कर्णालीमा उद्यमशीलताको विकासका लागि ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने
आर्थिक परिवेश१७ भदाै सुर्खेत । कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले प्रदेशको औद्योगिक विकासलाई द्रुत गतिमा अघि बढाउन ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रभावकारी हुने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशले आयोजना गरेको ‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत मगलवार सुर्खेतको वीरेन्द्रनगरमा प्रादेशिक कार्यशाला आयोजना गर्याे । ‘स्टार्टअप कर्जा कार्यक्रम’ सम्बन्धी प्रादेशिक कार्यशालालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले लगानी अभावमा पछाडि परेको कर्णालीको समृद्धिका लागि उद्यमशीलताको विकासमा ‘स्टार्टअप कर्जा’ कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । सङ्घीय सरकारले ल्याएको ‘स्टार्टअप कर्जा कार्यक्रम’ प्रदेश, स्थानीय तह र निजी क्षेत्रको सहकार्यमा व्यवसाय प्रवर्द्धन, बजारीकरणसँगै मूल्य शृङ्खलाको विकासका लागि समेत…
अरुण तेस्रो विद्युत परियोजनाकाे प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने सरकारकाे निर्णय
मन्त्रिपरिषद् बैठककाे निर्णय२० साउन काठमाडौँ । सरकारले अरुण तेस्रो जलविद्युत परियोजना विकासको लागि प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न मगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि पृथ्वी सुब्बा गुरुङले अरुण तेस्रो जलविद्युत परियोजना विकासको लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबिच भएको सम्झौता बमोजिम डा.पवनकुमार श्रेष्ठ, डा पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने निर्णय भएको बताउनुभयो । सञ्चार मन्त्री गुरुङले नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको सम्झौताको एमसीसी फण्डीङ विषयक कार्यान्वयन पत्र स्वीकृत गर्ने निर्णय गरेको…
देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्छ पोखरेल
आर्थिक परिवेश१७ साउन काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्न सक्नुपर्ने बताउनुभएको छ । रिटर्नी फेडेरेशन नेपालले केही स्वदेशी लगानीकर्ताको सामूहिक लगानीमा स्थापना गरिएको ‘नवयुग इन्भेस्टमेन्ट कम्पनी लिमिटेड’ को शुभारम्भ गर्दै देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्ने बताउनुभयो । ‘म बनाउँछु मेरो देश’ भन्ने भावनाका साथ लाग्ने हो भने नेपाललाई समृद्ध मुलुक बनाउन सकिने उहाँको भनाइ छ । महासचिव पोखरेलले परम्परागत निर्वाहमुखी काम गरेर देश समृद्ध नहुने र परम्परागत ढाँचाले मात्रअघि बढ्दा फेरि अभावकै दुष्चक्रमा फस्नुपर्ने बताउनुभयो । “अर्थतन्त्रमा निर्वाहमुखी, पारिवारिक उत्पादनमुखी, गुजारामुखी ढाँचाको रहेको छ । औद्योगिक क्षेत्र पनि…
मन्त्रिपरिषद्को बैठकका निर्णयहरू, १६ अर्ब ७४ करोड बराबरको सहुलियतपूर्ण ऋण लिने
आर्थिक परिवेश१५ साउन, काठमाडौँ । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपत्कालीन पुनः स्थापनाका लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही साउन १२ गतेको बैठकले गरेको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सो जानकारी गराउनुभएको हो । त्यसै गरी सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजना तेस्रो चरणका लागि विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त करिब १८ अर्ब ९२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो । विद्युत् वितरण प्रणाली स्तरोन्नति तथा सुदृढीकरण आयोजनाका लागि विश्व बैङ्क…
वैकल्पिक उपाय अपनाएर भए पनि द्रूतमार्गलाई सम्पन्न गर्नुपर्छ : प्रधानमन्त्री
आर्थिक परिवेश१२ साउन काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक उपाय अपनाएर भए पनि काठमाडौँ–तराई/मधेश द्रूतमार्गलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको छ । साेमवार सामाजिक सञ्जालमार्फत उहाँले उक्त सडकले काठमाडौँलाई एक घण्टामै तराईसँग जोड्ने भएकाले वैकल्पिक उपाय अपनाएर भए पनि उक्त सडकलाई सम्पन्न गर्नुपर्ने बताउनुभएको हो । “द्रूतमार्गको खोकना–डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो । खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ । वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नुपर्ने छ । हामीसँग धेरै समय छैन, त्यसैले उपयुक्त उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ । उहाँले काठमाडौँ–तराई/मधेश द्रूतमार्ग…