उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा : अध्यक्ष ढकालल
आर्थिक परिवेश

२६ साउन, काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको पदाधिकारी टालीसँग शुक्रवार ऊर्जा मन्त्रालयमा भएको छलफलमा अध्यक्ष ढकालले दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमतामा चल्न नसकेको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रलाई उर्जाका लगायतका क्षेत्रमा लगानीका लागि उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत मन्त्री बस्नेतलाई बुझाउनु भएको थियो । छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…

मन्त्रि रिजाल र इण्डोनेसियाली राजदूत सुबोलोबीच भेट
आर्थिक परिवेश

२६ साउन, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग इण्डोनेसियाका गैर आवासीय राजदूत हेरु हार्तान्तो सुबोलोले शिष्टाचार भेटवार्ता गर्नु भएको छ । शुक्रबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, विकास सहायता विषय लगायत विविध विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री रिजालले दुई देश बीचको व्यापार तथा उद्योग क्षेत्रमा सम्बन्ध सुदृढ बनाउनको लागि राजदूत सुबोलोले निभाउनु भएको सक्रिय भूमिका तथा प्रयासको प्रशंसा गर्नु भयो । त्यसैगरी मन्त्रि रिजालले नेपाल र इन्डोनेसियाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको भन्दै राजदूत सुबोलोको प्रशंसा गर्नु भएको थियो । आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुंदै…

राष्ट्र बैंकले बढायाे आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा
आर्थिक परिवेश

२३ साउन, काठमाडौं ।  विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ । यसअघि एक पटकमा अमेरिकी डलर ५० हजारसम्मको एलसी खोल्न सकिने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर एक पटकमा अमेरिकी डलर ६० हजार वा भारु तीन करोड बराबरको आयात गर्न सकिने व्यवस्था लागू गरेको हो । “एक पटकमा अधिकतम अमेरिकी डलर साठी हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको मालसामान मात्र आयात गर्न सकिनेछ । यस व्यवस्था बमोजिम एक पटक सटही सुविधा प्राप्त गरेपश्चात् सोही निर्यातकर्ताबाट अर्को सिपमेन्टको वस्तु आयातका लागि सटही सुविधा प्राप्त गर्न तोकिएको शर्त पूरा गर्नुपर्नेछ”…

प्रयोग नगर्दा पनि हुने र सामान्य वस्तुका लागि विदेशीयाे अर्बाै रकम
आर्थिक परिवेश

२१ साउन, काठमाडौ ।  दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अनुसार गत आर्थिक वर्षमा ‘नेइल पोलिस’को आयातमा मात्रै पाँच करोड २७ लाख १८ हजार रूपैया  बाहिरिएको छ । त्यस्तै फेसक्रिम आयतमा  ७८ करोड पाँच लाख ८१ हजार रूपैया विदेशिएको छ । त्यस्तै आर्थिक वर्ष २०७९÷८० मा ४६ करोड नौ लाख ८९ हजार रूपैया मूल्य बराबरको ‘बडी लोसन’ आयात भएको छ । यसबाट सरकारले…

गत आर्थिक बर्ष वीरगञ्ज भन्सार मार्फत ३३ अर्ब ६० करोडकाे वस्तु निर्यात
आर्थिक परिवेश

२० साउन,वीरगञ्ज ।  वीरगञ्ज आइसिपी भन्सार नाका हुँदै आर्थिक बर्ष २०७९/०८० मा भारत तथा तेस्रो मुलुकतर्फ ३३ अर्ब ५९ करोड ७९ लाख १७ हजार मूल्य बराबरको नेपाली उत्पादन निवासी भएको छ । वीरगञ्ज नाका हुँदै भारत, डेनमार्क, अस्ट्रेलिया, अमेरिका, चीन, रुस, फिलिपिन्स, थाइल्याण्ड लगायतका मुलुकमा तेल, जुस लगायतका नेपाली उत्पादन तथा जडीबुटी निकासी भएको वीरगञ्ज आइसिपी भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । आइसिपी भन्सार नाका हुँदै ८ अर्ब ६० करोड ५६ लाख २८ हजार मूल्य बराबरको पाम आयल भारत निर्यात भएको छ  । त्यसैगरी साे नाका हुँदै गत बर्ष  ६ अर्ब ४२ करोड ३३ लाख १७…