नक्कली भ्रमण भिषा लगाउने कार्यमा संलग्नहरू पक्राउ मिलेमतोमा काम
आर्थिक परिवेश

१ पुष, काठमाडौँ ।  भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सरकारी कर्मचारीकै संलग्नतामा सङ्गठितरुपमा यसरी नक्कली कागजात बनाइ मानिसलाई भ्रमण भिसामा विदेश पठाउने गरेको पाइएको छ । यसरी मिलेमतोमा विदेशिएका अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेका छन् । शङ्कास्पद कागजातसहित गएको असोजदेखि नै प्रहरीले अनुसन्धान थालेको थियो । सो क्रममा एक हजार पाँच सय १२ जनाका कागजात अध्ययन गर्दा त्यसमध्ये दुई सय ४६ कागजात प्रमाणपत्र, श्रम, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैङ्क विवरणलगायतका…

परराष्ट्र मन्त्रालयकाे सचिवमा पहिलाे पटक महिला नियुक्त
आर्थिक परिवेश

२८ मंसिर, काठमाडौँ ।  सरकारले परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई सचिव पदमा बढुवा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले लम्साललाई  सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । यस्तै बैठकले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो  । बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय समेत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो छ । आजै दिउँसो प्रधानमन्त्री कार्यालयमा बसेको सरकारको चौमासिक कार्य प्रगति समीक्षा बैठकका सम्बन्धमा सञ्चारकर्मीले साधेको…

अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा धेरै घरहरू खाली भए पछि विदेशी मुलका घरमा थप कर लगाउने तयारी
आर्थिक परिवेश

२४ मंसिर, सिड्नी ।  अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयास स्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ वर्षको सुरुमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिर्नुपर्ने व्यवस्था गर्न लागेको हो । घर निर्माण घट्दै जाँदा सेप्टेम्बर ३० सम्मको अवधिमा भाडाको मूल्य १४ वर्षयताकै सबैभन्दा तीव्र स्तरमा अर्थात् ७.६ प्रतिशतले बढेको छ । कोषाध्यक्ष जिम चाल्मर्सले भन्नुभयो,“अस्ट्रेलियाको ग्रामीण क्षेत्रमा धेरै घरहरू खाली छन् । तर कोठा भाडा…

डा. राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारद्वारा सम्मानित  
आर्थिक परिवेश

२१ मंसिर,काठमाडाैं ।   अष्ट्रेलिया निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघकाे सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक, डा राजु अधिकारी गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कारबाट सम्मानित हुनुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)द्वारा स्थापित सो पुरष्कारबाट सम्मानित हुने डा अधिकारी पहिलो गैरआवासीय नेपाली हुनुहुन्छ । नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदान गर्नुभएको सो पुरस्कार एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले डा अधिकारीको तर्फबाट ग्रहण गर्नुभयो । स्वदेश तथा विदेशमा विज्ञान तथा प्रविधिको विकासमा निरन्तर लागि सीप,ज्ञान र नवप्रवर्तन कार्यमा संलग्न भई योगदान पुर्याउनु भएका डा अधिकारी सो पुरस्कारबाट सम्मानित हुनुभएको हो । स्वास्थ्य, कृषि, विद्युत प्रवाहकीय, OLED खाद्य पदार्थ आदिमा आवश्यक…

उत्सर्जनमा नेपालको भूमिका शून्य भए पनि जलवायु परिवर्तनको हानिकारक असर भोगिरहेको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

१६ मंसिर, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उहाँले विश्वव्यापी रुपमा बढ्दो तापक्रमले हाम्रा हिमाललाई यातना दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “तिनीहरूलाई पहिले बचाउनुहोस् ।” जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संयन्त्र (आइपिसिसी)ले दिएको प्रतिवेदनबाट…