विश्व बैंकले १० करोड अमेरिकी डलर सहयाेग गर्ने
आर्थिक परिवेश२८ मंसिर काठमाडाै । विश्व बैंकले नेपाललाई प्रदान गर्ने १० करोड अमेरिकी डलर स्वीकृत गरेको छ। हरित, जलवायु अनुकूलनसहितको समावेशी विकास र आर्थिक वृद्धिका लागि नेपालको नीतिगत पहललाई समर्थन गर्न उक्त रकम स्वीकृत गरेको हो। बैंकका बोर्ड निर्देशकहरुले बिहीबार १० करोड डलरको विकास नीति सञ्चालन (डीपीओ) स्वीकृत गरेको विश्व बैंकले जनाएको छ। य सले नेपालको हरित, जलवायु अनुकूलन र समावेशी विकासमा सहयोग पुग्ने उल्लेख गरिएको छ। माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिसलेनले सबै नेपालीका लागि दीर्घकालीन उन्नतिको आधारको रक्षा गर्न र अनुकूलन र दिगो विकास निर्माण गर्न डीपीओ शृंखला व्यावहारिक हुने बताए। यसले नेपालको…
दक्षिण एशियाले क्षेत्रीय व्यापार नीतिहरूमा पुनर्विचार गर्नु पर्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश२८ मंसिर, काठमाडौं । १५ औं दक्षिण एशियाली आर्थिक सम्मेलन विभिन्न निष्कर्शहरु निकाल्दै शुक्रवार काठमाण्डौमा सम्पन्न भएको छ । दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण एसियाले आफ्ना व्यापार नीतिहरूमा पुनर्विचार गर्न आवश्यक भएकाे बताउनु भयाे । शुक्रबार सम्पन्न १५औँ दक्षिण एशियाली आर्थिक शिखर सम्मेलनको समापन समारोहमा बोल्दै अध्यक्ष ढकालले ढकालले दक्षिण एसिया संसारकै तीव्र आर्थिक वृद्धिका क्षेत्रहरूमध्ये एक भए पनि व्यापार र लगानी प्रवाहका हिसाबले सबैभन्दा कम जोडिएको क्षेत्र रहेको बताउनु भयो । उहाँले क्षेत्रीय आर्थिक एकीकरणका लागि पछिल्लो दशकमा ठोस प्रगति नभएको जानकारी गराउँदै यस क्षेत्रमा घरेलु उद्योगहरूमा दक्षिण…
विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघ्याे
आर्थिक परिवेश२७ मंसिर, काठमाडौं । मुलुकमा विदेशी मुद्रा सञ्चिति साढे २२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कात्तिक मसान्तसम्म २२ खर्ब ५५ अर्ब रुपैयाँ सञ्चिति रहेको छ । चार महिनामा विदेशी मुद्रा सञ्चिति १०.५ प्रतिशतले बढेको हो । असार मसान्तसम्म २० खर्ब ४१ अर्ब रुपैयाँ विदेशी सञ्चित थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा कात्तिक मसान्तमा ९.४ प्रतिशतले बढेर १६ अर्ब ७० करोड पुगेको छ । हालको आयातलाई आधार मान्दा सञ्चित विदेशी मुद्राले १८ महिनाको वस्तु र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको…
परराष्टमन्त्री राणा र ईयु कमिशनर बीच ब्रसेल्समा भेटवार्ता
आर्थिक परिवेश२७ मंसिर, काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग युरोपियन युनियनका कमिसनर फर क्लाइमेट एक्सन ओपके होस्त्राले भेटवार्ता गर्नुभएको छ । युराेपकाे राजधानी शहर बेल्जियमको ब्रसेल्समा बिहिवार भएको भेटका अवसरमा नेपाल–युरोपियन युनियन सम्बन्ध, नेपालको आर्थिक सामाजिक क्षेत्रमा युरोपियन युनियनले पुर्याउँदै आएको सहयोग र आगामी दिनमा निरन्तर रहने साझेदारीताका बारेमा कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियनले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्ष मनाइरहेको बारेमा उहाँहरुबीच कुराकानी भएको थियो । नेपाल र युरोपियन युनियन बीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल सदैव प्रजातन्त्र, कानुनी शासन र मानवअधिकारका पक्षमा रहेको जानकारी गराउँदै मन्त्री डा राणाले यस…
एसियाली विकास बैङ्कले नेपाललाई यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना सञ्चालन गर्न सहुलियतपूर्ण ऋण तथा अनुदान दिने
आर्थिक परिवेश२६ मंसिर, काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी)बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले रु १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा रु दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ । त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि रु एक अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण रु दुई अर्ब ९७…