आयात निर्यात सहित ६ महिनामा नेपालको व्यापार घाटा १९.१५ प्रतिशतले घट्याे
आर्थिक परिवेशमाघ ९ , काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात ३२ प्रतिशतले घट्दा आयात २० प्रतिशतले घटेको देखिएको हो । भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको छ । ६ महिनामा ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब १८ अर्ब ८५ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । त्यस्तै, आयात पनि २० दशमलव ६८ प्रतिशतले घटेको छ । ६ महिनामा…
विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा राेजगार बनाउने गरी काम गर्छु : मन्त्री भण्डारी
आर्थिक परिवेश३ माघ,काठमाडौँ । नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्ने सम्बन्धी पहिलो निर्णय गर्दै मन्त्रालयमा पदबाहाली गर्नु भएकाे छ । यस अघि विना विभागीय जिम्मेवारीमा रहनु भएका मन्त्री भण्डारीले अाज मात्रै मन्त्रालयको जिम्मेवारी पाउनु भएकाे हाे । उहाँले पुस १० मा विना विभागीय मन्त्रीको शपथ लिनु भएकाे थियाे। मन्त्रालयमा उहाँलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गर्नु भयाे । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालय अन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरुको समेत सहभागिता रहेकाे थियो । पदभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगहरुको विकास गर्न आफूले…
आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिए, थप दुई वाणिज्य बैङ्क मर्जरको चरणमा
आर्थिक परिवेशकाठमाडौँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्याउनु पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैङ्कको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैङ्कहरू मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभूति हुने गरी वाणिज्य बैङ्कको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैङ्क…
नेपालका दुई ठूला बैकहरु एक आपसमा गाभिएर आइतवारदेखि एकीकृत काराेवार शुरु
आर्थिक परिवेशकाठमाण्डौ । नेपालका दुई ठूला बैकहरु एक आपसमा गाभिएर आइतवारदेखि एकीकृत काराेवार शुरु गरेका छन् । यसरी एकीकृत कारोवार गर्ने बैकहरुमा कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसी) बैंकरहेका छन् । दुबै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आइतावारदेखि एकीकृत कारोबार सुरु भएको हो । गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो । यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसिसी बैंकका रमेशराज अर्याल बन्नुभएको…
राष्ट्रिय वाणिज्य बैंकले गरयाे एकै दिन पाँच वटा शाखा कार्यालय उद्घाटन
आर्थिक परिवेशकाठमाण्डौ । सरकारी लगानीकाे राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिवार एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरी सेवा शुरु गरेको छ । बैकले १ नम्बर प्रदेशअन्र्तगत रहने गरी शाखा कार्यालय ताप्लेजुङ्ग, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलावारी तथा मधेस प्रदेश अन्र्तगत शाखा कार्यालय मलंगवा र बागमती प्रदेश अन्र्तगत शाखा कार्यलय रसुवाको शनिवार उद्घाटन गरिएको छ । पाँचवटा कार्यालय संचालनमा आएसँगै देशभर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् । शाखा कार्यालय ताप्लेजुङ्गको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याग्लुङ्ग नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलावारीको झापा १ ख का प्रदेश सांसद गोपाल तामाङ्ग,…