आन्तरिक उत्पादन र आयात प्रतिस्थापनलाई प्राथमिकतामा राखेर १६औं योजना बनाउन सुझाव
आर्थिक परिवेश

२४ भदौ, काठमाडौं ।  नेपाल उद्योग परिसंघले १६औं योजना तर्जुमा गर्दा आन्तरिक उत्पादन, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर योजना बनाउन सुझाव दिएको छ । परिसंघले १६औं योजना तर्जुमा गर्दा प्राथमिकतामा राख्नुपर्ने विषयमा गरेको अध्ययनसहितको प्रतिवेदन पेश गर्दै यस्तो सुझाव दिएको हो । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठलाई परिसंघको सुझाव हस्तान्तरण गर्नुभयो । सो अवसरमा अध्यक्ष अग्रवालले १६ औं योजना औद्योगिक विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । औद्योगिक विकासमा केन्द्रित हुन एकीकृत औद्योगिक विकास रणनीति बनाउनुपर्ने, उद्योगहरुका लागि जग्गाको सिलिब तोक्न नहुने, नीतिगत स्थायित्व र अनुमान गर्न सकिने तथा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन मेक इन…

चिराइतो बिक्रीबाट किसानले वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी गरे
आर्थिक परिवेश

२३ भदाै, काठमाडाैं ।   भोजपुरका किसानहरू अन्य खेतीको तुलनामा चिराइतो खेतीतर्फ आर्कषित भएका छन् । मकै, आलुको तुलनामा खेती गर्न सहज हुने र आम्दानी पनि मनग्य हुने भएपछि किसानहरु बहुउपयोगी जडीबुटी चिराइतो खेतमिा आर्कषित भएका हुन् । चिराइतो बिक्रीबाट वार्षिक रूपमा दशदेखि १५ लाखसम्म आम्दानी हुने गरेको टेम्केमैयुङ–१ तिम्माका स्थानीय कृषक देवन्द्र राउतले बताउनुभयो । यस वर्ष आफ्नो बारीमा करिब ६० मन चिराइतो उत्पादन हुने उहाँको भनाइ छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका तिम्माका ७० बढी कृषकले चिराइतोको व्यावसायिक खेती गर्दै आएका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको किसानको भनाइ छ । चिराइतोबाट…

कोशी प्रदेशमा ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश
आर्थिक परिवेश

२१ भदाै, काठमाडौँ ।  सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र मन्त्रिपरिषद् गठन गर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरू सपना प्रधान मल्ल, डा कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासले आज संविधानको धारा १६८ को उपधारा ३ बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद्को गठन गर्नु भनी कोशी प्रदेशका प्रमुखका नाममा परमादेश जारी गरेको हो । “संविधानले निर्देश गरेका स्वाभाविक विकल्पहरूको तदनुरूप नै प्रयोग गरिनुपर्दछ”, आदेशमा भनिएको छ, “यस स्थितिमा संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्व आदेश बमोजिम उपधारा (३) बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने…

सामाजिक सुरक्षा कोषमा सात लाख ५७ हजार सूचीकृत पाँच अर्ब ६७ करोड दाबी भुक्तानी
आर्थिक परिवेश

२० भदाै, काठमाडौँ ।  सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत पाँच अर्ब ६७ करोड रूपैया दाबी भुक्तानी गरेको छ । कोषले विभिन्न योजना सञ्चालन गरेबापत ९८ हजार पाँच सय ७३ योगदानकर्तालाई उक्त रकम भुक्तानी गरेको हो । योगदानकर्ताको जीवनमा आइपर्ने स्वास्थ्य जोखिम कम गर्न तथा आयको निरन्तरताका लागि चार प्रकारका योजना सञ्चालनमा ल्याएको कोषले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत ४० हजार तीन सय ८७ योगदानकर्तालाई ६५ करोड ८२ लाख ५० हजार रूपैया  भुक्तानी गरेको छ । त्यसतै दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत दुई हजार ३१ श्रमिकलाई सात करोड ८० लाख ८७ हजार रूपैया  भुक्तानी गरेको छ । यसैगरी आश्रित परिवार…

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रमले गर्नु भयाे छलफल
आर्थिक परिवेश

१९ भदाै , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउन  सरोकार भएका निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। मङ्गलवार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारभएका पक्ष र निकायहरूसँग छलफल गर्नुभएको हो। बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ। बैठकमा बोल्दै प्रधानमन्त्रीले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरिको फोहोर व्यवस्थापन…