शेयर बजार परिसूचकमा ११ दशमलव ६४ अङ्क गिरावट
आर्थिक परिवेश२४ माघ,काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव ८१ को बिन्दुमा कायम भएको हो । आज तीन सय १५ कम्पनीको एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर ९२ हजार तीन सय २६ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ दशमलव २७ को कारोबार भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६० को घटेको छ भने नौ कम्पनी स्थिर छन् । फाइनान्स…
नेप्से परिसूचक र कारोवार रकम उच्च अंकले बढ्यो
आर्थिक परिवेश०९ माघ,काठमाण्डौ । बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से उच्च अंकले बढेर बन्द भएको छ । यस दिन बजारको कारोवार रकम पनि उच्च अंकले बढेको छ । पछिल्ला ३ कारोबार दिनदेखि सामान्य अंकले बढेर बन्द भएको नेप्से, यस दिन भने उच्च अंकले बढेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ५२.३६ अंकले बढेर २६६५.४५ विन्दुमा पुगेको छ । यस दिन ३२२ कम्पनीहरुका १ करोड ७६ लाख ९२ हजार कित्ता शेयरहरु ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँमा किनबेच भएका छन् । यस दिन दुई कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस…
परिसूचक घटे पनि शेयर काराेवार उच्च रकमले बढ्याे
आर्थिक परिवेश२५ पुष, काठमाडौँ । नेपाली शेयर बजारकाे परिसूचक नेप्से साताकाे अन्तीम काराेवारकाे दिन बिहिवार १८ दशमलव १४ अङ्कले घटेर दुई हजार छ सय ३५ दशमलव शून्य नौको विन्दुमा कायम भएको छ । । बिहिवार तीन सय आठ कम्पनीको एक करोड ५७ लाख २३ हजार तीन सय ७९ कित्ता शेयरहरू सात अर्ब ३० करोड ५३ लाख ४२ हजार पाँच सय रूपैयामा बिनबेच भएका छन् । आज ५५ कम्पनीको शेयर मूल्य बढेको एक सय ८० कम्पनीको शेयर मूल्य घटेको र सात स्थिर रहेका छन्
नेप्से ४९.१२ अंक बढ्याे ६ अर्ब ३० करोडकाे काराेवार
आर्थिक परिवेश२२ पुष, काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४९.१२ अंक बढेसँगै २६४० अंकमा पुगेको छ । यस दिन परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ६ अर्ब ३० करोडको भयो । २२६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने ४ को स्थिर रह्यो । सबै सेक्टरका सूचक बढे । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ३.५५ प्रतिशत बढ्यो । बैंकिङ १.०९, विकास बैंक २.४६, फाइनान्स १.१९, होटल तथा पर्यटन २.९९, लगानी ३.२३, जीवन बीमा २.२९, उत्पादन १.८९, माइक्रोफाइनान्स ०.७५, निर्जीवन बीमा १.०४, अन्य १.७६…
शेयर बजारकाे काराेबार ३ महिना यताकै सबै भन्दा न्युन
आर्थिक परिवेश१७ पुष काठमाडौँ । नेपाली शेयर बजारकाे काराेवारमा बुधवार विगत ३ महिना महिनायताकै न्यून कारोबार भएको छ । बुधवार नेप्से परिसूचक पाँच दशमलव १० अङ्कले बढेर दुई हजार पाँच सय ८१ दशमलव ६० को बिन्दुमा पुग्दा कारोबार रकम भने साढे तीन अर्ब हाराहारीमा खुम्चिएको हो । यस दिन तीन सय नौ कम्पनीहरुका ९४ लाख ३४ हजार नौ कित्ता शेयर ४३ हजार सात सय २९ पटक खरिदबिक्री हुँदा तीन अर्ब ५९ करोड ७४ लाख ४५ हजार तीन सय ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम गत असोज अन्तिम सातायताकै सबै भन्दा न्यून हो । मङ्गलबारको कारोबारमा…