
शेयर बजार उच्च अंकले बढ्याे काराेवार रकम ९ अर्ब माथि
आर्थिक परिवेश०१ साउन काठमाडाै । नयाँ अर्थमन्त्रिले पदबहाली गरेकाे भाेलीपल्ट नेपाली शेयर बजारकाे काराेवारमा उत्साह छाएकाे छ । यस दिन २६ महिनापछि सेयर बजारको परिसूचक बढेर २३०० अंक माथि पुगेको छ । मंगलबार सेयर बजार २३१० अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७०.१८ अंक बढेको हो । यसदिन बजारमा कुल ९ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयरहरुको कारोबार भएको छ । सोमवार ८ अर्ब ७३ करोड रुपैया बराबरकाे कारोबार भएको थियो । यस दिन बजारमा कुल २३४ कम्पनीहरुको मूल्य बढ्दा ८ कम्पनीहरुको घटेकाे छ । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै ५.४५ प्रतिशत बढ्यो त्यस्तै बैंकिङ विकास…

पहिलो दिन उच्च बढेको नेप्से साेमवार दाेहाेराे अङ्कले घट्याे अर्थमन्त्रीलाई रातो झण्डा
आर्थिक परिवेश३१ असार, काठमाडौ । नयाँ सरकार गठनसँगै साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले घटेको छ । सोमवार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । यस दिन तीन सय ३२ कम्पनीहरुका दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर हरु आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार रुपैयामा किनबेच भएका छन । यस दिन जलविद्युत् समूह, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्डका उपसूचकहरु बढेका छन् भने अरु सबै समूहका उपसूचक घटेका छन् ।…

नेप्से परिसूचक २२ सय माथि काराेवार रकम ७ अर्ब माथि
आर्थिक परिवेश२७ असार, काठमाडौं । करिब १ वर्षपछि सेयर बजारले २२०० अंक नाघेको छ । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २२०४ अंकमा बन्द भएको छ । कारोबार बन्द हुँदा सेयर बजारले २२ सय अंक नाघेको गत साउन ७ यता पहिलो पटक हो । अघिल्लो दिनको तुलनामा नेप्से २९.२१ अंक बढेको छ । यसअघि गत साउन ७ गते नेप्से परिसूचक २२२७ अंकमा बन्द भएको थियो । लगानीकर्ताले २२०० अंकलाई प्रतिरोधकका रुपमा बुझ्दै आएका थिए । आज कारोबार रकम पनि उच्च भएको छ । अघिल्लो दिन कुल ५ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८ करोड पुग्यो । १५४…

नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्दा काराेवार रकम ६ अर्ब नजिक
आर्थिक परिवेशकाठमाडौँ । बुधवार नेपाली शेयर बजारकाे परिसूचक नेप्से २३ दशमलव २५ अङ्कले बढेको छ । यस दिन नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको छ । बुधवार तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । यस दिन विकास बैङ्क समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरू सबै समूहका उपसूचकहरू बढेका छन् । सबैभन्दा धेरै बैङ्किङ समूह एक दशमलव ६९ प्रतिशतले…

शेयर बजारमा काराेवार रकम र परिसूचकमा उच्च अंककाे वृद्धि
आर्थिक परिवेश२३ असार, काठमाडौँ I साताकाे पहिलाे काराेवार दिन नेपाली शेयर बजारकाे काराेवार सूचक (नेप्से) दोहोरो अङ्कको वृद्धि भइ कारोबार रकम छ अर्ब नाँघेको छ । यस दिन परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको छ । आइतवार तीन सय २५ कम्पनीहरूका एक करोड ४० लाख १४ हजार छ सय २२ कित्ता शेयरहरू छ अर्ब २९ लाख ३१ हजार आठ सय ५४ रूपैयामा कारोबार भएका छन् । यस दिन विकास बैङ्क समूह शून्य दशमलव २४, वित्त समूह दुई दशमलव ०७ र व्यापार समूह दुई दशमलव २३ प्रतिशतले घटेको छ भने अरू सबै…