विद्युतमा लगाइएको मूल्य अभिवृद्धि करबाट सरकार पछि हट्दैन : अर्थमन्त्री
आर्थिक परिवेश

१८ जेठ काठमाण्डौ ।    अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन भैसक्दा मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन ७४ खर्ब ५८ अर्बको बराबर पुग्ने प्रक्षेपण गरिएको बताउनु भएको छ । नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछि आयोजित अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएकाले आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताउनुभयो । उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो । कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेकाले त्यसलाई सरकारले…

जिडिपीको सापेक्षतामा बजेटको आकार सानो अर्थमन्त्री
आर्थिक परिवेश

१७ जेठ,  काठमाडौँ ।    अर्थमन्त्री डा स्वर्णिम वाग्ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट महत्त्वाकाङ्क्षी नभएको बताउनुभएको छ । आज अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले बजेटको आकार सानो नभएको बताउनुभयो । “विगतका वर्षमा बजेट आएपछि बजेट राम्रो भए पनि कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने बहस हुन्थ्यो, तर यसपटक त्यस्तो अवस्था छैन, बजेट महत्त्वाकाङ्क्षी छैन, वाञ्छित सीमाभित्रै बजेट आएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार आगामी आवको बजेट प्रत्क्षेपित जिडिपीको सापेक्षतामा २८ दशमलव पाँच प्रतिशत मात्रै हो । अर्थमन्त्री डा वाग्लेले आफू सन् २०१४ देखि नेपालको बजेट निर्माणमा संलग्न भएको उल्लेख गर्दै सन् २०१५ को भूकम्पपछि बजेटको आकार बढ्न थालेको…

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडकाे बजेट पेश
आर्थिक परिवेश

 १५ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको वार्षिक आय–व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको गरेको छ । संघीय संसद्को शुक्रवारकाे संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालु तर्फ १२ खर्ब ७० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभयो । बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर ७  प्रतिशत पुग्ने सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धिदर ७  प्रतिशत पुग्ने र मूल्यवृद्धि दर ६ प्रतिशतमा सीमित रहने विश्वास लिएको छ…

सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित भएर रूपान्तरणकारी बजेट ल्याउने तयारी
आर्थिक परिवेश

१५ जेठ,   काठमाडौँ ।  सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको आयव्ययको विवरण सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्दै हुनुहुन्छ । नेपालको संविधानमा प्रत्येक वर्ष जेठ १५ गते आगामी आवको बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्थाअनुसार सदनमा आयव्ययको विवरण पेस हुन लागेको हो । अर्थतन्त्रलाई गतिशील बनाउने, निजी क्षेत्रको मनोबल बढाउने, पुँजीगत खर्च विस्तार गर्ने तथा रोजगारी सिर्जनामा जोड दिँदै  १८ खर्ब ९० अर्बदेखि रु २० खर्बसम्मको बजेट प्रस्तुत गर्ने तयारीमा सरकार रहेको अर्थमन्त्रालयका एक जना वरिष्ठ अधिकारीले जानकारी दिएका छन् । सुशासन र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर बजेट सार्वजनिक हुने उनको भनाइ छ ।…

अर्थमन्त्री डा स्वर्णीम वाग्लले आज संसदमा बजेट पेश गर्ने
आर्थिक परिवेश

१५ जेठ, काठमाडौं ।   सरकारले अाज अपरान्ह ४ बजे आगामी आर्थिक वर्षको लागि २०८३/०८४ का लागि बजे ल्याउने भएकाे छ । जेठ १५ गते संघीय सरकारले संसदकाे संयुक्त बैठकमा संघीय बजेट पेश गर्नु पर्ने व्यवस्था बमाेजिम अर्थमन्त्री डा स्वर्णीम वाग्लले बजेट पेश गर्न लाग्नु भएकाे हाे । यस अघि अर्थमन्त्रीले बिहिवार राष्टपति रामचन्द्र पाैडेलसंग बजेटका वारेमा छलपफल गर्नु भएकाे थियाे । अाज प्रस्तुत गर्ने तयारी भएकाे बजेटमा मुख्य रूपमा   भौतिक र डिजिटल पूर्वाधारलाई प्रमुख प्राथमिकता दिँदै सरकारले आगामी आर्थिक वर्षको लागि विशाल बजेट ल्याउने तयारी गरेको हाे । यसअघि राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेकाे बजेट स्रोत समितिले  सरकारलाइ १८…