बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला
आर्थिक परिवेश

११ भदौ, काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो । त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र  चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६…

पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याइने
आर्थिक परिवेश

११ भदौ, काठमाडौं ।    रसुवामा आएको बाढीका कारण अवरुद्ध रहेको काठमाडौं-मुग्लिन जोड्ने पृथ्बी राजमार्ग बिहीबार दिउँसोसम्म सञ्चालनमा ल्याउने तयारीका साथ धमाधम काम भइरहेको छ । सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता इन्जिनियर शुभराज न्यौपानेका अनुसार राजमार्गमा बाढीले थुपारेको लेदो पन्छाउने काम धमाधम भइरहेकोले बिहीबार दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । उनले भने, ‘मुग्लिनदेखि गलौंदीसम्म र काठमाडौंदेखि बैरेनीसम्मको सडक क्लियर छ । बैरेनीदेखि गलौंदीसम्मका करिब १३ किलोमिटर सडकका विभिन्न ठाउँमा बाढीले लेदो थुपारेको छ । भारी मात्रामा लेदो थुप्रिएकोले मुनि सडकको अवस्था कस्तो छ भन्ने यकिन गर्न कठिन छ ।  विशेष अवस्था बाहेक आज दिउँसोसम्म सडक सञ्चालनमा ल्याउने…

भाेटेकाेशी बाढीमा परी ९५ बढीकाे मृत्यु शव भेटिए
आर्थिक परिवेश

१० भदाै, काठमाडौँ ।   सुवास्थित भोटेकोशी नदीमा बुधवार बिहान आएको भीषण बाढीका कारण साँझ ५ः४५ बजेसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार २७ जना महिला, ३७ जना पुरुष, ६ जना बालिका, ५ बालक र पहिचान नखुलेका २० जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ जनाको पुरुषको शव फेला परेको छ । नुवाकोटमा ५ जना महिला र ६ जना पुरुष गरी ११ जनाको शव फेला परेको छ । धादिङमा ११ महिला, ५ पुरुष, २ ९पहिचान नखुलेको० गरी १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । गोरखामा एक महिला, ४ पुरुष…

बढाइएको तलब, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित दिन अर्थ मन्त्रालयकाे निर्देशन
आर्थिक परिवेश

०४ भदाै,  काठमाडौँ  ।   अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी बढाइएको तलबमान, ग्रेड र प्रोत्साहनभत्ता विभिन्न सर्तसहित उपलब्ध गराउन दिशानिर्देश गरेको छ । अर्थमन्त्रीस्तरीय निर्णयअनुसार चारवटा सर्त पूरा गरी सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, निगम तथा समितिका कर्मचारीलाई तलबभत्ता, ग्रेड र प्रोत्साहनभत्ता उपलब्ध गराउन सम्बद्ध पक्षलाई निर्देशन दिइएको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मन्त्रिपरिषद्को साउन ६ गतेको निर्णयअनुसार साउन १ गतेदेखि लागू हुनेगरी कायम भएको तलबमानअनुसार तह तथा पदअनुसार नयाँ तलबमान निर्धारण गर्न भनेको छ । प्रोत्साहनभत्ता प्रकृतिको भत्ता प्राप्त गर्दै आएका कर्मचारीको हकमा हाल कायम प्रोत्साहनभत्ताभन्दा कम हुने भएमा…

वाणिज्य बैङ्कले कमायाे ४ अर्ब ५६ करोड खुद नाफा
आर्थिक परिवेश

 २९ साउन, काठमाडौँ । नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा ४ अर्ब ५५ करोड ६८ लाख खुद मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैङ्कको खुद मुनाफा ६०.६८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैङ्कको खुद मुनाफा रु दुई अर्ब ८३ करोड ६० लाख थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार कर्जा लगानी र आम्दानीमा भएको उत्साहजनक वृद्धि तथा सम्भावित जोखिमका लागि छुट्याइएको इम्पेयरमेन्ट चार्ज घटेका कारण खुद मुनाफा बढेको हो । आर्थिक वर्ष २०८२/८३ मा…