संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क पुग्नु भयाे
आर्थिक परिवेश०५ असाेज न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई जेएफके अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर थापा, अमेरिकाका लागि कार्यवाहक राजदूत कुमार खरेल तथा स्थायी नियोगका अधिकारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले यही असोज १० गते संयुक्त राष्ट्र सङ्घको महासभामा सम्बोधन गर्ने कार्यतालिका छ । महासभामा कोही पनि पछाडि नछाडिने, वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाका लागि सबै मिलेर अघि बढ्नुपर्ने विषयमा बहस हुनेछ । प्रधानमन्त्री ओलीले यहाँस्थित…
नेपाल र अमेरिका टिफा काउन्सिल बैठक सम्पन्न शुन्य भन्सार सहुलियत निरन्तरताका लागि जाेड
आर्थिक परिवेश३१ भदौ,काठमाडौ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच गठित व्यापार तथा लगानी ढाँचा सम्झौता अन्र्तगतको परिषद् (टिफा काउन्सिल)को सातौँ बैठक दुई पक्षीय व्यापार तथा लगानीका विभिन्न पक्षमा छलफल गर्दै सम्पन्न भएको छ । बैठकमा नेपाल र अमेरिका बीचको आपसी व्यापार, अमेरिकाले नेपाली ७७ वस्तुहरुमा उपलब्ध गराउदै आएको शुन्य भन्सार सहुलियतमा वस्तुहरुको सूचि थप गर्ने तथा विस्तार गर्ने, नेपालमा अमेरिकी लगानी तथा प्रविधिको विस्तार लगायतका विषयहरुमा छलफल भएको छ । बैठकमा नेपालले अमेरिकी पक्षलाई टिफा प्रमेवर्क अन्र्तगत नेपाली वस्तुहरुको थप सूचि समेत उपलब्ध गराउनुका साथै भन्सार सुविधालाई नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नती भएपछि पनि निरन्तरता दिन आग्रह गरेको छ । बैठकमा…
चीनका व्यवसायीहरू र उद्योग मन्त्रीबीच नेपालमा लगानी सम्बन्धमा छलफल
आर्थिक परिवेश२६ भदाै काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग चीनका व्यवसायीहरूले भेट गर्नुभएको छ । नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीउौाेगहरूले नेपालमा लगानीको वातावरणका विषयमा मन्त्री भण्डारीसँग अन्तरक्रिया गर्नुभएको हो । अन्तरक्रियाका क्रममा चिनिया व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयमा जानकारी लिनुभयो । चिनिया व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलताहरू नरहेको बताउनुभयो । चीनमा भइरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेको बताउँदै नेपालको कृषि, विद्युत्, पर्यटन, शिक्षा तथा सूचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो…
आइएफसीले नेपालमा लगानी विस्तार गर्ने
आर्थिक परिवेश२५ भदाैं, काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिनुभएको अर्थमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । आइएफसीले गत वर्ष नेपालमा एक सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो । क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकता हुन् भन्दै नेपालमा लगानी फराकिलो पार्न आफू प्रतिबद्ध रहेको बताउनुभयो । अर्थमन्त्रीको निजी सचिवालयका अनुसार देशको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक भएको बताउँदै अर्थमन्त्री पौडेलले देशको…
सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहजै समाधान गर्न सकिन्छ : प्रधानमन्त्री
आर्थिक परिवेश२२ भदाै काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो, सहनशील र न्यायोचित मनका साथ संवाद गरेमा नेपाल–भारतबिचका समस्या सहजै समाधान गर्न सकिने बताउनुभएको छ । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित पूर्व प्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल–भारतबीच रहेका केही समस्या समाधानका लागि आफ्नो प्रस्तावमा दुवै प्रधानमन्त्रीबिचको सहमतिमा प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) गठन गरिएको स्मरण गर्नुभयो । “इपिजीको प्रतिवेदन बुझ्ने–बुझाउने मौका अहिलेसम्म मिलेको छैन । नेपाली पक्षले प्रतिवेदन बुझ्न नभ्याउने कुरै भएन । भारतीय पक्षको पनि प्रतिवेदन बुझ्न अब समय मिल्ला भन्ने लाग्या छ । प्रतिवेदन बुझेपछि दुवै…