नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री दाहाल
आर्थिक परिवेश

३० फागुन, काठमाडौं।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल लगानीमैत्री मुलुकको रुपमा स्थापित भएको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपीआईटी) को संयुक्त रुपमा आयाेजित नेपाल–चाइना विजनेस फोरम–२०२३ लाई सम्बोधन गर्नुहुँदै उहाँले जनशक्तिको सहज उपलब्धता, परिमार्जित श्रम कानुन र सुधारिएको औद्योगिक सम्बन्धलगायतका कारणले गर्दा नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको बताउनुभयो । प्रधानमन्त्रीले विदेशी लगानीकर्ताले भोग्दै आएका झन्झट हटाउन एकल विन्दु सेवा सुरु गरिएको र त्यसलाई थप प्रभावकारी बनाउने विश्वास दिलाउनुभयो । उहाँले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्तालाई तत्कालै सबै प्रकारका सेवा एउटै विन्दुबाट प्राप्त गर्ने अवस्था सिर्जना गर्ने स्पष्ट पार्नुभयो…

विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने अवस्थामा
आर्थिक परिवेश

२८फागुन, काठमाडौं।  चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड अमेरिकी डलर रहेकोमा माघ मसान्तसम्ममा १० अर्ब ५० करोड अमेरिकी डलर कायम भएको छ । जुन १० दशमलव दुई प्रतिशतले वृद्धि हो । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति रू…

७ महिनामा नेपाल भित्रिने विप्रेषण २७ प्रतिशतले वृद्धि
आर्थिक परिवेश

२८फागुन,काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा छ खर्ब ८९ अर्ब ८८ करोड बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको चालु आवको सात महिनाको विवरण अनुसार विप्रेषण आप्रवाह २७ दशमलब एक प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह चार दशमलब चार प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ दशमलब चार प्रतिशतले वृद्धि भई पाँच अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह पाँच दशमलब तीन प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ५७ दशमलब तीन प्रतिशतले वृद्धि…

दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन काठमाडौंमा जारी, अर्थशास्त्रीहरूकाे छलफल पछि सरकारलाई सुझाव दिने
आर्थिक परिवेश

२७ फागुन,काठमाडौं ।  दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन शुक्रबारदेखि काठमाडौंमा सुरु भै शनिवार समेत जारी रहेको छ । शनिवार विभिन्न विज्ञहरूबाट विभिन्न विषयका कार्यपत्रहरू प्रस्तुत गरी छलफल जारी रहेकाे छ । सम्मेलनकाे छलफलबाट प्राप्त सुझावहरूलाई लिपिवद्द गरी सरकार समक्ष प्रस्तुत गरिने  छ । दुई दिने सम्मेलनको शुक्रबारको सत्रमा बोल्दै अर्थशास्त्रीहरूले आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा रूपान्तरण गर्ने गरी व्यवहारिक र कार्यान्वयन योग्य योजना तथा कार्यक्रम ल्याउन आवश्यक भएकोमा जोड दिनुभयो । राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गरेको सम्मेलनमा अर्थशास्त्रीहरूले मुलुक आर्थिक समस्यामा रहेको अवस्थामा यसलाई अवसरको रूपमा प्रयोग गर्दै आत्मनिर्भर अर्थतन्त्रको मार्गमा अघि बढ्ने गरी योजना तथा बजेट तर्जुमालाई व्यवहारिक बनाउनुपर्नेमा…

नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रूपैया पुग्याे
आर्थिक परिवेश

२७ फागुन,काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण  २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख रूपैया पुगेको छ । गत पुस मसान्तसम्म नेपालले  ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड रूपैया आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा   ५७ अर्ब २४ करोड रूपैया ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण  २० खर्ब १३ अर्ब रूपैया थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब…