जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न माग
आर्थिक परिवेश२२ भदाै, जनकपुरधाम । अर्थमन्त्री डा प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । काठमाडौँमा शुक्रवार जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै अर्थमन्त्री डा महतले तेस्रो मुलुकमा सामान आयात निर्यात गर्न गर्नुपर्ने तयारी र अहिलेको अवस्थाका बारेमा थप जानकारी लिएर सोसम्बन्धी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जाहेर गर्नुभएको सङ्घका अध्यक्ष जीतेन्द्रकुमार महासेठले जानकारी दिनुभयो । जलेश्वर भन्सार कार्यालयलाई अविलम्ब मुख्य भन्सार कार्यालयमा स्तरोन्नति गर्न नेपाल–भारत दुवैतर्फ आवश्यक पूर्वाधार तयार रहेका बारेमा अर्थमन्त्रीलाई जानकारी गराइएको र जवाफमा सम्बद्ध निकायसँग थप छलफल गरी आवश्यक काम गर्ने प्रतिबद्धता जाहेर भएको अर्थमन्त्रीलाई…
कन्याममा चिया चाख्ने अनुसन्धान केन्द्र निर्माण
आर्थिक परिवेश२१ भदाै, इलाम । इलामको सूर्योदय नगरपालिका कन्याममा ’टी टेस्टिङ्’ अनुसन्धान केन्द्र निर्माण भएको छ । कन्याममा ’टी टेस्टिङ्’ सहितको अनुसन्धान केन्द्र निर्माण भएपछि चिया क्षेत्रमा लामो समय देखी सक्रिय किसान उद्योगी र यस बारेमा अध्ययन अनुसन्धान गर्न चाहने सबैलाई राहत मिलेको छ । अब भौतिक संरचना पूर्णरूपमा तयार भएको छ । तयार भएको भवनहरू एउटै कमाउण्ड भित्र ५ वटा बल्क रहेका छन् जहाँ प्रशासन कक्ष चियाको टेस्टिङ तथा खरिद बिक्री कक्ष, चियाको अध्ययन अनुसन्धान कक्ष, चियाका विभिन्न कुराको संग्राहलय, सभाहल र ११ वटा कोठा रहेको सुविधा सम्पन्न गेष्ट हाउस पनि रहेको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको…
दीर्घकालीन विद्युत व्यापार सम्झौता भारतले अनुमोदन, विस्तृत सम्झौता पछि कार्यान्वयन
आर्थिक परिवेश१९ भदौ , काठमाडौं । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा प्रारम्भिक हस्ताक्षर भएको दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतले अनुमोदन गरेसँगै १० हजार मेगावाटसम्म विद्युत भारत निर्यात गर्ने बाटो खुल्ने स्.भावना बढेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौतालाई भारतको मन्त्रिपरिषद्ले हालै अनुमोदन गरेको अनौपचारिक जानकारी प्राप्त भएको उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयले जनाएको छ । निर्णयको औपचारिक जानकारी भए पछि त्यसमा चाँडै नै काठमाडौंमा दुई देशका सचिवस्तरमा छलफल गरी विस्तृत सम्झौतामा हस्ताक्षर हुने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले जानकारी दिनु भयो । नेपाल भारत दीर्घकालीन विद्युत व्यापार सम्झौता (लङ–टर्म पावर पर्चेज एग्रीमेन्ट) मा मुख्य रुपमा १० वर्षमा १० हजार…
खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि
आर्थिक परिवेश१४ भदाै, काठमाडाैं । खाना पकाउने एलपी ग्यासको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल आयल निगमका अनुसार शुक्रबारबाट लागू हुनेगरी ग्यासको मूल्यमा वृद्धि भएको छ। निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार ग्यासको मूल्यमा २ सय ३५ रुपैयाँ बढेको छ। यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८ सय ९५ कायम हुने भएको छ। यसअघि ग्यासको मूल्य १ हजार ६६० रुपैयाँमा खुद्रा विक्रि हुँदै आएको थियो। गत साउन १६ गते निगमले नै प्रतिसिलिन्डर १ सय ३० रुपैयाँले घटाएको थियो । १ हजार ७ सय ९० मा बिक्रि हुँदै आएको ग्यासको मूल्य १ हजार ६ सय ६० कायम भएको थियो। नेपाल…
तातोपानी नाकाबाट सर्वसाधारणकाे आवतजावत खुल्ने
आर्थिक परिवेश१४ भदाै,सिन्धुपाल्चोक । महाभूकम्प २०७२ पछि पहिलो पटक मानव आवतजावतका लागि तातोपानी नाका खुला हुने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासकाअनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले ८ वर्षपछि सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । लामो समय आवतजावत बन्द गरेको उक्त नाकामा चीनले शुक्रवारबाट आवतजावत खुला गर्न लागेको हो । गत मङ्गलवार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीहरू बीच भएको बैठकले नाकाबाट स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले नाका खुलाउन नेपालकाे तर्फबाट गरिने तयारी सबै गरेकाे जानकारी दिनु भयाे । २०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा…