काठमाडौं महानगरपालिकाले दलीय आबद्धता त्याग्न आग्रह
आर्थिक परिवेश

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूअन्तर्गतका कर्मचारी र शिक्षकहरूलाई दलीय आबद्धता त्याग्न आग्रह गरेको छ । सुशासन प्रवर्द्धन गर्न महानगरअन्तर्गतका शिक्षक र कर्मचारीहरू कुनै पनि राजनीतिक दल, भ्रातृ संस्था वा शुभेच्छुक संस्थाको सदस्य हुनु कानुनसम्मत नहुने भन्दै दलीय आबद्धता त्याग्न आग्रह गरिएको हो । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ ले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीलाई कुनै पनि राजनीतिक दलले सदस्यता दिन नहुने व्यवस्था गरेको छ। साथै, काठमाडौं महानगरपालिकाको कर्मचारी सेवा ऐन २०७७ मा पनि दलको गतिविधिमा भाग लिन नपाइने व्यवस्था रहेकोबारे उनले कर्मचारीको ध्यानाकर्षण गराएका छन् । कुनै शिक्षक वा कर्मचारी…

वितीय पहूँच वृद्धिमा बैंक तथा वित्तीय संस्थाहरुले भूमिका बढनु पर्छ
आर्थिक परिवेश

काठमाडौ । नेपालका बैक तथा वित्तीय संस्थाहरुले भोग्नु परेका समस्या, नेपालको आर्थिक विकासका विभिन्न पक्ष तथा आगामी दिनमा चाल्नु पर्ने कदम लगायतका विषयमा त्यस क्षेत्रका विज्ञहरुले छलफल गरेका छन् । वक्ताहरुले बैक तथा वित्तीय संस्थाहरुले देशभर वितीय पहूँच वृद्धि गर्न र उत्पादनशिल क्षेत्रमा लगानी प्रवाह गर्न आवश्यक रहेकोमा पनि जोड दिनु भएको छ । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०२३ एण्ड बिओण्ड’ नामक सम्मेलनमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थाहरुले सर्वसाधारणमा वित्तीय पहुँचको अभिवृद्धि गर्दै उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरेमा आर्थिक विकास तथा गरिवी निवारणमा विशेष सहयोग…

लुम्बिनी सरकारका एक वर्षका मुख्य ५२ उपलब्धि सार्वजनिक
आर्थिक परिवेश

बुटवल । लुम्बिनी प्रदेश सरकारले सरकार गठनको एक वर्षका मुख्य ५२ उपलब्धिलाई आइतबार सार्वजनिक गरेको छ । लुम्बिनी  सरकारको एक वर्षको कार्यकालमा गरेका मुख्य ५२ उपलब्धिलाई आइतबार सार्वजनिक गरेको छ ।आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता तिलकराम शर्माले मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित सरकारले गरेका मुख्य ५२ उपलब्धि सार्वजनिक गर्दै कार्यकाल सफल भएको बताउनुभएको छ । मुख्यमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले आर्थिक वर्ष २०७८।७९ मा आर्थिक बृद्धिदर ५.३६ प्रतिशतले प्रतिव्यक्ति आय र राष्ट्रिय कुल ग्राहस्र्थमा १४.१ प्रतिशत योगदान रहेको बताउनुभयो । उहाँले बजेट कार्यान्वयको सन्दर्भमा पुँजिगत ७७.४७ प्रतिशत र चालुमा ७०.२२ प्रतिशत कुल खर्च ७४.२०…

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ ः मन्त्री रेग्मी
आर्थिक परिवेश

  काठमाडौँ । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको हो । स्थानीय तहले हेरचाह गरेको अवस्थामा सम्पत्तिको स्वामित्व स्थानीय सरकार मातहत जानेछ । यसरी आफ्नो कर्तव्य पूरा नगरी अंशसमेत खान नपाउने व्यवस्थाले समाजमा ज्येष्ठ नागरिकप्रति हेरिने दृष्टिकोण, व्यवहारलाई परिवर्तन गरी सुसंस्कृत समाज निर्माण गर्न बल पुग्नेछ । समग्रमा यस विधेयकले ज्येष्ठ नागरिकप्रति परिवार र स्थानीय सरकारलाई उत्तरदायी बनाइएको छ । त्यस्ता ज्येष्ठ नागरिकका नाममा भएको सम्पत्ति पनि…

सरकारले १२ सय मेघावाटका दुई आयोजनाको अध्ययन गर्ने जिम्मा भारतीय कम्पनीलाई दियो
आर्थिक परिवेश

काठमाडौँ । लगानी बोर्डको ५२ औं बैठकले ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपिसि लिमिटेड भारत सँग गरिने समझदारीपत्रलाई स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सम्पन्न बोर्ड बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत परियोजनाको लगानी स्वीकृति तथा परियोजना विकास सम्झौताको सम्बन्धमा आवश्यक तयारी अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–२ जलविद्युत परियोजनाको अध्ययनको लागि हिमताल हाइड्रोपावर कम्पनी प्रालिलाई सर्बेक्षण अनुमति प्रदान गर्न समझदारी गर्ने निर्णय पनि…