सुनकाे मुल्य उच्च रकमले घट्याे
आर्थिक परिवेश

   ०४ फागुन, काठमाडौँ  ।    नेपाली बजारमा आइतवार सुनकाे मुल्य उच्च रकमले घटेकाे छ  । र्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आइतवार  सुन प्रतितोला दुई हजार ७ सय र चाँदी  १५ रूपैया ले घटेको छ । गत शुक्रबार प्रतितोला सुन  एक लाख ७० हजार २ सय रूपैयामा  कारोबार भएकामा आइतवार सोही परिमाणको सुन एक लाख ६७ हजार ५०० निर्धारण भइ काराेवार भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, यस दिन चाँदी प्रतितोला  १५  रूपैयाले घटेर काराेवार भएकाे छ । आइतवारका लागि प्रतितोला चाँदीको मूल्य  एक हजार नौ…

पाइप लाइनबाट आयातीत पेट्रोल र मट्टितेल वितरण शुरु
आर्थिक परिवेश

 २९ माघ वीरगंज ।   नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्ज बाराले भारतबाट पाइप लाइन हुँदै आयात गरिएको पेट्रोल र मट्टितेलको औपचारिक रुपमा सोमबारदेखि वितरण शुरु गरेको छ । यस अघि आयल निगमले पाइप लाइन मार्फत डिजेल मात्रै वितरण गर्दै आएको थियो । पाइप लाइन विस्तार र अत्याधुनिक भण्डारण कक्षको निर्माण सम्पन्न गरेसँगै पेट्रोल र मट्टितेल आयातको सफल परीक्षणपछि रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट औपचारिक रूपमा पेट्रोल वितरण सोमबार बाट शुरु गरिएको निगमका अमलेखगन्जस्थित प्रादेशिक कार्यालय प्रमुख प्रलयंकर आचार्यले जानकारी दिनुभयो । हिजो सोमबार पाइप लाइनबाट आयातित पेट्रोल पोखरा र विराटनगर पठाइएको छ ।  पोखरामा ७ ट्याङ्कर र विराटनगरमा १० ट्याङ्कर पेट्रोल…

काँकरभिट्टाबाट छ महिनामा १४ अर्ब ५६ करोडका कृषिजन्य  वस्तु निर्यात
आर्थिक परिवेश

२८ माघ, काठमाण्डौ ।  नेपालको पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको छ महिनामा १४ अर्ब ५६ करोड ६३ लाख बराबरका कृषिजन्यवस्तु निर्यात भएको छ । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । छ महिनामा सबैभन्दा धेरै चिया छ अर्ब ८२ करोड, अलैँची चार अर्ब २२ करोड ६० लाख, प्लाइ तथा भेनियर एक अर्ब ९१ करोड १३ लाख मूल्य बराबरको निर्यात भएको छ । सोही अवधिमा काँकरभिट्टा नाकाबाट एक अर्ब ९६ करोड ६७ लाख ५० हजार मूल्य बराबरको कृषिजन्य मालवस्तु आयात…

सूचना प्रविधि मेलामा आकर्षण कम्पनीहरूले दिए विशेष छुट र अफर 
आर्थिक परिवेश

२६ माघ, काठमाडौं ।    भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी  २०२५  काे दाेस्राे दिन  अवलोकनकर्ताको आकर्षण बढेको छ । नयाँ-नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ । क्यान इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा संघसंस्थाहरूले आफ्नो ब्राण्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन् । प्रदर्शनीमा इन्टरनेट सेवाप्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आईटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ता झुम्मिएका छन् । क्यान इन्फोटेक २०२५ को ब्रान्डिङ कक्षमा कम्पनीहरूलाई ब्रान्डको प्रवर्द्धन गर्न ‘बीटुबी जोन’ समेत बनाइएको छ । यसमार्फत कम्पनीहरूले आफ्ना डिलर…

सुनकाे मुल्य ताेलामै २हजार २ सयले बढ्याे
आर्थिक परिवेश

२३ माघ,काठमाडाैँ ।   हिजो (मंगलबार) तोलामा एक हजार नौसय रुपैयाँ बढेको छाप भएकाे सुनको मूल्यमा आज बुधवार पनि उच्च दरले  वृद्धि भएको छ। बुधवार सुन  प्रतितोला दुई हजार दुईसय रुपैयाँले बढेको हो। यो साताको तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य हिजो र आज उल्लेख्य मात्रामा बढेको छ। आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६४ हजार सातसय रुपैयाँ थियो। चाँदीको मूल्य पनि आज प्रतितोला ४५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला एकहजार नौसय…