लुम्बिनी मुख्यमन्त्री जोखबहादुर महराबाट पद तथा गोपनीयताको शपथ
आर्थिक परिवेश२५ चैत्र, रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री महरालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । आज दिउँसो बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराउनुभएको छ । नेकपा एमालेबाट एक, नेकपा माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी(जसपा) बाट एक गरी तीनजना मन्त्रीको शपथ हुने भएको छ। एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर बिना विभागीय मन्त्री बन्नुभएको हो। मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।
अर्थमन्त्री पुनद्वारा वीरगन्ज भन्सारको निरीक्षण चाेरी पैठारी नियन्त्रणमा जाेड
आर्थिक परिवेश२५ चैत,वीरगन्ज । अर्थमन्त्री वर्षमान पुन अर्थमन्त्री नियुक्त भएको एक महिना पछि पहिलो भन्सारकाे विरगंज भन्सारबाट शुरू गर्नु भएकाे छ । निरीक्षणपछि भन्सार कार्यालयमा मन्त्री पुनले राजश्व चुहावट नियन्त्रण समितिको बैठक राखेर छलपफल गर्नु भयाे । बैठकमा अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला, आन्तरिक राजश्व विभागका उपमहानिर्देशक सेवन्तक पोखरेल, वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी, बारा, पर्सा र रौतहटका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी र सशस्त्र प्रहरी प्रमुखलगायत सहभागी हुनु भयाे । मन्त्री पुनले चोरी पैठारी नियन्त्रण गरी राजश्व चुहावट नियन्त्रण गर्न सम्वद्ध अधिकारीलाई निर्देशन दिदैं चौरी पैठारी नियन्त्रण गर्दा राम्रा र वैध बाटोबाट काम…
अब ३ महिनामा राजश्व संकलन बढ्छ : अर्थमन्त्री
आर्थिक परिवेश२३ चैत,काठमाण्डौं। अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताउनु भएकाे छ । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिवहरुसँग आगामी आर्थिक वर्षको बजेट निर्माण र चालु आर्थिक वर्षको समीक्षाका लागि मन्त्रालयमा शुक्रबार आयोजित अन्तरक्रियामा अर्थमन्त्री पुनले लक्ष्य महत्वाकांक्षी राखिए पनि राजश्व वृद्धि अपेक्षित नभएको बताउनु भयाे । चालु आर्थिक वर्षको ९ महिनामा हालसम्म ९ प्रतिशत हाराहारीमा मात्र राजश्व संकलन हुनु राम्रो नभएको उनको भनाइ थियो । यद्यपि आफू मन्त्री भएर आएको करिब एक महिनामा राजश्व संकलनमा केही सुधारका संकेत देखिएको मन्त्री पुनले बताउनु…
८ महिनामा विदेशी मुद्राकाे सञ्चिति २१ दशमलव ७ प्रतिशतले वृद्धि
आर्थिक परिवेश२२ चैत्र, काठमाडौं। गत फागुन मसान्तसम्म मुलुकभित्र विदेशी मुद्राको कुल सञ्चिति १८ खर्ब ७२ अर्ब ८२ करोड रूपैया बराबरकाे भएकाे छ । नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैया बराबर कूल विदेशी विनिमय सञ्चिति रहेको थियो । गत फागुन मसान्तमा आइपुग्दा उक्त सञ्चिति २१ दशमलव सात प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड डलर रहेकोमा गत फागुन मसान्तमा २० दशमलव आठ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड डलर पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असार मसान्तमा …
विश्व बैकले नेपालको आर्थिक वृद्धिको प्रक्षेपण घटायो
आर्थिक परिवेश२० चैत्र, काठमाडौंं । विश्व बैङ्कले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव तीन प्रतिशत कायम रहने प्रक्षेपण गरेको छ । पाँच महिनाअघि बैङ्कले यो वृद्धि तीन दशमलव नौ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको थियो । बैङ्कले आज आफ्नो अर्धवार्षिक आर्थिक परिदृश्य सार्वजनिक गर्दै आगामी आवमा देशको आर्थिक वृृद्धि चार दशमलव ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । पर्यटन सेवा र औद्योगिक क्षेत्रको योगदानसहित ऊर्जा र विप्रेषणको क्षेत्रमा भएको सुधारलाई आधार मानेर बैङ्कले त्यसतो प्रक्षेपण गरेको हो । आर्थिक परिदृश्य सार्वजनिक गर्दै विश्व बैङ्कका देशीय निर्देशक फरिस हदाद जर्भोशले पुँजीगत खर्च विस्तार,व्यावसायिक मनोबल वृद्धि र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता…