नेपालको अर्थतन्त्रका चुनौतीका वारेमा आईएमएफसँग छलफल
आर्थिक परिवेश

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले नेपालको वर्तमान अर्थतन्त्रका विभिन्न विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको छ । छलफलका अवसरमा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवा शुल्क, व्याजदर, लगानी योग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सृजना हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसँग आग्रह गर्नुभयो । छलफलमा अन्तर्राष्ट्रिय मुद्रा कोषका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गर्नु भयो । उहाँले संयुक्तराज्य अमेरिका र…

चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै निकासी बढाउनुपर्छ, कार्यवाहक राष्ट्रपति पुन
आर्थिक परिवेश

काठमाडौं । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले चीनतर्फ नेपालको निकासी व्यापारले अपेक्षाकृत गति लिन नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । चीनसँगको सुमधुर राजनीतिक सम्बन्धका बाबजुद नेपालले आर्थिक सम्बन्ध विस्तार गर्न नसकेको उहाँको भनाइ छ । नेपाल–चीन व्यापारिक सम्झौताअनुसार चीनले प्रदान गरेका सुविधा उपयोग गर्दै नेपाली वस्तुको निकासी बढाउनुपर्ने उहाँको भनाइ छ । नेपाल चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभालाई बिहीबार राजधानीमा सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले नेपालका कृषिजन्य उत्पादन, जडिबुटी तथा खानीजन्य सामग्री चीनतर्फ निर्यात गर्न सकिने सम्भावना रहेको बताउनु भयो । “हामीले चिनियाँ बजारको अध्ययन गरी त्यहाँका उपभोक्ताको रुचिलाई मध्यनजर गर्दै नेपाली बस्तु निकासी गर्न सक्नुपर्छ र…

अष्टेलियामा नेपाल फेस्टिभल मार्फत नेपाल प्रर्वद्धनको पहल १
आर्थिक परिवेश

  काठमाण्डौ । जाडो सकिएर गर्मी शुरु भए संगै अष्टेलियामा बसोबास गर्ने गैर आवासीय नेपाली तथा त्यहाँ काम र अध्ययन गरी बसेका नेपालीहरुले आ आफनो बसोबास रहेको राज्यहरुमा मेला र महोत्सवको आयोजना गरी नेपाल प्रर्वद्धन गर्ने काम गर्दै आएका छन् । अष्ट्रेलियास्थित गैर आवासी नेपाली संघ राष्ट्रिय समिति तथा राज्य समितिको आयोजनामा हुने त्यस्ता मेला तथा महोत्सवहरु नेपाल फेस्टिभलको रुपमा मनाइने गरिएको छ । नेपाल फेस्टिभलको क्रममा त्यहाँस्थित विभिन्न अष्ट्रेलियन समुदायहरु बीचमा नेपाली कला, संस्कृती, रिती रिवाजहरु,भेषभुषा, नृत्य तथा तस्वीरहरुको माध्यमबाट नेपालमा पर्यटन प्रर्वद्धन गर्न सहयोग गर्ने गरिएको छ । नेपाल फेस्टिभल तथा मेला महोत्सवको आयोजना गरेर अष्ट्रेलियाका विभिन्न राज्यहरुमा…

अब दैनिक तीन सय ८६ मेगावाट बिजुली भारत निर्यात हुने
आर्थिक परिवेश

काठमाण्डौ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले उत्पादन गरेको २२ मेगावाट बिजुली भारत निर्यात हुने भए संगै अव नेपालबाट दैनिक ३ सय ८६ मेघावाट विद्युत भारत निर्यात हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले थप बिजुली २२ मेगावाट भारत निर्यातका लागि अनुमति प्राप्त भएको जानकारी दिनु भयो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले चिलिमे जलविद्युत् कम्पनीको बिजुली भारत निर्यातका लागि यही कात्तिक १४ गते अनुमति प्राप्त दिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १००.९ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि यसअघि नै प्रस्ताव गरेको थियो ।…

राजदूत भण्डारी र बंगलादेशी प्रधानमन्त्री बीच भेट, दुई देश बीचका व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायतका विषयमा छलफल
आर्थिक परिवेश

काठमाण्डौ । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग मंगलवार उहाँकै निवास ढाकास्थित गणभवनमा भेटवार्ता गर्नु भएको छ । सो अवसरमा नेपाल–बंगलादेशबीच व्यापार, पारवहन, ऊर्जा, शिक्षा, पर्यटनलगायतका क्षेत्रमा केन्द्रमा राखेर सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको थियो । राजदूत भण्डारीले विगत ५० वर्षमा नेपाल–बंगलादेश सम्बन्धको सरकारी तथा जनता–जनता तहमा निरन्तर विकास भएकोमा जोड दिँदै पछिल्लो समय असल छिमेकीको भावनामा द्विपक्षीय सम्बन्ध बढ्दै गएको बताउनु भयो । ऊर्जा सहयोगमा जारी छलफल उत्साहजनक रहेको र यो ‘विन–विन इन्टरप्राइज’लाई साकार पार्नु महत्वपूर्ण कोसेढुङ्गा हुने उनले बताउनु भयो । जवाफमा बंगलादेशी प्रधानमन्त्री हसिनाले व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा उपलब्ध…