राष्ट्रिय योजना आयोगले प्रतिनिधि सभाका सांसदहरु सँग १६औँ योजनाका सम्बन्धमा सुझाव लियाे
आर्थिक परिवेश

१४ माघ काठमाडौं ।   राष्ट्रिय योजना आयोगले १६औँ पञ्चवर्षीय योजनाका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधि (सांसदहरु)सँग सुझाव लिएको छ । १६औँ योजना कस्तो बनाउने भन्ने विषयमा आयोगले मस्यौदा तयार पारिसकेको छ । तयार भएको मस्यौदा उपर आइतबार आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा दलका प्रतिनिधिहरुसँग सुझाव लिइएको हो । दलका प्रतिनिधिहरुले सबैले स्वीकार्ने र पूरा हुने लक्ष्यहरु १६औँ योजनामा समावेश गर्न सुझाव दिएका छन् । छलफलमा आयोगका सबै सदस्यहरु, सदस्य सचिव र अन्य अधिकारीहरु सहभागी थिए । आयोगका सहसचिव महेश भट्टराईले १६औँ योजना सम्बन्धी प्रस्तुतिकरण राखेपछि छलफल प्रारम्भ भएको थियो । सुझाव छलफल कार्यक्रममा नेपाली कांग्रेसका…

आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नु पर्छ: अर्थमन्त्री
आर्थिक परिवेश

१३ माघ, काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले राजनीतिक परिवर्तनपछि अब आर्थिक समृद्धि र पूर्वाधार निर्माणका कामलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । नेपाल मार्केटिङ एशोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै डा महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किएकाले अब पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “देशको अर्थतन्त्र समस्यामा थियो, बिस्तारै सुधार हुँदैछ । हामीले धेरै राजनीतिक आरोह–अवरोह पार गरिसक्यौँ, राजनीतिक पूर्वाधार तयार पारिसक्यौँ । अब अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक छ । यो पूर्वाधार हामी तयार पार्न सक्छौँ भन्ने कुरामा विश्वस्त छौँ” मन्त्री डा महतले भन्नुभयो, “हाम्रो आर्थिक सूचकाङ्क सकारात्मक छन् । मूल्यवृद्धि नियन्त्रणमा छ । ब्याजदर घटिरहेको…

६ महिनामा भन्सार राजस्व ६. ३४ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

१३ माघ, काठमाडौँ  ।  मुलुकको वैदेशिक व्यापारका सूचक घटिरहेको अवस्थामा कूल राजस्व सङ्कलनमा भने सकारात्मक सुधार  आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ८८ अर्ब १७ करोड राजस्व सङ्कलन भएकामा चालु आव २०८०/८१ को सोही अवधिमा दुई खर्ब १० करोड रूपैया राजस्व सङ्कलन भएको छ । याे छ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हो । राजस्व सङ्कलन भन्सार प्रशासनको महत्वपूर्ण कार्यका रूपमा लिइने गरिएको छ । मुलुकको कूल राजस्वको करिब ५० प्रतिशत राजस्व भन्सार प्रशासनले सङ्कलन गर्दै आएको छ । चालु आवको छ महिनाको वैदेशिक व्यापारको तथ्याङ्कलाई हेर्दा राजस्व योगदानमा मुख्यतः डिजेल,…

पशुपतिनगर भन्सारले ६ महिनामा एक करोड ३४ लाख रूपैया राजस्व सङ्कलन
आर्थिक परिवेश

१३ माघ, इलाम।  इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा  एक करोड ३४ लाख १३ हजार रूपैया राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले  एक करोड ९१ लाख ७१ हजार रूपैया राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । यसैगरी आव २०७७/७८ मा  एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले  एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिनुभयो । यस्तै आव २०७८/७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा  ८७ लाख ३८ हजार…

राजस्वको लक्ष्य हासिल गर्न व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ : अर्थमन्त्री
आर्थिक परिवेश

१२ माघ, काठमाडौँ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले भन्सार प्रशासनलाई मजबुत बनाउन डिजिटलाइजेशनलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ । ७२औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा  शुकवार काठमाडाैमा आयोजित एक कार्यक्रममा मन्त्री डा महतले विभिन्न प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड तथा असल अभ्यासको प्रयोग गर्दै अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ सबैको पहल आवश्यक रहेको औँल्याउनु भयाे । “समग्र भन्सार प्रशासनलाई सुदृढ बनाई राजस्वको लक्ष्य हासिल व्यवसायको यथार्थ मूल्याङ्कनका आधारमा करको दायरमा ल्याउनुपर्छ । भन्सार क्षेत्रमा नयाँ प्रविधिको प्रयोग गरी अत्याधुनिक भन्सार प्रशासन निर्माणतर्फ केन्द्रित हुन आवश्यक छ”, मन्त्री महतले भन्नुभयो । मन्त्री महतले भन्सार क्षेत्रलाई प्रभावकारी बनाउन भन्सार प्रशासन नयाँ प्रविधि प्रयोग गर्न उत्सुक हुनुपर्नेमा…