
पर्यटकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा
आर्थिक परिवेश०४ चैत्र, पाेखरा । पर्यटनकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै पाेखराकाे मात्र नभै मुलुककाे समग्र पर्यटन उद्याेगमा सकारात्मक प्रभाव देखिएकाे छ । पर्यटनको राजधानी घोषणा सँगै आइतबारदेखि राति १ बजेसम्म अधिकांश व्यवसाय गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो । यस अघि पोखरामा १०ः०० बजे नै अधिकांश व्यवसाय बन्द गराउने गरेको प्रहरीले अब भने १ः०० बजेसम्म किराना देखि पानसम्मका पसल तथा व्यवसायलाई सञ्चालन गर्न दिने भएको हो । मनोरञ्जनका केही व्यवसायहरूलाई भने निश्चित मापदण्डका आधारमा रातै भरी अर्थात् २४ सै…

चीनका विदेशमन्त्री वाङ यी अर्को हप्ता अस्ट्रेलियाको भ्रमणकाे तयारीमा
आर्थिक परिवेश०१ चैत्र,सिडनी । चीन र अस्ट्रेलियाबीच सहज व्यापारिक सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लाग्नुभएको हो । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्च पदस्थ अधिकारीको रूपमा अष्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभावका बाबजुद उहाँको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्व दिनु…

अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ छलफल कार्यक्रम सम्पन्न
आर्थिक परिवेश१५ फागुन, काठमाडौँ । नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो भन्नुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरू तयार रहेको…

झण्डै सवा अर्ब लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा
आर्थिक परिवेश०७ फागुन,काठमाडौं । गैरआवासीय नेपाली समेतको लगानीमा सुरु भएको औषधि उद्योग ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड सञ्चालनमा आएको छ । काठमाडौंमा सोमबार भएको विशेष कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले फर्मास्युटिकल्सको औपचारिक शुभारम्भ गर्नु भयाे । “स्वास्थ्य र राष्ट्रका लागि एक संकल्प” भन्ने नारा सहित नेपाली उपभोक्ताका लागि यूरोपियन मापदण्डका औषधि उत्पादन गर्ने ओम मेगाश्री फर्मास्युटिकल्सको प्रतिबद्धताप्रति सभामुख घिमिरेले खुसी व्यक्त यर्नु भयाे । ‘ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले अपनाएका प्रविधि र नवीनताहरुले औषधि उपभोक्ताका मागहरु पूरा गर्न सक्षम हुने विश्वास लिएको उहाँको भनाइ छ । औषधि उत्पादन क्षेत्रमा पछिल्लो डेढ दशकयता नेपालमा राम्रो प्रगति भएको बताउँदै सभामुख घिमिरेले नेपालजस्तो मुलुकमा औषधि…

सागर र हिमालका समस्या समाधानमा एकीकृत प्रयास गर्नुपर्छ : नेपाल
आर्थिक परिवेश२७ माघ, काठमाडौ। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको विकास आकाङ्क्षा हिन्द महासागरमा निर्भर रहेकोले हिन्दुकुश हिमालयको इकोसिस्टम र जलवायु अवस्था बुझ्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ । अष्ट्रेलियाको पर्थमा सातौँ इन्डियन ओसन कन्फरेन्स (सातौँ हिन्द महासागर सम्मेलन)मा सम्बोधन गर्दै परराष्ट्रमन्त्री साउदले सागर र हिमाली समस्या समाधान एकीकृत र समग्रमा गर्नुपर्ने उल्लेख गर्नुभयो । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनको आयोजनामा भइरहेको सम्मेलनमा मन्त्री साउदले हिन्द महासागरलाई भूगोलका रूपमा सीमित नभई संसारको सभ्यताको केन्द्ररूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिन्द महासागर भूराजनीतिक, भूरणनीतिक र भूआर्थिक महत्वका दृष्टिकोणले हेर्नुपर्दछ ।” “यहाँ दुःखका साथ भन्नुपर्छ, हिन्द महासागरले परम्परागत र गैरपरम्परागत दुवै सुरक्षा चुनौतीको सामना गर्नुपरेको…