साउनमा वीरगन्जबाट तोकिएको लक्ष्य भन्दा झण्डै २८ प्रतिशत कम राजस्व असुली
आर्थिक परिवेश

०४ भदाै,वीरगञ्ज ।   देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आईसिपी वीरगन्जले चालु आर्थिक बर्ष २०८१/०८२ को पहिलो महिनामा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई साउन महिनामा १६ अर्ब ८६ करोड ८७ लाख ४० हजार राजस्व उठाउने लक्ष्य तोकेको थियाे । माल सामानको आयात निरन्तर रुपमा ओरालो लागेसँगै चालु आर्थिक वर्षको पहिलो महिनामा समेत लक्ष्य अनुसारको राजस्व असुली प्रभावित भएको आईसिपी भन्सारका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आईसिपी वीरगन्जले तोकिएको लक्ष्य भन्दा झण्डै २८ प्रतिशत कम राजस्व असुली गरेको छ…

स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु,सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प
आर्थिक परिवेश

३१ साउन,  भक्तपुर ।  भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घटनास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् । दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ…

उद्योग मन्त्री भण्डारीकाे टाेलिले गरयाे  हल्दियास्थीत बन्दरगाहकाे भ्रमण
आर्थिक परिवेश

२६ साउन,  काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले   शनिवार  भारतको हल्दियास्थीत श्याम प्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका पदाधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभयो । अवलोकन भ्रमणका क्रममा वाणिज्य मन्त्रालयका द्विपक्षीय महाशाखा प्रमुख सहसचिव बाबुराम अधिकारी तथा कोलकत्तास्थीत महावाणिज्य दूतावासका पदाधिकारीहरूलगायत उपस्थित हुनुहुन्थ्यो । गत मङ्गलवारदेखि भारत भ्रमणमा रहनुभएका मन्त्री भण्डारीले तेस्रो मुलुकसँगको व्यापारमा देखिएका प्रक्रियागत समस्याहरू, आयातकर्ता र निर्यातकर्ताका समस्याहरूका विषयमा जानकारी लिई कोलकत्तास्थत महावाणिज्य दूतावास तथा गोदाम कम्पनी लिमिटेडलाई सहजीकरण गरि परिणाममुखी भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले नेपाल पारवहन तथा गोदाम…

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटायाे
आर्थिक परिवेश

 १६ साउन, काठमाडाैं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। बुधवार राती १२ बजेदेखि लागू हुने गरी मुलय समायाेजन गरेकाे  नेपाल अायल निगमले जनाएकाे छ । इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ। मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ भएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन उद्योग मन्त्रालयले शुरु गर्याे छलफल
आर्थिक परिवेश

०६ साउन, काठमाडौं ।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयको समग्र सुधारका लागि कार्ययोजना बनाउन सुझाव सङ्कलन गर्ने गरी १० दिने छलफल  शुरु गरेको छ । मन्त्रालयमा नै सञ्चालन हुने १० दिने छलफलको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रलयलाई प्रभावकारी बनाउन विभिन्न क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा गरिएको बताउनु भयो । मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनबमोजिम एक महिनामा परिणाम देखिने गरेर काम गर्नुपर्ने चुनौतीलाई सामना गर्ने गरी सुझाव संकलन शुरु गरिएको बताउनु भयो । उहाँले विभिन्न पक्षको सूझाव अनुसार कार्ययोजना निर्माण गरेर सोही बमोजिम सुधारका कार्य अघि बढाउने बताउनुभयो । साउन १५ गतेसम्म सञ्चालन हुने अन्तरक्रियामा…