
आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन १४ सांसदहरुकाे माग
आर्थिक परिवेश१६ वैशाख,काठमाडौँ । संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संयुक्त रुपमा योजना पेश गर्दै आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गर्नुभएको छ । आज पनि कर्णाली प्रदेश नेपालको जनगणना २०७८ को तथ्यांकअनुसार निरपेक्ष गरिबी २८.९ प्रतिशत रहेको र वार्षिक प्रतिव्यक्ति आय मात्र ९४४ अमेरिकन डलर रहेको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालको अन्य प्रदेशहरूको तुलनामा समग्र विकासको हिसाबले हेर्दा कर्णाली प्रदेश अझै पनि निकै पछाडि रहेको एक मात्र प्रदेश भएको उल्लेख छ । कर्णाली विकासका लागि दीर्घकालीन महत्त्वका योजनामा कृषि उत्पादन र रोजगारी वृद्धिलाई जोड दिइएको छ । जसअनुसार कर्णाली प्रदेशको कृषि उत्पादन जडीबुटी र लघु उद्योगहरूलाई…

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश७ वैशाख, बारा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निजगढ विमानस्थल छिट्टै शिलान्यास गरिने बताउनुभएको छ। बिहीबार दिउँसो जनता समाजवादी पार्टीका अध्यक्ष एवं बारा निर्वाचन क्षेत्र नं.-२ का उम्मेदवार उपेन्द्र यादवलाई विजयी गराउन बाराको गडीमाइमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हाे। उहाँले भन्नुभयो, “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौँ। म तपाईहरूसामु प्रतिवद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्य सम्बन्धि काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ। गढीमाइलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल हुनेछ। गढीमाइ विकास समिति बनाएर यसको संरक्षण र…

आगामी बजेटले देशकाे अर्थतन्त्रमा नयाँ रक्तसञ्चार गर्नेछ : प्रधानमन्त्री
आर्थिक परिवेश६ वैशाख, तनहुँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नयाँ बजेटले जनतामा नयाँ रक्तसञ्चार गर्ने बताउनुभएको छ । बुधबार दिउँसो तनहुँको डुम्रे बजारमा क्षेत्र नं.–१ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले केही नयाँ र गुणात्मक काम गर्नेगरि नयाँ बजेटको तयारी गरिएको बताउनुभएको हो । सभामा प्रधानमन्त्रीले भन्नुभयो, “सुशासन र समृद्धिको लक्ष्यसहित वर्तमान गठबन्धन सरकार अगाडि बढिरहेको छ । हरेक दिन केही नयाँ पहलकदमी लिइएको छ । हामी नयाँ बजेट ल्याउने तयारीमा छौँ । नयाँ बजेटमा जनतामा आशाको नयाँ रक्तसञ्चार सिर्जना गर्नेगरि काम गर्छौं ।” प्रधानमन्त्रीले उपनिर्वाचनमा सत्ता साझेदार दलका…

प्रधानमन्त्रीबाट काठमाडौं–तराई मधेस द्रुत मार्गको अवलोकन
आर्थिक परिवेश५ बैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान काठमाडौं–तराई÷मधेस द्रुत मार्गको निरिक्षण अवलोकन गर्नुभएको छ । प्रधानमन्त्रीले द्रुत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गर्नुभएको हो । उहाँका साथमा उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति समेत रहनुभएको छ ।

राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन प्रधानमन्त्रीकाे निर्देशन
आर्थिक परिवेश२९ चेत्र, भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त सैनिक क्याडेट अधिकृतहरूलाई सैनिक सेवाको अन्तिम घडीसम्म सेवा कायम राख्दै राष्ट्र र राष्ट्रवासीको सेवामा तल्लीन हुन निर्देशन दिनुभएको छ । भक्तपुरस्थित सैनिक प्रतिष्ठान खरिपाटीमा आज सि.नं ६० अधिकृत क्याडेट तालिम र सि.नं ५० पदिक तथा बिल्लादार अधिकृत क्याडेट तालिम पुरा गरेका शिक्षार्थीहरूलाई आयुक्त पद प्रदान कवाज प्रदर्शन कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । उहाँले राष्ट्रिय जिम्मेवारीलाई उत्कृष्ट ढङ्गबाट सम्पादन गर्दै, जनताको सेवामा समर्पित हुँदै नेपाली सेनाको छविलाई थप उचाइमा पुर्याउने जिम्मेवारी नव आयुक्तहरूमा थपिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विद्यमान राष्ट्रिय, अन्तर्राष्ट्रिय सुरक्षा वातावरण एवं त्यसका प्रभावका…