एनआरएनए सचिवालयलाई बलियो, संगठित र पारदर्शी बनाउन मैले भूमिका खेल्छु
डा.ज्ञानेन्द्र रेग्मी, सचिवका उम्मेदवार (एनआरएनए)गैरअवासीय नेपाली संघमा पछिल्लो समय विज्ञहरु नेतृत्वमा आउने प्रयास गरेका छन् तर तुलनात्मक रुपमा उनीहरुले जितेर आउने गरेको भने कम पाइन्छ । एनआरएनएको प्रभावकारीता बढाउन पनि नेतृत्वमा विज्ञ व्यक्तिहरुको खोजी गरिनु पर्दछ भन्ने अवाज पछिल्लो समय उठने गरेको छ । तर त्यसमा राजनीतिक प्रभावको कारण उनीहरुको उपस्थिति सधै नगण्य मात्रामा हुने गरेको छ । यस पटकको निर्वाचनमा अष्टे«लियाबाट त्यहाँको न्युसाउथ वेल्स राज्य सरकारका जलस्रोत विज्ञको रुपमा काम गरिरहनु भएका डा.ज्ञानेन्द्र रेग्मीले एनआरएनएको आगामी कार्यकालका लागि सचिव पदमा उम्मेदवारी दिनु भएको छ । जलस्रोत व्यवस्थापन विषयमा विद्यावारिधी गर्नु भएका रेग्मीले नेपालमा जलस्रोत विकास र व्यवस्थापनमा एनआरएनएको माध्यमबाट योगदान गर्न…
एयर ‘कनेक्टिभिजी’मा हामीले स्पष्ट कुरा राखेका छौँ सहमति बन्छ : अथर्मन्त्री
आर्थिक परिवेशप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणमा प्रधानमन्त्रीका साथमा अर्थ, परराष्ट्र, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री, मुख्यसचिव एवं सचिवहरूसहित उद्योगी, व्यवसायीहरूको सहभागिता छ । भ्रमणका क्रममा नेपाल र भारतबीच आर्थिक सहकार्यका विविध विषयमा समझदारी समेत भएको छ । सरकारले ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारण लाइन निर्माण, अन्तरदेशीय भुक्तानी, नेपालमा आर्थिक पूर्वाधार निर्माण, पारवहन सन्धि नवीकरणलगायतलाई मुख्य उपलब्धि मानेको छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा केन्द्रित रहेर भ्रमण दलमा सहभागी अर्थमन्त्री डा.प्रकाशशरण महतसँग गरिएकाे कुराकानीको सम्पादित अंश । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण दलमा यहाँ पनि सहभागी हुनुहुन्छ । प्रधानमन्त्रीको यस भ्रमणलाई यसलाई…