
मन्त्रिपरिषद् बैठक फिनल्यान्डबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
आर्थिक परिवेश४ जेठ,काठमाडौँ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ । मन्त्री शर्माले सिङ्गापुरमा कार्यक्षेत्र रहने गरी हेलेन क्याम्पोस, इजरायलको रेहबोट सहरमा कार्यक्षेत्र रहने गरी नडभ बेन यहुदा, संयुक्त…

सोह्रौँ पञ्चबर्षीय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने
आर्थिक परिवेश०२ जेठ, काठमाडाैं । सोह्रौँ पञ्चबर्षिय योजना कार्यान्वयनका लागि करिब १ सय ११ खर्ब लागत लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको आगमी आर्थिक बर्ष साउन १ गते देखिलागु हुने सोह्रौ योजना कार्यान्वयन गर्न करिब १ सय ११ खर्ब लागत अनुमान गरिएको हो । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मङ्गलबार मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको योजना र लागत अनुमानबारे जानकारी दिँदै कार्यान्वयनका लागि आवश्यक लगानीमा समस्या नहुने बताउनुभयो । त्यसैगरी आयोगका प्रवक्ता यमलाल भुसालले सोह्रौँ योजनाले लिएका लक्ष्य कार्यन्वयनका लागि आवश्यक एक सय ११ खर्बभन्दा बढि लागत लाग्ने र लागत सुनिश्चिताका लागि नीजि क्षेत्रको साझोदारी बढाइने…

राष्ट्रपतिबाट नेपाल सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा प्रस्तुत
आर्थिक परिवेश०१ जेठ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । संघीय संसद् भवन नयाँबानेश्वरमा आज बसेको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै राष्ट्रपति पौडेलले उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने गरी कृषि र ऊर्जा क्षेत्रको विकासमा जोड दिइएको बताउनुभयो । यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढाउने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै सहजरुपमा उपलब्ध गराउने, भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउँदै सुशासन कायम गर्ने कार्यलाई जोड दिइएको छ । बजेट प्रस्तुत हुनुभन्दा अघि संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले सरकारको…

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश हुने
आर्थिक परिवेश३१ बैशाख, काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मङ्गलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा पेश हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएकाे छ । सङ्घीय संसद्को दुवै सदनमा हरेक आर्थिक वर्षको बजेट प्रस्तुत हुनुपूर्व सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिबाट प्रस्तुत गर्ने अभ्यास छ । त्यसअनुरूप अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा भोलि दिउँसो ३ बजे आयोजना हुने सङ्घीय संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्न लाग्नुभएको हो । सङ्घीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाका अनुसार संयुक्त बैठकका लागि आवश्यक तयारी पूरा भएको छ । सरकारको नीति तथा कार्यक्रम…

दैलेखमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम शुरू
आर्थिक परिवेश२४ बैशाख, दैलेख । दैलेख जिल्लाको भैरवी गाउँपालिकाकाे जलजलेमा पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को काम आइतवारबाट शुरू भएकाे छ । अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गर्नु भएकाे छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तर्गतको ‘ड्रिलिङ’ को शुभारम्भ गर्नुहुँदै उद्याेग मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्तिम अध्ययनले सफलता प्राप्त गर्ने र आर्थिक समृद्धिको ढोका दैलेखबाटै खुल्नेछ भन्नुभयो । आयोजना स्थलमा नेपाल र चीनको झण्डा राखेर उहाँले औपचारिक शुभारम्भ गर्नुभएको हो । कार्यक्रममा खानी तथा भू–गर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले अन्वेषणको अन्तिम अध्ययनले सकारात्मक प्रतिवेदन प्राप्त भएमा…