शहर उज्यालो कार्यक्रम अन्तर्गत साढे ११ हजार स्मार्ट सडक बत्ती जडान
आर्थिक परिवेश१८भदौ,काठमाडौं। शहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार वटा अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत प्राधिकरणले स्थानीय तहहरुसँगको लागत साझेदारीमा शहरको मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको छ । प्राधिकरणले सडक बत्ती राखिने संरचनाहरु निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकाहरुसँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानहरुमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ । यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातिको खेर जाने विद्युत्…
अरनिको राजमार्ग छ लेनमा विस्तार गर्न बजेट रोकिँदैन : अर्थमन्त्री
आर्थिक परिवेश१६ भदाै,काभ्रे । अर्थमन्त्री डा प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारको लागि बजेट अभाव नहुने बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला सभालाई आज धुलिखेलमा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । “अरनिको राजमार्गको सडक छ लेनमा विस्तार भइरहेको कामलाई बजेट रोकिँदैन, चाँडै पूरा होस्, कुनै पनि कारण सो सडकलाई बजेट रोकिँदैन”, मन्त्री डा महतले भन्नुभयो । तीन वर्षमा सक्ने गरी सूर्यविनायक–साँगा र साँगा–धुलिखेलको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै दुई चरणमा सम्झौता भएर काम शुरू भएकाे हाे । जस अनुसार २०७९ फागुन १६ गतेदेखि साँगाबाट निर्माण थालिएको कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव…
पहिलो महिना साउनमा नै आन्तरिक राजस्व लक्ष्यभन्दा न्यून संकलन
आर्थिक परिवेश०५भदौ ,काठमाडौ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा ४९ अर्ब ७० लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा ४० अर्ब ३४ करोड ४१ लाख बराबर मात्रै सङ्कलन भएको विभागले जनाएको छ । साउनमा १६ अर्ब नौ करोड १३ लाख ५६ हजार बराबर आयकर सङ्कलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २६ करोड ३६ लाख ६३ हजार बराबर मात्रै सङ्कलन भएको छ । मूल्य अभिवृद्धि कर (भ्याट) पनि मासिक लक्ष्यको…
विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किनुस : अर्थमन्त्री
आर्थिक परिवेश२७ साउन, काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएको बताउनुभएको छ । यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले उपयोग गर्नुपर्छ । ‘देशको ठूलो जनशक्ति विदेशिएकाले यहाँ दक्ष्य जनशक्तिको अभाव सिर्जना भइसकेको छ । यहाँ धेरै अवसर छन्, विदेशमा पढाइ सक्नुभयो भने तुरुन्त नेपाल फर्किन म युवाहरूलाइ अनुराेध गर्छु’, मन्त्री डा. महतले भन्नुभयो, ‘नेपालमै छ, प्रशस्त सम्भावना छ, त्यसलाई क्यास गर्नुहोस् ।’ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युवा संस्था संजाल (आयोन) ले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता एवम् अर्थमन्त्री डा. महतले भन्नुभयो,…
देशको भूगोल अनुसार सुरुङ मार्गमा जान सरकारलाई विज्ञको सुझाव
आर्थिक परिवेश२४ साउन,काठमाडौ । सडक पूर्वाधार क्षेत्रका विज्ञहरुले धेरै खर्चिलो भए पनि देशको भूगोल अनुसार सुरुङ मार्गमा जान सरकारलाई सुझाव दिनुभएको छ । विज्ञहरुले जति राम्रो सडक बनाए पनि बाढीपहिरोले सडकको आयु एकदमै छोटो हुने गरेकाले त्यसतो समस्या समाधान गर्न सुरुङ मार्गमा जान र सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न पनि सरकारलाई सुझाव दिनु भएको छ । सडकको सुरक्षा,प्रयोग र भावी बन्ने सडकका योजना, निर्माण प्रविधि लगायतका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बुधवार भौतिक पूर्वाधार क्षेत्रका विज्ञहरुसँग गर्नुभएको छलफल विज्ञहरुले त्यसतो सुझाव दिनु भएको हो । सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रीत भएर पूर्वाधार विज्ञ सुर्यराज आचार्य,…