विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत २०० डलर साट्न पाउने
आर्थिक परिवेशनेपाल राष्ट्र बैंकले विदेश भ्रमणमा जाने नेपालीले मनिचेञ्जरमार्फत २०० डलर साट्न पाउने भएका छन्। केन्द्रिय बैंकले बुधबार एक सर्कुलर जारी गर्दै २०० डलरसम्मको मात्रै सटहि सुविधा उपलब्ध गराउने बताएको छ। केन्द्रिय बैंकले मनिचेञ्जरहरुलाई निर्देशन जारी गर्दै विदेश भ्रमणमा जाने नागरिकले राहदानी वापत २०० अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा प्रदान गर्न सक्ने जनाएको छ। विदेशी मुद्रा सञ्चिति घट्दै गएको अवस्थामा विदेशी मुद्रा जोगाउन केन्द्रिय बैंकले यस्तो व्यवस्था गरेको हो। यस अघि बैंकहरुमार्फत १५०० सम्मको सुविधा पाइन्थ्यो।
गैरआवासीय नेपाली संघ र राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रतिनिधिविच भेट
आर्थिक परिवेशकाठमाडौं । गैरआवासीय संघका अध्यक्ष डा बद्रि केसि र राष्ट्रिय प्रकृती संरक्षणकोषका सदस्य सचिव शरद चन्द्र अधिकारी लगायतका प्रतिनिधिहरु वीच खुमलटारमा रहेको कोषको कार्यलयमा भएको छ। कोषका सदस्य सचिवले स्वागत गर्दै कोषले स्थापनाकाल देखी गर्दै आएको गतिविधिहरुबारे जानकारी गराउनुभयो । साथै कोषले गरेका क्रियाकलापबारे प्रस्तुतीकरणा समेत गरिएको थियो । मुख्यतया प्रस्तुतीकरणमा कोषले झापा, चितवन, वर्दिया शुक्लाफाट लगायतका विभिन्न तराईका जिल्लाहरुमा समुदायमा आधारीत वन जन्तु संरक्षण, वातावरण संरक्षण लगायतका कार्यक्रमहरुको हाइलाईट गरिएको थियो । जको भेटघाटको मुख्य उद्देश्य संरक्षण कोषले विविध क्षेत्रमा संचालन गरिरहेका कार्यक्रममध्ये कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ बारेमा केन्द्रित रहेको थियो । कार्यक्रमको अन्त्यमा संघका अध्यक्ष डा केसिले…