
सुनमा लक्जरी कर लगाइएको छैनः अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१६ असार, पोखरा । अर्थमन्त्री डा. प्रकाशशरण महतले मध्यम खालका उद्योगलाई संरक्षण गर्न बजेटमा व्यवस्था गरेकाे बताउनु भएकाे छ । पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घसँगको शनिबार भएको भेटघाट कार्यक्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘मध्यमखालको उद्योगले नै धेरै रोजगारी सिर्जना गनेर्उ भएकाेले त्यसता उद्योगलाई संरक्षण गर्न नयाँ बजेटमा व्यवस्था गरेकाे बताउनु भयाे । मध्यम खालका उद्योगलाई कम्तीमा एक तहको संरक्षण दिने सरकारको नीति छ, जसले गर्दा देशभर तथा पोखरामा साना र मझौला उद्योग वृद्धि हुने अर्थमन्त्री डा. महतको भनाइ थियो । उहाँले भन्नुभयो, ‘पर्यटन व्यवसायले लय पक्रन थालेको छ । उद्योग वाणिज्य क्षेत्रका साथीहरुले सकरात्मक सोचका साथ…

नेपालकाे आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधार गर्न एडीबीले ५ करोड डलर ऋण दिने
आर्थिक परिवेश१४ असार, मनिला, फिलिपिन्स । एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारले आफ्नो आन्तरिक र अन्तर्राष्ट्रिय व्यापार सुधार गर्न सहयोग पुर्याउन नीतिगत सुधारको कार्यान्वयनलाई सहयोग गर्न ५ करोड डलर ऋण स्वीकृत गरेको छ। आर्थिक वर्ष २०२२ मा नेपालको कूल गार्हस्थ्य उत्पादनमा व्यापार र उद्योगको योगदान १४.१ प्रतिशत रहेको छ । सरकारले व्यापार र निकासी प्रवद्र्धनको वातावरणमा सुधार र प्राथमिक वस्तुको आपूर्ति शृङ्खलालाई सुदृढ गरी कुल गार्हस्थ्य उत्पादनमा व्यापारको योगदान बढाउन जोड दिएको छ । यसका लागि भन्सार र रसद प्रणाली र सेवाहरू जस्तै कुशल यातायात, पारवहन व्यवस्था, र सीमा प्रक्रियाहरूको सुधार आवश्यक छ। ऋण सहयाेगले “व्यापार र उद्योग क्षेत्रको विकासले…

काठमाडौँ महानगरभित्र कुन व्यवसाय गर्दा कति तिर्ने कर ?
आर्थिक परिवेश११ असार, काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८० आइतवार नगरसभामा प्रस्तुत गरेको छ । आर्थिक विधेयकले आगामी आर्थिक वर्षका लागि महानगरपालिकाभित्र लाग्ने करका दर तोकेको छ । महानगरले विभिन्न व्यवसायको प्रकृति र लगानीको अवस्था हेरेर व्यावसायिक कर तोकेको हो । काठमाडौँ महानगरपालिकाको आर्थिक विधेयकअनुसार उत्पादनमूलक व्यवसाय तथा उद्योगमा हलुका पेयपदार्थ उद्योग (कोकाकोला, पेप्सीकोला, फ्रुटी आदि) घरेलुमा दर्ता भएका ५० हजार कर तिर्नुपर्नेछ । घरेलु उद्योगबाट उत्पादन हुने सोडा आदि हलुका पेयपदार्थ उत्पादन गर्ने उद्योगको नवीकरणका रुपमा वार्षिक शुल्क रु दुई हजार, डिस्टिलरी उद्योगलाई रु ५० हजार, विभिन्न निर्यातयोग्य वस्तु तथा व्यवसायलाई रु पाँच हजार र…

वीरगन्जबाट ११ महिनामा १ खर्ब ४२ अर्ब ३० करोड ४१ लाख राजस्व संकलन
आर्थिक परिवेश०९ असार,वीरगञ्ज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आइसिपी वीरगन्जले चालु आर्थिक वर्ष २०७९/०८० को ११ महिनामा १ खर्ब ४२ अर्ब ३० करोड ४१ लाख ६२ हजार रुपैयाँ राजस्व असुली गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आइसिपी भन्सारलाई ११ महिनाको अवधिमा २ खर्ब ३७ अर्ब ५८ करोड ६३ लाख ६२ हजार राजस्व उठाउने लक्ष्य तोकेको ताेकेकाे थियाे । यस अवधीमा आयात निर्यात व्यापार प्रभावित भएसँगै वीरगञ्ज भन्सारको राजस्व असुलीमा गिरावट आएको प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले जानकारी दिनुभयो । तुलनात्मक रुपमा हेर्दा लक्ष्य भन्दा ९५ अर्ब २२ करोड २२ लाख कम राजस्व असुली भएको…

चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध छ: अर्थमन्त्री
आर्थिक परिवेश०९ असार, काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सक्दा प्रतिस्पर्धा बजारबाट फाइदा उठाउन फाइदा सकिने बताउनुभएकाे छ । नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २०औं वार्षिक साधारणसभालाई शुक्रवार सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले हामी कुन क्षेत्रमा प्रतिस्पर्धी हुनसक्छौं, कुनमा सक्दैनौं, त्यसको निक्र्योल सरकारले मात्र होइन, निजी क्षेत्रले पनि गर्नुपर्छ भन्नु भयो । ‘चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध छ । साथै सरकार निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको अर्थमन्त्री डा. महतले बताउनुभयाे ।’ सीएनआईले बजेट वाच भनेर एउटा पुस्तक प्रकाशित गरेको छ, बजेटमा के के कुरा…