नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्ने
आर्थिक परिवेश

२७ माघ काठमाडाै  ।    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २ अर्ब १९ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ। आगामी फागुन ६ देखि १ वर्षका लागि उक्त मुद्दती निक्षेर राख्नलागेको राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार क वर्गका बैंकहरुा १ अर्ब ७५ करोड २० लाख, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा ३२ करोड ८५ लाख र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा १० करोड ९५ लाख रुपैयाँ छुट्याइएको छ। इच्छुक संस्थाले यही माघ ३० गते १० बजेदेखि १ बजेभित्र इमेलमार्फत जानकारी गराउन सक्नेछन्। यसका शर्तहरुमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुगेको, तोकिएको न्यूनतम पुँजीकोष कायम…

डलर घट्दा पाउन्ड स्ट्रलिङ र स्वीस फ्र्याङ्कको भाउ बढ्याे
आर्थिक परिवेश

   २३माघ,  काठमाडौँ।   बुधवार  अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज घटेको हो । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको हाे । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा यूरोको मूल्यमा वृद्धि भएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा कायम भएकाे छ । स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र…

राष्ट्रिय वाणिज्य बैंककाे चौध दिने पूर्व सेवाकालीन तालिम काठमाडौंमा
आर्थिक परिवेश

१३ माघ, काठमाण्डौ ।   राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त ८९ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवा कालिन तालिम काठमाडौंमा सञ्चालन गरेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले आफुले सैद्धान्तिक रुपमा सिकेका ज्ञानलाई अब व्यवहारमा उतारी ग्राहकहरुलाई चुस्त गुणस्तरीय सेवा दिई संस्थाको उत्पादकत्व बृद्धि गर्न यो युवा जनशक्ति दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न प्रक्रिया पश्चात बैंकले युवा कर्मचारीहरुलाई नियुक्ति दिएको बताउँदै अनुशासित र लगनशील भई कार्य गर्ने कर्मचारी नै आफ्नो करिअरमा उत्कृट हुने बताउनुभयो । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती…

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन
आर्थिक परिवेश

माघ १३ काठमाडौं ।    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सबलीकरणका लागि संस्थागत रुपमा गर्न चाहेका कार्य र विद्यमान समस्याहरूलाई प्राथमिकीरकण गरी समाधान खोज्न निर्देशन दिनु भएको छ । उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आएतापनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायहरूका कार्यक्रम र समस्याहरूलाई प्राथमिकीकरण गरी एकपछि अर्को काम गर्न जरुरी रहेको बताउनु भएको हो । राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैङ्कर्स एशोसियसन, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताउनु भयो…

जाजरकोट र रुकुमका भूकम्प प्रभावितलाई कम्बल वितरण
आर्थिक परिवेश

०८ माघ  काठमाडौँ ।    नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताउनुभयाे …