एक दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि
आर्थिक परिवेश१७ पुष, काठमाडौँ । नेपालमा बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलवार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदन’ले राष्ट्रिय जनगणना २०६८ र २०७८ को बीचमा सहरी जनसङ्ख्या २२ दशमलव ३१ प्रतिशतबाट उल्लेख्य बढेर २७ दशमलव ०७ पुगेको देखाएको छ । त्यसैगरी सहरोन्मुख जनसङ्ख्या ३९ दशमलव १९ प्रतिशतबाट बढेर ३९ दशमलव ७५ प्रतिशत पुगेको देखिएको छ । नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले सार्वजनिक गर्नु भएकाे सो प्रतिवेदनमा पछिल्ला १० वर्षमा ग्रामीण क्षेत्रकाे जनसंख्या ३८ दशमलव पाँच प्रतिशतबाट ३३ दशमलव १९ प्रतिशतमा झरेको…
१ हजार २सय मेघावाटको बुढीगण्डकी आयोजना निर्माणको काम छिट्टै शुरु हुन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश११ पुष, गाेरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बूढीगण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि आर्थिक स्राेतकाे अभाव नहुने बताउनु भएको छ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले बुधवार गाउँपालिका कार्यालयमा आयोजना गरेको ‘जनप्रतिनिधि र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक कार्यक्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी आयोजनाका लागि आर्थिक स्रोतको सुनिश्चि गरिसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री दाहालले केही समयअघि मन्त्रिपरिषद्बाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकी आयोजना निर्माणका लागि छुट्याउने निर्णय गरेकाले अब आर्थिक अभाव नहुने वातावरण सिर्जना भएको बताउनु भयो । एक हजार दुई सय मेगावाट क्षमताको उक्त आयोजना निर्माण छिट्टै अघि बढ्ने उहाँले बताउनुभयो । गोरखा क्षेत्र नं…
महिला उद्यमीहरूका स्थानीय उत्पादनलाई बजारीकरण गर्न प्रदेशस्तरीय प्रदर्शनी
आर्थिक परिवेश११ पुष, नेपालगन्ज । महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण गर्न नेपालगन्जमा लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी हुने भएको छ । महिला उद्यमी संघ बाँकेले महिला उद्यमीहरूको स्थानीय उत्पादनलाई बजारीकरण, प्रोत्साहन र नव उद्यमीहरूलाई उत्प्रेरणा दिने उद्देश्यले प्रदर्शनी गर्न लागेको जनाएको छ । सङ्घले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर हरेक वर्ष हुँदै आएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीलाई यसपटक पनि निरन्तरता दिँदै पुस २४ देखि २८ गतेसम्म आठौँ लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी आयोजना गर्न जानकारी दिएको हो । नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको प्रदर्शनीले महिलाहरूलाई उद्यमतर्फ आकर्षित गराउँदै राज्यको आर्थिक विकासमा योगदान गर्ने उद्देश्य लिइएको महिला उद्यमी संघ बाँकेका अध्यक्ष साबित्रा पोख्रेल…
सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग
आर्थिक परिवेश०९ पुष, काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट निर्माण प्रक्रिया सुरु भएको छ । राष्ट्रिय योजना आयोगले प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै आगामी आवका लागि सङ्घीय समपूरक तथा विशेष अनुदानअन्तर्गत सञ्चालन गरिने आयोजना र कार्यक्रमका लागि प्रस्ताव माग गरेको हो । प्रदेश र स्थानीय तहलाई यस्तो अनुदान शीर्षकअन्तर्गत कार्यान्वयन हुने योजना तथा कार्यक्रमको प्रस्ताव आगामी माघ मसान्तभित्र पेस गरिसक्न भनिएको छ । राष्ट्रिय योजना आयोगका सहप्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार सङ्घीय सरकारले प्रदेश र स्थानीय तहको मागका आधारमा वित्तीय हस्तान्तरणको उपकरणका रुपमा समपूरक र विशेष अनुदान उपलब्ध गराउँछ । आवश्यक प्रक्रिया र मापदण्ड पूरा गरेका योजना…
स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा लाग्न उद्योगी व्यवसायीलाई राष्ट्रपति पौडेलकाे आग्रह
आर्थिक परिवेश०७ पुष,विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले स्वाधीन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुभएको छ । नेपाल उद्योग परिसङ्घ कोसी प्रदेशले विराटनगरमा शनिवार आयोजना गरेको उद्योगीहरूको भेला तथा प्रजातन्त्र सेनानी सम्मान समारोहको उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योगी व्यवसायीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो । कोभिड–१९ महामारीबाट शिथिल भएको अर्थतन्त्रलाई उन्नत बनाउन सरकारले गरेका प्रयासले केही सकारात्मक प्रभाव पारेको बताउँदै राष्ट्रपति पौडेलले भन्नुभयो, “अपेक्षाअनुसार देशको अर्थतन्त्र सबल भएको छैन, रोजगारी सृजनालगायत आन्तरिक उत्पादन बढ्न नसकेको छैन भने राजस्वका लक्ष्यप्राप्त गर्न कठिनाइ भएको छ । उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । उद्योग कलकारखाना सञ्चालनमा हाम्रो…