नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड
आर्थिक परिवेश

२६ मंसिर,काठमाडौँ  ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समृद्धिका लागि नेपाल र भारतबीच ‘डिजिटल’ सहकार्य अभिवृद्धिमा जोड दिनुभएको छ । काठमाडौँस्थित भारतीय दूतावास, नेपाल राष्ट्र बैङ्क, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र एकीकृत विकास अध्ययन संस्थाद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा मन्त्री शर्माले प्रविधिका क्षेत्रमा सहकार्यका लागि दुवै मुलुकका अधिकारीलाई आग्रह गर्नुभयो । “प्रविधिको विकास र प्रयोगमा सहकार्य गरौँ, यसको प्रयोगबाट समुन्नत राष्ट्र बनाऔँ”, सरकारका प्रवक्ताको समेत जिम्मेवारी सम्हाल्नुभएकी मन्त्री शर्माले भन्नुभयो । सूचना प्रविधिको उच्चतम प्रयोगमा भारतको महत्वपूर्ण सहयोग रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि भारतीय सहयोगले निरन्तरता पाउने अपेक्षा गर्नुभयो । मुलुकको समग्र विकासका लागि सरकारले सूचना…

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्रलाई लयमा ल्याउन सहयोग हुनसक्छ : अध्यक्ष ढकाल
आर्थिक परिवेश

२३ मंसिर,काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको  बताउनु भएको छ । उहाँले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताउनुभयो । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासङ्घका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रवारको मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताउनुभएको…

सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

२३ मंसिर, काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुआयामिकरूपमा रहेको भ्रष्टाचारलाई सरकारी, सार्वजनिक, निजी क्षेत्र र नागरिक समाजसँगको सहकार्य एवं सहयोगमा निवारण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०८० का सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार हुनुका कारण पहिचान गरी निवारणका निम्ति सरकारले राज्यका सबै संयन्त्रलाई परिचालित गरेको बताउनुभयो । आफ्नो नेतृत्वको सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले त्यसको सकारात्मक परिणामस्वरुप आम नागरिकमा क्रमशः आशाको सञ्चार हुँदै गएको बताउनुभयो । “अहिलेसम्म भएका प्रयत्न र परिणाम पूर्ण छैनन् । आगामी दिनमा भ्रष्टाचार नियन्त्रणका लागि…

सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री
आर्थिक परिवेश

२२ मंसिर, धनगढी ।   प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले जनताका आशा, अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनु भयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आज कैलालीको धनगढी उपमहानगरपालिका १६ घसिटामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीको विशेष अभियान देशभर सफतापूर्वक अघि बढेको बताउनु भयो । उहाँले विशेष रूपान्तरण अभियान जनतामा नयाँ आशा, भरोसा जगाउन सफल भएको बताउनु भयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीलाई जनता, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग जोड्ने काम गरेको…

मौद्रिक नीतिको समीक्षा मुलुकको अर्थतन्त्र थप चलायमान हुने गर्भनरको दाबी
आर्थिक परिवेश

२२ मंसिर, काठमाडौ ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको चाैमासिक समीक्षा गर्दै विभिन्न क्षेत्रका नीतिगत दरहरु घटाउने निर्णय गरेको छ । राष्ट्र बैंकले विद्यमान मौद्रिक नीतिको समीक्षा गर्दैे बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरि बैंकदरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत बनाउने भएकाे छ । मौद्रिक नीतिको समीक्षाले नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरेको छ । मौद्रिक नीतिले अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखेको छ । राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको घर कर्जामा किस्ता अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पु¥याउनुका…