नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्याे
आर्थिक परिवेश

काठमाडौं । नबिल बैंकको ३८औं वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधरणसभाले बैंकको सञ्चालक समितिले सिफारिस गरेअनुसार र नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आव २०७८/७९ सम्मको सञ्चित मुनाफा तथा अन्य वितरण योग्य कोषबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । ३८ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले यस वर्ष पनि ‘क’ वर्गको बैंकहरुमध्ये उच्चतम लाभांश दिँदै नेपालको अग्रणी वाणिज्य बैंकको पहिचानलाई निरन्तरता दिन सफल भएको छ । साधरणसभाले संस्थापक सेयरधनी समूह तर्फका ३…

आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिए, थप दुई वाणिज्य बैङ्क मर्जरको चरणमा
आर्थिक परिवेश

काठमाडौँ । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैङ्कहरूको चुक्ता पुँजी आठ अर्ब पुर्‍याउनु पर्ने व्यवस्था गर्नुभयो । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो । चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैङ्कको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैङ्कहरू मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभूति हुने गरी वाणिज्य बैङ्कको सङ्ख्या घटेको हो । पुस महिनामा मात्रै आठवटा वाणिज्य बैङ्क एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैङ्क…

टेलिकमले गत आर्थिक वर्षको नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने
आर्थिक परिवेश

काठमाडौं। नेपाल टेलिकमले गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। लाभांश बुक क्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले पाउँछन्। कम्पनीका अनुसार साधारण सभामा करिब ९१.६ प्रतिशत सेयरधनीहरुको उपस्थिति थियो । सभामा चालु आवका लागि लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत निर्धारण गरिएको छ। सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले कोभिड–१९ महामारी तथा यसको प्रभाव र असरबीच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गरे। उनले सभामा बोल्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने…

राष्ट्रिय वाणिज्य बैंकको वार्षिक साधारण सभा १२.५० प्रतिशत लाभांश प्रस्ताव
आर्थिक परिवेश

काठमाडौं। राष्ट्रिय वाणिज्य बैंकको १७ औं वार्षिक साधारण सभा सकिएको छ। बैंकले सभामा गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्न प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश सहित विभिन्न प्रस्तावहरु पारित गरेको छ। सभाले चुक्ता पुँजीको ७.५० प्रतिशतका दरले हुन आउने १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको नगद लाभांश र ५ प्रतिशतले हुन आउने ६९ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। बैंकले उक्त लाभांश बुक क्लोज भन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीको खातामा मात्र पठाउने छ। बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पुँजी १५ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ। बैंकको…

बिटक्वाइन, हाइपर नेटवर्किङ लगायतलाई प्रतिबन्ध गर्न निर्देशन
आर्थिक परिवेश

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा वेबसाइट र एपबाट खेलाइने अनलाइन जुवा, बिटक्वाइन, हाइपर नेटवर्किङ लगायतलाई प्रतिबन्ध गर्न निर्देशन दिएको छ। प्राधिकरणले सूचना जारी गर्दै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई प्रतिबन्ध गर्न निर्देशन दिएको हो। ‘अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैर कानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरू नेपालभित्र प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने गरी र त्यस्तो वेबसाइट, एप वा अनलाइन सञ्जालमा पहुँच पुग्न नसक्ने व्यवस्था गर्न सबै इन्टरनेट (इमेलसहित) सेवा प्रदायक संस्थाहरूलाई नेपाल दूरसञ्चार प्राधिकरणबाट निर्देशन जारी गरिएको छ।’ जारी गरिएको निर्देशनको पालना नगरेको पाइएमा ऐन बमोजिम कारबाही गर्ने चेतावनी…