बेरोजगारीको संख्या २०८६ सालसम्ममा ३ लाखमा झार्ने १६ औं योजनाको लक्ष्य
आर्थिक परिवेश२१असार,काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकाससहितको योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो । देश विकासको लागि मानव संशाधन विकासको महत्वलाई दृष्टिगत गरी राष्ट्रिय योजना आयोगले समग्र मानव संशाधन विकास योजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाएको हो । यसका लागि आयोगका सदस्य डा. पौडेलको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, संघीय मामिला मन्त्रालय साथै विश्वविद्यालय तथा नेपाल उद्योग वाणिज्य महासंघ, निजी क्षेत्रका विद्यालय लगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो । निर्देशक समितिमा निजी क्षेत्रका तर्फबाट…
प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिसंग सुझाव
आर्थिक परिवेश२० असार, काठमाडाैं । राष्ट्रिय योजना आयोगले १६ औँ पञ्चवर्षीय आवधिक योजनाकाे अाधारपत्र तयारीका लागि प्रदेश योजना आयोग र स्थानीय सरकारका प्रतिनिधिमूलक संस्थाहरूसँग छलफल गरेको छ । सिंहदरबारस्थित आयोगको हलमा बुधवार भएको छलफलमा नयाँ आवधिक योजनाका लागि सुझाव दिन कोशी प्रदेशबाहेक सबै प्रदेश योजना आयोगका उपाध्यक्षहरू सहभागी हुनुहुन्थ्यो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा भएको छलफलमा प्रदेश योजना आयोगका उपाध्यक्षहरूसहित जिल्ला समन्वय समिति, नगरपालिका सङ्घ तथा गाउँपालिका सङ्घबाट प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्यो । योजना आयोगले अहिले १६ औँ योजनाको मस्यौदा तयार पारिरहेको छ । उक्त अाधारपत्रकाे मस्यौदा माथि आयोगले मधेस प्रदेश योजना आयोगका उपाध्यक्ष नाथुप्रसाद चौधरी, बागमती…
राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न अर्थमन्त्रीको निर्देशन
आर्थिक परिवेश२० असार, काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न सम्वद्ध कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर कार्यालयका कर्मचारीलाई बुधवार निर्देशन दिनुहुँदै अर्थमन्त्री महतले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न कर्तव्यनिष्ठ भएर काम गर्न भन्नुभएको हो । कर्मचारी कर्तव्यबाट पन्छिन नहुने बताउनुहुँदै अर्थमन्त्री महतले सेवाग्राहीमाझ सहजरूपमा प्रस्तुत हुन पनि निर्देशन दिनुभयो । अहिले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको बताउनुहुँदै उहाँले अर्थतन्त्रलाई गति दिनका लागि पनि राजस्व बढाउन आवश्यक रहेको बताउनुभयो । भन्सारमा आधारित राजस्व नीतिले अर्थतन्त्रलाई सुधार गर्न नसक्ने र सार्वजनिक ऋणको सदुपयोग गर्ने विषयमा सरकार…
चालु आर्थिक बर्षको लागि राजस्व संकलनको लक्ष्य प्राप्त गर्न कठिन
आर्थिक परिवेश१९ असार, काठमाडौं । चालु आर्थिक वर्षकाे असार १८ गतेसम्ममा आठ खर्ब ९९ अर्ब रूपैया मात्र राजस्व संकलन भएकाे छ । सरकारले यस अवधीका लागि राजस्व सङ्कलनको लक्ष्य १४ खर्ब तीन अर्ब १४ करोड राखेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत मात्र हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब पाँच खर्ब रूपैया उठाउनु पर्ने हुन्छ । आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन कठिनाइ परेको मन्त्रालयको भनाइ छ…
अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालिसकेको छ अर्थमन्त्री डा. महत
आर्थिक परिवेश१९ असार,काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हाल अर्थतन्त्रको समग्र अवस्था सकरात्मक बाटोमा उन्मुख भएको बताउनु भएको छ । मंगलबार संसदको अर्थसमितिमा बोल्दै अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधार उन्मुख भए पनि समस्यामुक्त भइनसकेकोे बताउनुभयो । उहाँले कुनै पनि देशको अर्थतन्त्र समस्यामुक्त हुँदैन र समय समयमा समस्या आइरहन्छन् तर समाधानको बाटो पहिल्याउँदै जानुपर्छ भन्नु भयो । सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री डा. महतले भन्नुभयो, ‘अर्थतन्त्र चलायमान बनाउन अर्थमन्त्रालयले समन्वयकारी भूमिकाका साथ केही ठाउँमा अगुवाइ पनि गरेको बताउनु भयो । ‘राजस्व उठ्ने विषयमा समस्याहरु देखिएको भए पनि प्रगति भएको र राजस्व संकलनको संशोधित लक्ष्यले निर्धारण गरे अनुसार उठाउन नसके पनि…