डा. थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक सार्वजनिक
आर्थिक परिवेश

५ मङ्सिर,काठमाडौँ ।  वरिष्ठ अर्थशास्त्री एवं कूटनीतिज्ञ डा भेषबहादुर थापाको जीवनीमा आधारित ‘राष्ट्र–परराष्ट्र’ पुस्तक आज सार्वजनिक भएको छ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित सो पुस्तक फाइन प्रिन्टले प्रकाशन गरेको हो । डा थापाले २०६० को दशकदेखि करिब ४० वर्ष नेपालको प्रशासनिक, आर्थिक तथा कूटनीतिक क्षेत्रमा पु¥याउनुभएको योगदान, भूमिका र अनुभवलाई पुस्तकमा समेटिएको छ । विमोचन समारोहमा सांसद् एवं अर्थशास्त्री डा स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा कूटनीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका डा थापाको जीवनीमा आधारित महत्वपूर्ण पुस्तकबाट सम्पूर्ण नेपाली लाभान्वित हुने धारणा व्यक्त गर्नुभयो । सांसद सुमना श्रेष्ठले डा थापाको जीवनीमा आधारित पुस्तक हाम्रो र भावी पुस्ताका लागि महत्वपूर्ण ग्रन्थ हुने…

सी जिनपिङ र जो बाइडेन बीच सानफ्रान्सिस्कोमा भेटवार्ता सम्बन्ध सुधारकाे संकेत
आर्थिक परिवेश

३० कात्तिक, काठमाडौं ।  अमेरिका र चीनका राष्ट्रपतिबीच अमेरिकाकाे क्यालिफोर्नियामा भेटवार्ता भएको छ । अमेरिकाको क्यालिफोर्नियामा आयोजित एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिनपिङबीच सनफ्रान्सिस्कोस्थित फिलोली एस्टेटमा भेटवार्ता भएको हो । बाइडेन र सीबीचको यो भेटवार्ता लामो समयदेखिको दुइ देश बीचकाे तिक्तता घटाउन सहयोगी बन्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भेटवार्ता पछि  पत्रकार भेटघाटमा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र चीन बीच सैन्य सम्पर्क फेरि स्थापित हुने बताउनु भएकाे  बीबीसीले जनाएको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सीले दुवै देशले संयुक्त रुपमा सही धारणा विकसित गर्नुपर्ने…

गैरआवासीय नेपाली संघले नव निर्वाचित पदाधिकारीहरूकाे जिम्मेवारी ताेक्याे
आर्थिक परिवेश

२८ कार्तिक, काठमाडाैं ।     गैरआवासीय नेपाली संघले नव निर्वाचित पदाधिकारीहरूकाे जिम्मेवारी ताेकेकाे छ । अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा सोमबार (१३ नोभेम्बर २०२३) बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रवक्तामा फणिन्द्र पन्तलाई मनोनयन गरेको छ । पन्तलाई आगामी दुई वर्षको लागि मनोनयन गर्ने निर्णय गरिएको हो । बैठकले विभिन्न पदाधिकारीहरुलाई विभागीय जिम्मेवारी समेत तोकेको छ । मिलियन तथा मेघा परियोजना डा. केसी जस अन्तर्गत १०० मिलियन तथा मेघा परियोजनाको प्रमुखमा डा. बद्री केसी, सदस्य सचिवमा टीका गुरुङ, संगठन तथा प्रशासन प्रमुखमा गौरीराज जोशी र सदस्य सचिवमा प्रविण गुरुङ तथा सोम सापकोटालाई जिम्मेवारी तोकिएको छ  ।…

कोरला नाका खुले पछि स्थानीय बासिन्दालाई आवतजावत सहज
आर्थिक परिवेश

२८ कार्तिक, काठमाडौं ।  काेराेला नाका संचालनसंगै मुस्ताङका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङले जानकारी दिनुभयाे । यसअघि चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीन जान पाउने अनुमति थियो। ‘कोरला नाकाको उद्घाटनपछि भएको बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेका थियौ,’ उहाँले जानकारी…

भारतीय वस्तुले शून्य भन्सार पाएर नेपाल भित्रिँदै नेपाली वस्तुमा परिमाणात्मक बन्देज लगायत असमान प्रावधान
आर्थिक परिवेश

२४ कार्तिक,काठमाडौं ।   नेपाल र भारत बीचकाे वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ। संशोधनसहित सन्धि नवीकरण हुनुपर्ने भन्दै नेपालले लामो समयदेखि कुरा उठाइरहे पनि अन्ततः संशोधन बिनै नवीकरण भएको हो। भारतसँगको वाणिज्य सन्धि स्वतःनवीकरण भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले जानकारी दिनु भयाे । ‘हरेक सात वर्षमा नवीकरण गर्नुपर्ने सन्धिकै व्यवस्थाअनुसार स्वतःनवीकरण भएको हाे । सन्धि संशोधन र पुनरावलोकनको विषय उठिरहे पनि यसपटक भएन तर बीचमा संशोधन गर्न सकिन्छ’, उहाँले भन्नु भयाे , ‘हामी दुई देशका वाणिज्य सहसचिवस्तरीय बैठकको तयारी गरिरहेका छौं। त्यसबेला पनि यो विषय उठाउन सकिन्छ।’ नेपाल र भारतबीचको पारवहन सन्धि बीचमा पनि संशोधन भएको…