जापानी विदेशमन्त्री खामिखावा योकोकाे प्रधानमन्त्री दाहालसंग शिष्टाचार भेट
आर्थिक परिवेश

२३ बैशाख, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो, आर्थिक सहकार्यलगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिनुभयो । भेटमा प्रधानमन्त्री दाहालले नेपाल–जापानबीच कूटनीतिक सम्बन्ध स्थापित भएदेखि नै नेपालको आर्थिक एवं सामाजिक विकासमा जापान सरकारले सहयोग पु¥याउँदै आएको र पछिल्लो समय नेपालको ठूला पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले नेपालको पूर्वाधार एवं आर्थिक–सामाजिक क्षेत्रमा जापान सरकारबाट प्राप्त हुँदै आएको योगदानप्रति आभार व्यक्त गर्नुभयो । “नेपाल–जापानबीच हुँदै आएको उच्चस्तरीय भ्रमणले दुई देशबीचको…

चालु आर्थिक वर्षमा ४.५ प्रतिशत भन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरिएकाे छ : अर्थमन्त्री
आर्थिक परिवेश

१९ वैशाख, काठमाण्डौँ  ।   अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र शिथिलताबाट  क्रमिक रूपमा बाहिर आउन थालेको बताउनु भएकाे छ । राजधानीमा  बुधवार  आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उहाँले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताउनु भयाे  । विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे पनि अर्थ मन्त्रालयले  ४.५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि हुने अनुमान गरेको उल्लेख गर्नु भयाे  । ‘हाम्रो अर्थतन्त्रमा थोरै शिथिलता छ । स्वभाविक रुपमा यसका आन्तरिक र बाह्य कारण छन् । तथ्याङ्कहरुले विस्तारै त्यसमा सुधार देखाएको छ’, मन्त्री पुनले…

सरकारी, अर्धसरकारी क्षेत्रमा सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरिरहेका छाैं : प्रधानमन्त्री
आर्थिक परिवेश

१९ बैशाख, काठमाडौँ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको बताउनु भएकाे  छ । विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिनुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताउनु भएकाे हाे । नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई…

एनआरएनए र एचआईडीसीएलबीच हाईड्रोमा लगानी गर्ने सम्झौता
आर्थिक परिवेश

१७ बैशाख, काठमाडौं ।  रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगाउने गरी एनआरएनए र एचआईडीसीएलबीच साेमवार एक सम्झौता भएको छ । जलविद्युत क्षेत्रमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लगानी बढाउने उद्देश्यका साथ हाइड्रोइलेक्ट्रीसीटी एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) नेपाल र गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बीच सम्झौता भएको हाे । लगानी सम्मेलनका अवसरमा सोमबार ऊर्जामन्त्री शक्ति बस्नेतको रोहबरमा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुबीच सम्झौता भएको हो । सम्झौतामा कतार, यूएई, बहराइन, जापान, ओमन, मलेसिया,साउदी अरव,कुवेत र इराकका एनसीसीहरुको संलग्नता रहेको छ । जसअनुसार गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्ट, युएईका…

नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई प्रधानमन्त्रीकाे आह्वान
आर्थिक परिवेश

१६ बैशाख, काठमाडौं ।  नेपालमा प्रत्यक्षा विदेशी लगानी  आर्कषित गर्ने उद्देश्यले  नेपाल सरकारले अायाेजना गरेकाे  तेस्राे लगानी सम्मेलन  आजबाट काठमाण्डाैमा शुरू भएकाे छ  । लगानी बाेर्डका  अध्यक्ष समेत रहनु भएका  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनकाे उद्घाटन गर्नु भएकाे छ । स्वदेश तथा विदेशबाट गरी करिव १७ सयकाे हाराहारिमा सहभागी भएकाे सम्मेलनलाई सम्बाेधन गर्दै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको उल्लेख गर्नु भयाे । प्रधानमन्त्री दाहालले  नेपालमा बनेकाे लगानीकाे अवसरलाई सदुपयोग गरेर फाइदा लिन लगानीकर्ताहरूलाई आह्वान गर्नुभयाे   । ‘नेपाल लगानी सम्मेलन २०२४ को आज उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त…