धिताेपत्र बजारकाे नियामक नेपाल धितोपत्र बोर्डले नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
आर्थिक परिवेश१४ साउन, काठमाडाै । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बोर्डले गत वर्ष गरेका समीक्षा गर्नुका साथै आउने दिनमा गर्ने कार्यक्रमहरू नीति तथा कार्यक्रम मार्फत आइतबार सार्वजनिक गरेको हो। बोर्डले आर्थिक वर्ष २०८०/८१ मा विकासात्मकतर्फ ३० कार्यक्रम र नियमित तर्फ ४४ कार्यक्रम गरी कुल ४४ कार्यक्रम निर्धारण गरेको जनाएको छ। विकास तर्फ आउने वर्ष गैर आवासीय नेपालीलाई दोस्रो बजारमा खुला गर्न आवश्यक कानुन संशोधन गर्ने जनाएको छ। जुन यस अघिका कार्यक्रममा समेत हुने गरेको थियो। जुन कार्यक्रमले चालु वर्ष पनि निरन्तरता पाएको छ। त्यसैगरि धितोपत्र व्यवसायी का लागि संस्थागत सुशासन सम्बन्धी निर्देशिका जारी गर्ने…
लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसङ्गत आधार छ : गभर्नर अधिकारी
आर्थिक परिवेश१४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षा सहित मौद्रिक नीति आएको बताउनु भएको छ । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर ललिलो नीति लिएको उहाँले बताउनुभयो । आइबिएन मिडियाले आइतवार काठमाडौँमा आयोजना गरेको मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसङ्गत आधार रहेको पनि स्पष्ट पार्नुभयो । वर्षान्तमा तरलता सहज देखिपछि राष्ट्र बैंकले नीतिगत दर घटाएको गभर्नर अधिकारीले बताउनु भयो । चालु आर्थिक वर्षका लागि पाँच खर्ब ६२ अर्ब बराबरको कर्जा प्रवाह हुने लक्ष्य राखिएको र त्यो महत्वाकाङ्क्षी…
शेयर, घरजग्गा र सवारी कर्जाको जोखिमभार घट्यो
आर्थिक परिवेश१२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर, घरजग्गा र सवारी कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा संशोधन गरेको छ । राष्ट्र बैंकले शुक्रवार एकीकृत निर्देशन, २०७९ मा संशोधन गर्दै वाणिज्य बैंक, विकास बैंक, तथा वित्त कम्पनीहरूलाई परिपत्र गरेको हो । चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको थियो । मौद्रिक नीतिको सोही व्यवस्थाअनुसार निर्देशिका संशोधन गरिएको हो । यसअघि शेयर धितोको २५ लाखभन्दा माथिको कर्जामा १५० प्रतिशत जोखिम भार रहेकोमा त्यसलाई संशोधन गरेर ५० लाखभन्दा माथिको शेयर…
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी सम्पन्न
आर्थिक परिवेश०७ असार, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३४ औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमकाबीच सम्पन्न भएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक समारोहका बीच ३४ औं वार्षिकोत्सब मूल कार्यक्र्रमको उद्घाटन गर्नु भएकाे थियाे । सो अवसरमा महासचिव पोखरेलले उत्कृष्ठ कार्यसम्पादनमा आफ्नो क्षमता प्रमाणित गरी सकेका संस्थानहरुका कर्मचारीको सेवा सुविधा बृद्धिमा सरकारले सहयोगपूर्ण रुपमा हेर्ने नीति लिनुपर्ने बताउनु भयाे । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयले कर्मचारीहरुको तर्फबाट उचित ढङ्गले राखिएका सम्पूर्ण मागहरु व्यवस्थापनले सम्बोधन गर्नुपर्ने बताउनु भयाे । कार्यक्रममा पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकालले आफ्नो हक हितको लागि सम्पूर्ण पेसाकर्मीहरु एक हुनुपर्नेे…
सहुलियतपूर्ण कर्जाकाे दुरूपयाेग भएकाे पाइएमा ब्याजसिहत असुली हुन्छ : गभर्नर
आर्थिक परिवेश७ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाकाे उपयाेगका सम्बन्धमा स्वतन्त्र परीक्षकहरूबाट अध्ययन भै रहेकाे जनाएकाे छ । आइतबार मौद्रिक नीतिका वारेमा जानकारी गराउन आयाेजित पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्ययन प्रतिवेदका आधारमा सहुलियतपूर्ण कर्जाकाे दुरूपयाेग भएकाे पाइएमा रकम ब्याजसिहत असुली गर्ने बताउनु भयाे । गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएको स्पष्ट पार्नु भयाे । गभर्नर अधिकारीले ५० लाख रुपैयाँसम्मको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशत बनाएकाे बताउनु भयाे । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जामा जोखिम भार १०० प्रतिशत…