नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक छ : प्रधानमन्त्री ओली
आर्थिक परिवेश

१९ मंसिर, बेइजिङ ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार चिनियाँ लगानी भित्र्याउन इच्छुक रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसिपिआइटी) को आयोजना तथा चीनस्थित नेपाली दूतावासको समन्वयमा आयोजित कार्यक्रममा उहाँले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरिसकेकाले लगानीको वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हामी लगानीका लागि सहजीकरण गर्छौ, लगानीको सुरक्षा गर्न प्रतिबद्ध छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले चिनियाँ लगानीकर्तालाई प्राकृतिक रुपमा सुन्दर मुलुक नेपालको भ्रमण गर्न आग्रह गर्दै विभिन्न क्षेत्रमा लगानी गर्न आह्वान गर्नुभयो…

चीनले नेपाललाई ५०० मिलियन आरएमबी करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने
आर्थिक परिवेश

१८ मंसिर  काठमाडौं  ।    चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गर्नु  भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्तामा सो अनुदान घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग म‌गलवार भएकाे भेटघाटका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले सो घोषणा गर्नु  भएकाे हाे  । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमवार चीन प्रस्थान गर्नु  भएकाे  थियाे । बेइजिङ पुगेको भोलिपल्ट अर्थात मंगलबार चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका…

प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया राष्ट्रपति सी चिनफिन बीच शिष्टाचार भेटवार्ता
आर्थिक परिवेश

 १८ मङ्सिर, बेइजिङ ।   चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा रहनु भएकाे थियाे । त्यसैगरी  मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत हुनुहुन्थ्यो । प्रधानमन्त्री ओली आफ्ना चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा चारदिवसीय भ्रमणका क्रममा हिजो अपराह्न यहाँ आइपुग्नुभएको…

नेपाल र चीनबीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग लगायत विभिन्न ९ वुंदे सहमतिपत्रमा हस्ताक्षर
आर्थिक परिवेश

१८ मंसिर , बेइजिङ (चीन) ।  नेपाल र चीन बीच व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदानका विभिन्न विषयमा सहयोग र सहकार्यसम्बन्धी नाै वुंदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पिपलमा दुईपक्षीय भेटवार्तापछि आपसी सहकार्यसम्बन्धी सहमतिपत्रमा  नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा  हस्ताक्षर भएको हो । वार्ताअघि प्रधानमन्त्री ओलीलाई चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेइजिङ आइपुग्नुभएको हो । नेपाल र चीनबीच टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् ।…

सार्वजनिक वित्त व्यवस्थापन प्रणाली सुधारमा सरकारले जोड दिएको छ : अर्थमन्त्री पौडेल
आर्थिक परिवेश

  १७ मंसिर काठमाडाैं  ।   उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद ले सरकार नेपालको आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको छ । अर्थ मन्त्रालयमा आयोजित विकास साझेदारहरूसँगको बैठकमा अर्थमन्त्री पौडेलले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनेपछि मुलुकमा राजनीतिक र नीतिगत स्थायित्व कायम हुँदै गएकाले अब सरकारको ध्यान आर्थिक विकासमा केन्द्रित भएको बताउनु भएको हो । अर्थमन्त्री पौडेलले विकास साझेदारहरूको निरन्तर सहयोग र साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जानकारी गराउनु भएको छ । क्रेडिट रेटिङको नतिजाले लगानीका लागि नेपाल अनुकूल अवस्थामा रहेको देखाएको उल्लेख गर्दै अर्थमन्त्रीले यसले निजी क्षेत्र र लगानीकर्ताको मनोबल बढाउनुका साथै बाह्य लगानी वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।…