निफ्राले शेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांस वितरण गर्ने
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले गत आर्थिब बर्षको नाफाबाट शेयरधनीलाई ४.२१ प्रतिशतले हुने रकम ९० करोड ९४ लाख ६८ हजार नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । शनिबार काठमाण्डौमा आयोजित बैकको चौँथो वार्षिक साधारण सभाले बैंकको चुक्तापूँजी २१ अर्ब ६० करोड को ४.२१ प्रतिशतले हुने रकम नगद लाभांस वितरण गर्ने प्रताव पारित गरेको छ । आर्थिक बर्ष २०७८÷७९सम्म आईपुग्दा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै .१५ अर्ब ५८ करोड बरबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा बैंकले १ अर्व २ करोड खुद नाफा आर्जन गर्न सफल भएको जनाएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक संचालक समितिका अध्यक्ष…

नेपालको जेठो बैंक नेपाल बैंक ८६ बर्षमा प्रवेश
आर्थिक परिवेश

काठमाडौं । देशको सबै भन्दा पुरानो (जेठो) बाणिज्य बैक नेपाल बैंक ८५ बर्ष पुरा भैे ८६ औं बर्षमा प्रवेश गरेको छ । सन् ११५७ मा बैक अफ भेनिसले विश्वको पहिलो बाणिज्य बैकको रुपमा सेवा दिन शुरु गरेको भए पनि १७ औ शताब्दीमा विश्वमा बैकले व्यापकता पाएको थियो यता नेपालमा भने बैंक आइपुग्न ८ सय ६५ बर्ष लागेको छ । नेपालमा बिक्रम संबत १९९४ कार्तिक ३० गते नेपाल बैकको स्थापना भै बैकिड. सेवाको आरम्भ भएको हो । सार्वजनिक निजी साझेदारी(पिपिपी) मोडलमा सुरु भएको नेपाल बैंकमा तत्कालिन अवस्थामा १० जना लगानीकर्ता जम्मा भै बैकको आरम्भ भएको थियो । ८ लाख ४२ लाख…

भोलीदेखि बाणिज्य बैकको ब्याजदर यथावत, विकास बैकको घट्ने
आर्थिक परिवेश

काठमाण्डौ । बैकको व्याजदर घटाउनु पर्ने भनि सबै तिर आवज उठिरहेको भए पनि बाणिज्य बैकहरुले भने यस अघि कै व्याजदरलाई निरन्तरता दिने निर्णय गरेका छन्  । नेपाल बैकर्स संघको मंगलवार बसेको बैठकले कार्तिक महिनाको व्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको संघका अध्यक्ष तथा कृषि विकास बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्ययाले बताउनु भयो । मंसीर महिनाका लागि बाणिज्य बैकहरको साधारण मुद्दतिको ब्याज १२.१३ प्रतिशत नै रहने छ । बचतको पनि ९.१३३ प्रतिशत यथावत हुनेछ । यस हिसाबले वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याज विकास बैंकहरुको भन्दा माथि पुगेको छ । विकास बैंकहरुले भने ब्याज दर घटाउने निर्णय गरेका छन् । विकास…

नेपाल टेलिकमको निर्वाचन अफर कात्तिक २७ देखि उपलब्ध
आर्थिक परिवेश

काठमाडौं । नेपाल टेलिकमले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम मोबाइलमै प्राप्त गर्नका लागि निर्वाचन अफर उपलब्ध गराएको छ । टेलिकमले यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटाप्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै…

अमेरिकी डलर तेस्रो स्थानमा झरयो
आर्थिक परिवेश

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ । यसअनुसार युरो १ को खरिद दर १३० रुपैयाँ ६९ पैसा तथा बिक्री दर १३१ रुपैयाँ २९ पैसा तोकिएको छ। त्यस्तै अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ र बिक्री दर १३० रुपैयाँ ६० पैसा रहेको छ। यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४८ रुपैयाँ ६९ पैसा र बिक्री दर १४९ रुपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। विदेशी मुद्राको भाउ कुनको कति ?