
गैर आवासीय नेपाली संघले मानवीय कार्यमा ६ करोड ६६ लाख परिचालन
आर्थिक परिवेश०६ माघ, काठमाडौं । गैर आवासीय नेपाली संघको नव निर्वाचित कार्य समितिले काम शुरु गरेको ९० दिनको अवधीमा करिब ६ करोड ६६ लाख ९१ हजार रुपैया बराबरका विभिन्न मानवीय सहायता नेपालमा परिचालन गरेको जनाएको छ । संघले सञ्चालन गरेका मोबाइल ब्लड बस, अक्सिजन प्लान्ट स्थापना, जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुको सहयोग, खेल क्षेत्रमा आर्थिक सहयोग लगायतको मानवीय सहायताको लागि उक्त रकम परिचालन गरेको संघले जनाएको छ । सघले बालुवाटारस्थित मुख्य कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका नव निर्वाचित अध्यक्ष बद्री केसीले छोटो समयमा गैर आवासीय नेपाली संघको पहलमा भूकम्प प्रभावित लगायतका क्षेत्रमा मानवीय सहायत स्वरुप विभिन्न सहयोग परिचालन गरेको…

नाममा सहभागि हुन प्रम दाहाल युगाण्डा प्रस्थान
आर्थिक परिवेश०४ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गर्नुभएको छ । उहाँ आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनुहुन्छ । प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि शुक्रबार सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सोही दिन प्रधानमन्त्री दाहाल गणतन्त्र युगान्डाका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले…

एनआरएनएले धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण
आर्थिक परिवेश०३, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ धरानमा बुधवार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरिएको हो । ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गर्नुभएको हो । ब्लड बस हस्तान्तरणमा कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत हवाई यात्रुको सङ्ख्या नौ प्रतिशतले बढ्याे
आर्थिक परिवेश२८पुष, काठमाडौँ । मुलुकको जेठाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बढेको छ । विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले हवाई यात्रा गरेका छन् । सन् २०२२ मा ७९ लाख ५४ हजार चार सय ९५ ले हवाई यात्रा गरेका थिए । जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो । कूल यात्रु आवागमन ९आन्तरिक र अन्तर्राष्ट्रिय० पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ । कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार नौ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाई…

पाँच महिनाकाे अवधीमा नेपालबाट विदेशियाे ४७ अर्ब ३५ करोड रुपैयाँ
आर्थिक परिवेश२६ पुस, काठमाडौं । नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थी संख्या बढेसँगै पाँच महिनाकाे अवधीमा ४७ अर्ब ३५ करोड रुपैयाँ नेपालबाट विदेशिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ५ महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रुपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रुपैयाँ विदेशिएको हो । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा १८ अर्ब ५४ करोड बढी हो । गतवर्ष ५ महिनामा शिक्षामा २८ अर्ब ८१ करोड विदेशिएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय ५९.५ प्रतिशतले बढेको छ । भ्रमण आय भने ४७.५ प्रतिशतले…