ ।  चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा मुलुकले कुल निर्यात ४६ दशमलव ५० प्रतिशतले बढेको छ यस अवधीमा नेपालको आयात भने १० दशमलव ०९ प्रतिशत भएको छ । आयत र निर्यातको आधारमा नेपालको ११ खर्ब १५ अर्ब ७९ करोडको वैदेशिक व्यापार हुँदा आठ खर्ब ६१ अर्ब ३८ करोड व्यपार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको माघ मसान्तसम्मको वैदेशिक व्यापारको अवस्था प्रतिवेदनअनुसार यस अवधिमा नौ खर्ब ८८ अर्ब ५८ करोडको आयात र एक खर्ब २७ अर्ब २० करोडको निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा नेपालको कूल वैदेशिक व्यापार १३ दशमलव…

विद्युतीय व्यापार इकमर्श विधेयक पारित
आर्थिक परिवेश

०६ फागुन,काठमाडौँ ।    प्रतिनिधि सभाको मगलवारकको बैठकले विद्युतीय व्यापार इ–कमर्श विधेयक २०८० पारित गरेको छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदन सहितको विद्युतीय व्यापार इ–कमर्श विधेयक २०८० सर्वसम्मतिले पारित भएको हो । बैठकमा विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उद्योगमन्त्री भण्डारीले विधेयकले उद्योग व्यवसाय तथा व्यापारको क्षेत्रमा विदेशी लगानी आकर्षित गर्ने, नवउद्यमीलाई प्रोत्साहित गर्ने र थप रोजगारीका अवसरहरू सिर्जना गर्ने बताउनुभयो । मन्त्री भण्डारीले प्रविधिमा आधारित कारोबारलाई सहज बनाउन र अनलाइन ठगी एवं अनियमितता नियन्त्रण गर्न समेत विधेयकले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो…

केही इन्धनकाे मुल्य बढ्याे भने केहीकाे घट्याे
आर्थिक परिवेश

 ०४ फागुन , काठमाडौँ।   नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपियाँ बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ४ रुपियाँको कटौती गरिएको छ। नयाँ मूल्य समायोजन अनुसार, पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६५ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १६७ रुपियाँ, र तेस्रो वर्गका लागि १६५ रुपियाँ कायम गरिएको छ। डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि १५३ रुपियाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपियाँ, र तेस्रो वर्गका लागि १५६ रुपियाँ कायम गरिएको छ। निगमले चारआली, विराटनगर, जनकपुर,…