सुनकाे मुल्यमा नयाँ रेकर्ड एकै दिन एक हजारले बढ्याे
आर्थिक परिवेश२३ असार, काठमाडौं । आइतबार एकै दिन प्रतितोला १ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ तोकेको छ । एक महिनाकै अन्तरमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ । यसअघि जेठ २५ गते १ लाख ४५ हजार रुपैयाँको उच्च मूल्य रेकर्ड बनेकोमा आज सो रेकर्ड तोडिएको छ । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भए पनि अन्तर्राष्ट्रिय बजारमा भने जेठ ७ (मे २०) कै रेकर्ड तोड्न सकेको छैन । सो दिन अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस २४२६ डलर पुगेको सुन…
सुनकाे मुल्य एकै दिन ताेलामा १६ सयले बढयाे
आर्थिक परिवेश२० असार, काठमाडौं । साताकाे बिहिवार एकैदिन नेपाली बजारमा छाप भएकाे सुनको भाउ तोलामा १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि जेठ २५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको भाउ ४० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८२५ रुपैयाँ रहेको चाँदी आज १८६५ रुपैयाँ कायम भएको छ ।
आइतबार एकै दिन सुनकाे मुल्य तोलामा २७ सयले घट्याे
आर्थिक परिवेश०९ असार, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ आइतबार सुन तोलामा २७ सयले घटेको हो । आइतबार छाप भएको सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भएको छ । तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भएको छ । शुक्रबार छाप भएको सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएको सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो । आइतवार चाँदीको मूल्य पनि घटेको छ । यस दिन चाँदी तोलाको १ हजार ८ सय १५ मा कारोबार भएको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५…
सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँले बढ्याे
आर्थिक परिवेश०७ असार काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । सुन प्रतितोला १९ सय र चाँदी प्रतितोला २५ रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छाप भएकाे सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र छाप नभएकाे सुन प्रतितोला १ लाख ४४ हजार रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ८ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजना पक्राउ
आर्थिक परिवेश२८जेठ, काठमाडौँ । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका नौजना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो ।” यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत…