नेपाल र बेलायतबीच मैत्री  सन्धी हस्ताक्षर भएको सय बर्ष बेलायती प्रधानमन्त्रीकाे नेपाली समुदायसंग भेट
आर्थिक परिवेश

०८ जेठ,काठमाडाैं ।    नेपाल र संयु्क्त अधिराज्य(बेलायत)बीच सन् १९२३ मा सम्पन्न मैत्री  सन्धी हस्ताक्षर भएको एक सय बर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री कार्यालय १० डाउनिङ्ग स्ट्रिटमा मंगलवार एक विशेष समारोहको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे बेलायती प्रधानमन्त्री ऋषि सुनाकलेनेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धको बिभिन्न आयामहरुको बारेमा बोल्दै द्विपक्षीय सम्बन्धमा ब्रिटिश गोर्खाहरुको योगदानको प्रशंसा गर्नुभयो । बेलायती राजा चार्ल्सको विगतको नेपाल भ्रमणको स्मरण गर्दैउहाँले बिभिन्न क्षेत्रमा ख्यातिप्राप्तबेलायतमा रहेकानेपाली डायस्पोराको काम र उपलब्धिबाट आफु प्रेरित भएको बताउनुभयो। आगामी दिनमा बेलायत र नेपालबीच व्यापार, लगानीजस्ता आर्थिक सम्बन्ध तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य अभिवृद्धि हुने बताउनुभयो। बेलायतका लागि नेपाली राजदूत…

हेलिकोप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
आर्थिक परिवेश

०७ जेठ, काठमाडौँ ।   दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकोप्टर दुर्घटनामा राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् । राष्ट्रपति रायसीको हेलिकोप्टर आइतबार दुर्घटनाग्रस्त भएपछि सोमबार भग्नावशेष भेटिएपछि उहाँको मृत्यु भएको पुष्टि भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको थियो । समाचार एजेन्सी एपीका अनुसार हेलिकोप्टरमा इरानी राष्ट्रपति रायसीका अङ्गरक्षक, पाइलट, को–पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू सवार थिए । दुर्घटनामा राष्ट्रपति सवार बेल–२१२ हेलिकोप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।

नेपाल बेलायत कुटनीतिक सम्बन्धकाे सय बर्ष : प्रधानमन्त्री सुनकले नेपाली समुदायलाई सम्बाेधन गर्ने
आर्थिक परिवेश

०६ जेठ, लन्डन ।  बेलायती प्रधानमन्त्रीले पहिलोपटक टेन डाउनिङ स्ट्रिटमा बेलायतमा बसाेबास गर्ने  नेपाली समुदायलाई सम्बोधन 
गर्नु हुने  भएकाे छ । नेपाल बेलायत शान्ति तथा मैत्री सन्धि भएको १०० वर्ष  मनाउने  क्रममा टेन डाउनिङ स्ट्रिट  प्रधानमन्त्री कार्यालयमा  विशेष कार्यक्रम गर्न लागिएको हो । बेलायती प्रधानमन्त्रीले नेपालीलाई व्यक्तिगत रुपमा वा सानो समूहसंग भेटघाट  गर्ने गरेपनि समुदायलाई नै सम्बोधन गर्न लागेको यो पहिलो भएकाेले ऐतिहासिक मानिएको छ । यही जेठ ०७ गते अर्थात मे २० तारिखका दिन  सोमबार साँझ ५ बजे प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा प्रधानमन्त्री ऋषि सुनकले सम्बोधन नेपाली समुदायलाइ सम्बाेधन गर्ने कार्यक्रम बेलायतसि्थत नेपाली दुतावासले जनाएकाे छ  । बेलायत…

उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनले आर्थिक सम्भावनाहरूमा सुधार : संयुक्त राष्ट्रसङ्घ
आर्थिक परिवेश

०५ जेठ,संयुक्त राष्ट्रसङ्घ, न्युयाेर्क ।  संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो प्रदर्शनका कारण विश्वव्यापी आर्थिक सम्भावनाहरूमा सुधार भएकाे संयुक्त राष्ट्रसङ्घले उल्लेख गरेकाे छ । सन् २०२४ जनवरीको विश्व आर्थिक अवस्था र सम्भावनाहरूको प्रतिवेदनको मध्यावधिको अद्यावधिक समीक्षा अनुसार विश्व अर्थतन्त्र सन् २०२४ मा दुई दशमलव सात प्रतिशत र सन् २०२५ मा दुई दशमलव आठ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जनवरीको प्रतिवेदनमा सन् २०२४ का लागि दुई दशमलव चार प्रतिशत र सन् २०२५ का लागि दुई दशमलव सात प्रतिशत वैश्विक  आर्थिक वृद्धि दरको भविष्यवाणी गरिएको थियो । पछिल्लो संशोधनले मुख्यरूपमा अमेरिका र विशेषगरी ब्राजिल, भारत र रुसजस्ता उदीयमान अर्थतन्त्रहरूमा…

नेपालको विकासमा याेगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान
आर्थिक परिवेश

३० बैशाख, काठमाडौं ।  सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन् ।  शनिबार जर्मनी बर्लिनमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उहाँले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गर्नुभएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ । राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन यहाँ रहेका नेपालीलाई अनुरोध गरे । सम्मेलन नेपाली राजदूतावास र जर्मनको…