अमेरिकी लगानीकर्तालाई नेपालमा निर्धक्क भएर लगानी गर्न मन्त्री भण्डारीकाे आह्वान
आर्थिक परिवेश

०५ चैत्र, काठमाडौं।   उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र अमेरिकी वाणिज्य तथा बौद्धिक सम्पत्ति कार्यालयका उपसचिव एवं युनाइटेड स्टेट प्याटेन्ट एन्ड ट्रेडमार्क अफिस (युएसपिटीओ) का निर्देशक क्याथरिन के भिडेलबीच आज मन्त्रालयमा छलफल भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र युएसपिटीओबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रलाई स्वीकृत गरिएको छ । नेपालले विश्व व्यापार सङ्गठन र विश्व बौद्धिक सम्पत्ति सङ्गठनको सक्रिय सदस्य हुँदाहुँदै पनि बौद्धिक सम्पत्तिको सिर्जना गरी व्यापार तथा लगानीमा त्यसको लाभ लिनुपर्ने उद्योग मन्त्री भण्डारीले बताउनुभयो । “हामीले व्यापार सम्बद्ध बौद्धिक सम्पत्ति अधिकार (ट्रिप्स) सम्झौताको धारा ६६.२ र  लाभको बाँडफाँटमा पहुँचसम्बन्धी नागोया प्रोटोकलअनुसार लाभ…

पोखरालाई सुन्दर र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश

०४ चैत्र ,कास्की, पाेखरा ।   नेपालकाे  प्रशिद्ध  पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा घाेषणा गरिएकाे  छ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्यटकीय शहर पाेखरालाई  पर्यटकीय राजधानीको रूपमा आइतवार आयाेजित विशेष समाराेहका बीच घाेषणा  गर्नु भएकाे हाे । समाराेहमा प्रधानमन्त्री दाहालले पर्यटकीय राजधानी पोखराको विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनु भयाे । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत सहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो । “पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा…

पर्यटकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा
आर्थिक परिवेश

०४ चैत्र, पाेखरा ।   पर्यटनकीय शहर पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै पाेखराकाे मात्र नभै मुलुककाे समग्र पर्यटन उद्याेगमा  सकारात्मक  प्रभाव देखिएकाे छ ।  पर्यटनको राजधानी घोषणा सँगै आइतबारदेखि राति १ बजेसम्म अधिकांश व्यवसाय गर्न पाइने छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा हालै बसेको जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनु भयो । यस अघि पोखरामा १०ः०० बजे नै अधिकांश व्यवसाय बन्द गराउने गरेको प्रहरीले अब भने १ः०० बजेसम्म किराना देखि पानसम्मका पसल तथा व्यवसायलाई सञ्चालन गर्न दिने भएको हो । मनोरञ्जनका केही व्यवसायहरूलाई भने निश्चित मापदण्डका आधारमा रातै भरी अर्थात् २४ सै…

चीनका विदेशमन्त्री वाङ यी अर्को हप्ता अस्ट्रेलियाको भ्रमणकाे तयारीमा
आर्थिक परिवेश

०१ चैत्र,सिडनी ।   चीन र अस्ट्रेलियाबीच सहज व्यापारिक सम्बन्ध पुनः स्थापनाका लागि चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अष्ट्रेलिया भ्रमण गर्न लाग्नुभएको हो । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्च पदस्थ अधिकारीको रूपमा अष्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ । मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभावका बाबजुद उहाँको भ्रमण दुई देशबीच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्व दिनु…

अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ छलफल कार्यक्रम सम्पन्न
आर्थिक परिवेश

१५ फागुन, काठमाडौँ  ।   नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएकाले निर्धक्क भएर लगानी गर्न उद्यमी–व्यवसायीलाई आह्वान गर्दै अस्ट्रेलियामा ‘नेपालमा लगानी प्रवर्द्धन’ कार्यक्रम आयोजना गरिएको छ । आगामी वैशाख १६ र १७ गते आयोजना हुने तेस्रो लगानी सम्मेलनका सन्दर्भमा क्यानबेरास्थित नेपाली दूतावास र मा गैरआवासीय नेपाली सङ्घले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेलले लगानीका लागि नेपाल उत्कृष्ट गन्तव्य हो भन्नुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न नेपाल सरकारले नीतिगत सुधार गरेको जानकारी दिँदै सो सम्मेलनमा सहभागी हुन अस्ट्रेलियाली उद्यमी–व्यवसायीलाई आग्रह गर्नुभयो ।   गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा लगानीका लागि आफूहरू तयार रहेको…