औसत आधारदरका आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने
आर्थिक परिवेश

२६ वैशाख,काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो तीन महिनाको औसत आधारदर (एभरेज बेसरेट) का आधारमा हरेक महिना ऋणको ब्याजदर कायम गर्नुपर्ने भएको छ । ‘इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७९’ लाई परिमार्जन गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयन गर्न सोमबार परिपत्र गरेको हो । “कर्जाको ब्याजदर परिवर्तन गर्दा पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको थपघटको सीमासम्म मासिकरुपमा परिवर्तन गर्नुपर्नेछ”,राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, “तर पछिल्लो तीन महिनाको औसत आधारदरमा भएको परिवर्तनभन्दा बढीले ब्याजदर घटाउन, जुनसुकै अवस्थामा वृद्धि गर्न तथा ऋणीसँगको सहमतिमा स्थिर ब्याजदर कायम गर्न भने बाधा पर्नेछैन ।”…

वैदेशिक रोजगारीबाट फर्केकाले २ वटा मोबाइल ल्याउन पाउने
आर्थिक परिवेश

२६ बैशाख, काठमाडौं ।  वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने भएका छन् । यसअघि एउटा मात्र मोबाइल भन्सार प्रकृया पूरा गरेर ल्याउन पाउने सुविधा थियो । श्रम स्वीकृत लिई वैदेशिक रोजगारीमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याउन पाउने भएका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्ताव गरेको उक्त सुविधा मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले पारित गरेको हो । २०७७ साल जेठ १५ गते प्रकाशित सुचनामा भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) अनुसार डेस्कटप कम्प्युटर वा ल्यापटप, ट्याप, घडी, क्यामरा, भिडियो क्यामरा र…

नेपाली सुनचाँदी बजारमा बुधवार सुनकाे मुल्यमा उच्च वृद्धि
आर्थिक परिवेश

२० वैशाख, काठमाडौं।  निरन्तर रुपमा घट्दाे  क्रममा रहेकाे नेपाली सुनचाँदी बजारमा बुधवार सुनकाे मुल्यमा उच्च वृद्धि भएकाे  छ ।  यस दिन सुनको मूल्य एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँ बढेको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको दोस्रो दिनकाे तुलनामा २ सय घटेर मूल्य निर्धारण हुँदा मंगलबार सुन तोलाको १ लाख ८ हजार ८ सय थियो। साताको प्रारम्भमा १ लाख ९ हजार २ सय रुपैयाँ प्रतितोला रहेको सुनको मूल्य तीन दिनमा ४ सय घटेको थियो। यस दिन चाँदीको मूल्य पनि बलियो भएको…

नेपाल उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन पूर्व सचिव र याेजनाविद समेत
आर्थिक परिवेश

१९ वैशाख,काठमाडौं।    नेपाल उद्योग वाणिज्य महासंघले  मुलुकका जल्दाबल्दा  आथिर्क विषयहरूमा  सल्लाह र सुझाव लिन उद्योग वाणिज्य महासंघमा उच्चस्तरीय विज्ञ समूह गठन गरेको छ। अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक सल्लाह सुझाव दिने उद्देश्यले महासंघले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरु संलग्न उच्चस्तरीय विज्ञ समूह गठन गरिएको जनाएको छ। समूहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्व सचिव पुरुषोत्तम ओझा र शिशिर ढुंगाना, अर्थविदहरु केशव आचार्य, डा. कल्पना खनाल र डा. गणेश गुरुङ छन्। विज्ञ समूहको पहिलो बैठक मंगलबार महासंघको सचिवालयमा बसेको छ। विज्ञ समूहको गठनबाट महासंघका सल्लाह सुझावलाई प्रभावकारी रुपमा सरकारमा पेश गर्न थप…

साफ्टाको असमान संरक्षणले स्वदेशी इन्टेरियर उद्योग संकटमा
आर्थिक परिवेश

८ वैशाख,काठमाण्डौ ।  आयातमा भन्सार सम्बन्धी असमान व्यवस्थाका कारण नेपाली इन्टेरियर डिजाइनका स्वदेशी उद्यममा समस्या बढ्दै गएको छ । व्यवसायिक प्रतिष्ठान तथा आवासमा यस्तो सेवा तथा बस्तु आपूर्ति गर्ने स्वदेशी इन्टेरियर उद्योगहरु भारतबाट तयारी बस्तु नै सस्तो भन्सार दरमा नेपाल  भित्रने भएपछि समस्यामा पर्न थालेका हुन् । दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र(साफ्टा)को प्रावधान र त्यसअनुसार नेपालको आर्थिक विधेयकले गरेको व्यवस्थाका कारण विश्वका विभिनन मुलुकबाट कच्चा पदार्थ ल्याउनु भन्दा तयारी बस्तु नै भित्राउन कम भन्सार दर तिर्नु पर्ने भएकाले यो उद्यममा समस्या परेको संलग्न व्यवसायीले बताएका छन् । नेपालमा भेनेगर, फरमाइका, मोड्युलर लेग्स हार्डवयर च्यानल विशेषखालका मार्बल फाइबार विश्वका विभिन्न मुलुकबाट…