साउनमा व्यापार घाटा बढेर एक खर्ब १९ अर्ब ११ करोड
आर्थिक परिवेश

०१ असाेज, काठमाडौँ।    चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा मात्र मुलुकको व्यापार घाटा  एक खर्ब १९ अर्ब ११ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विवरणअनुसार कूल वस्तु व्यापार घाटा साउनमा दुई दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा शून्य दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । चालु आवको पहिलो महिना अर्थात् गत साउनमा कूल वस्तु आयात ११ दशमलव चार प्रतिशतले वृद्धि भई  एक खर्ब ४३ अर्ब चार करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा शून्य दशमलव छ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने…

पेट्रोलियम पदार्थको मूल्य घटबढ नगरी यथावत
आर्थिक परिवेश

३० भदाै, काठमाडौँ ।  नेपालल  अायल निगमले यसपटक पेट्रोलियम पदार्थको मूल्य घटबढ नगरी साविककै यथावत राखेको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आए पनि नेपाल आयल निगमले मूल्यलाई यथावत राखेको हो । आईओसीले पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँ २९ पैसा र डिजेल तथा मट्टितेलको मूल्य २ रुपैयाँ ४६ पैसाले बढेर आए पनि चाडबाड नजिकिएका कारण यसपटक मूल्यलाई यथावत राखिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनु भयाे । आईओसीले प्रत्येक १५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । उक्त सूची अनुसार निगमले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दै आएको छ ।

भन्सार सम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
आर्थिक परिवेश

२२ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसद्को दुवै सदनबाट पारित भई आएको उक्त विधेयक नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले  प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा विशेष ध्यान दिने
आर्थिक परिवेश

   २२ भदाै, काठमाडौँ ।  नेपाल सरकारले आसन्न चाडपर्वमा उपभोग्य वस्तुको सहज आपूर्तिका लागि बजार अनुगमन र मूल्यवृद्धि नियन्त्रणमा विशेष   ध्यान दिने भएकाे  छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतवर बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको  बैठकमा मुख्य सचिव एक नारायणअर्यालले  आम जनतालाई उपर्भोग्य वस्तु सुपथ मूल्यमा सहज रुपमा उपलब्ध गराउन साल्ट ट्रेडिङ कम्पनी लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन दिनुभएको हो । मुख्यसचिव अर्यालले भन्नुभयो, “चाडपर्वमा उपभोग्य वस्तुको सहज उपलब्धता, महँगी नियन्त्रण तथा नापतौलमा हुने ठगी नियन्त्रण गर्न संयुक्त बजार अनुगमन आवश्यक छ । यस वर्ष राज्यका सबै संयन्त्रले देखिने गरी काम गर्नुपर्छ । यसमा…

चितवनमा महिला उद्यमी मेला आयोजना हुने
आर्थिक परिवेश

 १७ भदाै  चितवन । ‘महिला उद्यमशीलता विकासमार्फत महिला सशक्तीकरण’ भन्ने मूल नाराका साथ चितवन उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमी मेला–२०८२’ आयोजना गर्ने भएको छ । महिलाले घर तथा उद्योगमा उत्पादित बस्तुको बजारीकरण र प्रवर्द्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको हो । भदौ १९ देखि २३ गतेसम्म उद्योग वाणिज्य सङ्घको परिसरमा रहेको प्रदर्शनी केन्द्रमा  मेला आयोजना गर्ने तयारी गरिएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो । कार्यक्रम संयोजक अस्मिता तिमल्सिना रिजालका अनुसार करिब ३० वटा स्टल रहने मेलामा हस्तकला, लघु घरेलु उत्पादन तथा कृषि क्षेत्रसँग सम्बन्धित वस्तुहरूको प्रदर्शनी गरिने छ । एकल महिला, दुर्गम क्षेत्रका महिला तथा स्टार्टअप उद्यमीलाई…