समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार आएको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

५ वैशाख, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताउनुभएको छ। सोमबार दिउँसो सिंहदरबारमा उद्योग–वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अर्थतन्त्रले अझै पनि चुनौतीपूर्ण परिस्थितिको सामना गरिरहेको भएतापनि समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउनुभएको हो। बैठकमा प्रधानमन्त्रीले भन्नुभयो, “वर्तमान सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायहरूको फलस्वरूप अर्थतन्त्रको बाह्य क्षेत्रमा क्रमशः सुधार हुँदै गइरहेको छ। प्रधानमन्त्री  दाहालले वित्तीय तरलताको स्थितिमा सुधार भएको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह, पर्यटन लगायतका क्षेत्रमा प्रगति हुँदै जान थालेको, कर्जाको दर पनि विस्तारै घट्दै जान थालेको  र समग्रमा हेर्दा समष्टिगत आर्थिक परिसूचकमा राम्रो सुधार भएको बताउनु भयाे।…

एफपिओ मार्फत  विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय स्थगित गर्न प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश

३ बैशाख, काठमाडौ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले थप सार्वजनिक निष्काशन एफपिओ मार्फत  विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय तत्काल स्थगित गर्न र दीर्घकालिन समाधान खोज्न निर्देशन दिनुभएको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैकर्स संघले संयक्त रुपमा एफपिओ मार्फत विक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री दाहालले यो निर्णय स्थगित गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । भेटमा प्रधानमन्त्री दाहालले उक्त विषयको दीर्घकालिन समाधानका लागि प्रक्रिया अगाडि बढाउने समेत बताउनु भएको नेपाल उद्योग परिसंघले जनाएको छ । पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार…

नव नियुक्त अध्यक्ष ढकालले महासंघमा पदभार ग्रहण पाँच मुख्य काम गर्ने प्रतिबद्धता
आर्थिक परिवेश

३ बैशाख, काठमाडौं ।  नेपालको नीजि क्षेत्रको छातासंस्था मध्ये एक नेपालअध्यक्षा उद्योग वाणिज्य महासङ्घले अध्यक्षसहित नयाँ नेतृत्व पाएको छ । विधानअनुसार स्वतह अध्यक्ष बन्नु भएका चन्द्रप्रसाद ढकालले आइवार महासंघमा अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले आफनो कार्यकालमा पाँच मुख्य काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । महासंघका नवनिर्वाचित नेतृत्वले पदवहाली गर्ने कार्यक्रममा उहाँले वर्तमान आर्थिक संकट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्रबीचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने तथा व्यवसायीहरुको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पदभार ग्रहण गर्दै…

महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित
आर्थिक परिवेश

३० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा उमेशले समर्थन गर्ने सहमति जनाएपछि अञ्जन निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचन समितिले अञ्जनलाई औपचारिक रुपमा निर्विरोध निर्वाचित भएको घोषण गर्न भने बाँकी छ । पहिलो चरणको निर्वाचनमा अञ्जनले ३७.९९ प्रतिशत मत ल्याएका थिए भने उनका निकटतम…

भारतबाट आउने तरकारी र खाद्यवस्तुमा विषादी परीक्षण गर्ने निर्णय
आर्थिक परिवेश

२८ चैत्र, काठमाडाै‌।  सरकारले भारतबाट आउने तरकारी लगायत खाद्यवस्तुमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयातित र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम् सीमा निर्धारण गर्न मन्त्रिपरिषद्काे पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो । आयातित तथा उत्पादित खाद्य पदार्थमा विषादीको सीमा निर्धारण गर्ने निर्णय गरेको मन्त्रिपरिषद् बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार मन्त्री शर्माले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबार, बालुवाटार, शितलनिवास लगायतका स्थानको फोहोर नउठाउने भनी गरेको घोषणा नीतिगत व्यवस्था विपरीत रहेको र…