सरकारले संसदमा प्रस्तुत गरयाे बजेटका प्राथमिकता र सिद्धान्त
आर्थिक परिवेश

 ०१ जेठ,  काठमाडौँ ।   आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधिको अत्यधिक उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने सरकारको योजना रहेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बिहीबार सङ्घीय संसद्का दुवै सदनको छुट्टाछुट्टै बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता प्रस्तुत गर्नुभयो । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग गर्ने बजेटको प्राथमिकता रहनेछ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आवको बजेटको प्राथमिकता यसप्रकार छ । सेवा प्रवाहका लागि कानुनी संस्थागत सुधार र सूचना प्रविधिको सदुपयोग सहकार्यात्मक सङ्घीय शासन प्रणालीमार्फत सबल राज्य संरचना निर्माण गर्नु बजेटको प्राथमिकता हुनेछ । सङ्घलाई नीति निर्माण, अनुसन्धान, राष्ट्रिय मापदण्ड…

नौ महिनामा मुलुककाे शोधनान्तर स्थिति उल्लेखनीय
आर्थिक परिवेश

२९ बैशाख, काठमाडौँ ।    चालु आर्थिक वर्षको नौ महिनामा शोधनान्तर स्थिति सात खर्ब ३१ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैङ्कले साेमवार   सार्वजनिक गरेकाे चालु आवको नौ महिनाको विवरण  अनुसार अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा छ । समीक्षा अवधिमा चालु खाता छ खर्ब १८ अर्ब ६८ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता दुई खर्ब २२ अर्ब ६७…

९ महिनामा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२८ बैशाख, काठमाण्डौ ।    चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा हुने विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भएको छ । यस अवधीमा नेपालमा १६ खर्ब ५९ अर्ब ४१ करोड रुपैया बराबरको रेमिटेन्स आएको नेपाल राष्ट्र बैकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा विप्रेषण आप्रवाह २०९ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १३९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.५ प्रतिशतले बढेको…

सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा
सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत

 २८ बैशाख,काठमाडौँ ।   सरकारले सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योग घोषणा गरी ‘सफ्टवेयर’ ‘डिजिटल’ सेवालाई प्रवर्द्धन गर्ने जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी गराउनुभएको हो । सरकारले साइबर सुरक्षा, हरित कम्प्युटर र एआई कम्पुटेसन निर्यातलाई प्रवर्द्धन गरिने उहाँले उल्लेख गर्नुभयो । ‘डिजिटल पार्क’ उच्च क्षमताका ‘डेटा सेन्टर’ र सार्वजनिक डिजिटल पूर्वाधार विकास गरी नेपाललाई ‘टेक हब’का रुपमा अघि बढाइने राष्ट्रपति पौडेलले बताउनुभयो । “सूचना प्रविधि निर्यात उद्योगलाई वित्तीय सहुलियत लगानी सहजीकरण, सरकारी सह लगानीसहित नवप्रवर्तन खर्चमा कर प्रोत्साहन उपलब्ध गराइनेछ”, उहाँले भन्नुभयो ।

नेपाल राष्ट्र बैंकले बुझायाे पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन
आर्थिक परिवेश

  २८ बैशाख काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को  पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुझाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले आज अर्थमन्त्री वाग्लेसमक्ष सो प्रतिवेदन बुझाउनुभएको हो । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकारसमक्ष एक प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको छ ।