
आइतवार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम
आर्थिक परिवेश०६ असाेज काठमाडौँ । स्थानीय बजारमा आइतवार सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आइतबार भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५८ हजार आठ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्य सूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको…

सुन तोलामा एक हजार पाँच सयले वृद्धि
आर्थिक परिवेश०४ असाेज काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय १५ निर्धारण भएको छ ।

सरकारले शुरू गरयाे चाडपर्व लक्षित सुपथ मूल्य पसल देशभर ७४ स्थानमा
आर्थिक परिवेश०३ असाेज,काठमाडौँ । सरकारले विजयादशमी, नेपाल संवत्, शुभ दीपावली र छठलगायतका चाड पर्वका अवसरमा चाडपर्व लक्षित सुपथ मूल्य पसल शुरू गरेकाे छ । देशका विभिन्न भागमा संचालन हुने सुपथ मुल्य पसलकाे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको काठमाडाैकाे थापाथलीस्थित प्राङ्गणमा सुपथ मूल्य पसल उद्घाटन गरेर शुभारम्भ गर्नु भयाे । सुपथ मूल्य पसल उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संविधानमा खाद्य सुरक्षा र सम्प्रभुता मौलिक हकका रुपमा राखिएकाले त्यसको कार्यान्वयनमा सरकार लागेको बताउनु भयाे । उहाँले संविधानमा गरिएका व्यवस्था जति छिटो कार्यान्वयन गरियो, त्यति नै सुशासन हुने बताउनुभयो । चाडपर्वका अवसरमा बिहिवारदेखि देशका ७४…

आइतबार राती १२ बजेदेखि इन्धनकाे भाउ घट्याे
आर्थिक परिवेश३० भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ । आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो । यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १४६ कायम भएको नेपाल अायल निगमले जनाएकाे छ ।

नेपाली बजारमा सुनकाे मुल्यले सर्वाधिक महँगो रेकर्ड कायम
आर्थिक परिवेश३० भदाै, काठमाडाैं । सुनको मूल्यले आइतवार फेरि अहिलेसम्मै सर्वाधिक महँगो रेकर्ड कायम गरेको छ। प्रतिताेला पाँचसय रुपैयाँ बढेर सुन आज प्रतितोला एक लाख ५६ हजार आठसय रुपैयाँ पुगेको हाे। सुनकाे याे मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो। शुक्रबार एकैदिन तीन हजार रुपैयाँले बढेर सुन प्रतितोला १ लाख ५६ हजार ३ सय रुपैयाँ पुगेको थियो। शुक्रबार अहिलेसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुन आज थप महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य एक हजार नौ सय पुगेको छ। शुक्रबार चाँदीकाे मूल्य १ हजार ८ सय ६० रुपैयाँ थियाे। आजा चाँदी ताेलामा ४० रुपैयाँ बढेकाे हाे।