
साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढ्याे
आर्थिक परिवेश२८ मंसिर, काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा नेपालमा खर्ब ७७ अर्ब ९६ करोड बराबरको विप्रेषण रेमिटेन्स भित्रिएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्ममा विप्रेषण आप्रवाह २६ दशमलव चार प्रतिशतले बढेकाे जनाइएकाे छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले मात्र बढेको थियो । यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३ दशमलव एक प्रतिशतले वृद्धि भै तीन अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १० दशमलव आठ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा…

मौद्रिक नीतिको समीक्षा मुलुकको अर्थतन्त्र थप चलायमान हुने गर्भनरको दाबी
आर्थिक परिवेश२२ मंसिर, काठमाडौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको चाैमासिक समीक्षा गर्दै विभिन्न क्षेत्रका नीतिगत दरहरु घटाउने निर्णय गरेको छ । राष्ट्र बैंकले विद्यमान मौद्रिक नीतिको समीक्षा गर्दैे बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंकदरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत बनाउने भएकाे छ । मौद्रिक नीतिको समीक्षाले नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ । राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको घर कर्जामा किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याउनुका…

एनसेलको शेयर किनबेचका सम्बन्धमा अध्ययन गर्न सरकारले गठन गर्याे उच्चस्तरीय समिति
आर्थिक परिवेश२१ मंसिर, काठमाडौँ । सरकारले एनसेलको शेयर किनबेचका सम्बन्धमा उठेको प्रश्नको अध्ययन गर्न एक उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले पूर्व महालेखा परीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यहरूमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिवहरू बाबुराम भण्डारी सञ्चार तथा रितेशकुमार शाक्य अर्थ तथा आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनुभएको छ । समितिलाई ३० दिनभित्र एनसेलको शेयर विक्रीका सम्बन्धमा अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउन समयावधी दिइएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । त्यस्तै मन्त्री परिषद् बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्षमा…

व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० दिन
आर्थिक परिवेश१३ मंसिर,काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणको जमानत बस्ने व्यक्ति वा संस्थालाई कालोसूचीमा राख्नका लागि दिइने समय ३५ दिनबाट बढाएर ९० पुरयाएको छ । राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो । कर्जा सुविधा उपलब्ध गराउनका लागि जमानत दिने व्यक्ति, फर्म, कम्पनी वा सङ्गठित संस्थाले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ”, संशोधित एकीकृत निर्देशनमा भनिएको छ। “यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको असुल गर्नुपर्ने रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधि पश्चातमात्र…

बसन्तपुर सबस्टेसन सञ्चालनमा,काेशी काेरिडाेरकाे विद्युत वितरण सहज हुने
आर्थिक परिवेश११ मङ्सिर,काठमाडौं । काेशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मि.उचाइमा निर्माण गरेको २२०÷१३२÷३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ । आयोजना अन्तर्गतनै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनबाटै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले…