सुनको मूल्य एक हजार ३०० ले बढ्यो
आर्थिक परिवेशकाठमाडौँ । नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३०० ले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधवार उक्त सुन प्रतितोला रु ९२ हजार ७०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेको छ । बुधवार प्रतितोला रु ९२ हजार २०० तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य बुधवारका तुलनामा रु २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २७० कायम भएको छ । चाँदी बुधवार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो…
कृषिमा युवाको आकर्षण, होटेल व्यवसाय छाडेर च्याउ खेतीमा
आर्थिक परिवेशस्याङ्जा । पछिल्लो समय युवाहरू कृषिमा आकर्षित भएका छन् । विदेशबाट फर्केर तथा अन्य व्यवसाय छाडेर कृषिमा लाग्नेहरूको सङ्ख्या बढ्दै जान थालेको छ । सङ्घीयतासँगै स्थानीय पालिका तथा अन्य सङ्घ संस्थाहरूले आवश्यक प्राविधिक सहयोग तथा परामर्श दिन थालेपछि स्याङ्जाका युवाहरू कृषिमा आकर्षित भएका छन् । स्याङ्जाको पुतली बजार नगरपालिका ११ का शिवप्रसाद लामिछाने होटल व्यवसाय छाडेर व्यावसायिक कृषिमा लाग्नुभएको पनि ३ वर्ष पुग्यो । बुटवल हुँदै स्याङ्जामा समेत होटल गर्नुभएका लामिछानेले एकीकृत कृषि फर्म दर्ता गरेर अहिले च्याउ खेती, तरकारी तथा सुन्तला खेती र बाख्रा पालन पनि गर्नुभएको छ । १ हजार मुढामा सिताके च्याउ लगाउनुभएका छामिछानेलाई अहिले च्याउ बेच्न भ्याई…
पाँच लाखले यसरी पाउनेछन् सरकारबाट अनुदान
Reporter's Nameकाठमाडौँ । कोरोना भाइरसको महामारीको कहरमा परेका ठुला व्यवसायी तथा व्यापारीले मोटो रकम राहत पाउँदा टुलुटुलु हेर्न बाध्य नागरिकलाई पहिलो पटक सरकारले सानै भए पनि सहयोग गर्ने भएको छ । संविधानमा समाजवाद लेखिए पनि व्यवहारमा राज्यका तर्फबाट राहत पाउन नसकेका अति विपन्न वर्गलाई रु १० हजारका दरले नगद अनुदान दिन लागिएको हो । दिनभरि कमाएर साँझ बिहानको छाक टार्नेको सङ्ख्या अत्यधिक छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण उनीहरू समस्यामा थिए । कोरोनाका कारण रोजगारी र आयआर्जनको अवसर गुमाएका अनौपचारिक तथा असङ्गठित क्षेत्रलाई यसअघि कुनै पनि रूपमा सम्बोधन गरिएको थिएन । पछिल्लो पटक वर्तमान सरकार गठन भएपछि ‘टोकन’कै रूपमा…