अर्थ मन्त्रीकाे जिल्ला दाैडाहा
आर्थिक परिवेश२१ माघ, म्याग्दी । अर्थमन्त्री रामेश्वर खनालले स्रोतको अभावबाट निर्वाचनमा कुनै अवरोध सिर्जना नहुने स्पष्ट पार्नुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सरकारले आर्थिक स्रोतको व्यवस्था मिलाएकाले निर्धक्क भएर चुनावको तयारीलाई निरन्तरता दिन निर्देशन दिनुभयो । आज बेनीमा आउनुभएका खनालले सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत र निर्वाचन कार्यालयका अधिकारीहरूसँग निर्वाचनको तयारी र जिल्लाको वस्तु अवस्थाका विषयमा जानकारी लिनुभयो । उहाँले मिथ्या र भ्रामक सूचना प्रवाह रोक्नका लागि संवेदनशील बन्न आग्रह गर्नुभयो । भ्रामक, मिथ्या सूचना र भदौ २४ गते लुटिएका हातहतियारलाई सरकारले चुनावका लागि चुनौतीका रूपमा लिएर त्यसको सामना गर्ने रणनीति बनाएको बताउनुभयो । मौसमका…
देउरालीले उद्योगमा थप ४ अर्ब ७५ करोड लगानी गर्ने
आर्थिक परिवेश२० माघ, काठमाण्डौं । अत्याधुनिक प्रविधिको प्रयोग गरी नेपालमा औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रा.लिले औषधि उद्योगमा थप लगानी गर्ने भएको छ । कम्पनीले औषधि उत्पादनको क्षमताविस्तार गरी आन्तरिक खपत बढाउने र निर्यात समेत गर्ने गरी चितवनको भरतपुरमा अत्याधुनिक प्रविधियुक्त औषधि उद्योग स्थापना गर्न लागेको हो । कम्पनीले ३५ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा औषधि उद्योगमा थप ४ अर्ब ७५ करोड लगानी गर्न लागेको जनाएको हाे । चितवनमा बन्ने औषधि उद्योग परियोजना आगामी २ बर्ष भित्रमा निर्माण सम्पन्न गरी उत्पादन शुरु गर्ने लक्ष्य रहेको देउराली जनता फर्मास्युटिकल्स प्रालिका निर्देशक सुरजभक्त पौडेलले पत्रकार सम्मेलनमा बताउनु भयो ।…
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै निगमले १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमायाे
आर्थिक परिवेश२६ पुस, काठमाडौं । नेपाल सरकारकाे स्वामित्वकाे नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै १३ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आयल निगमले आर्थिक सबलताको सफल यात्रा तय गरेको भन्दै शनिबार ५६ औं वार्षिकोत्सवका अवसरमा अायाेजित कार्यक्रममा खुद नाफाको तथ्यांक सार्वजनिक गर्नु भएकाे हाे । कार्यक्रममा उहाँले निगमको अहिलेको व्यावसायिक उचाइको श्रेय स्वचालित मूल्य समायोजन र सुदृढ पूर्वाधार विकासकाे माध्यमबाट संभव भएकाे उल्लेख गर्नु भयाे । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ६७ अर्ब रुपैयाँको कुल कारोबार गरेको थियो । उक्त अवधिमा १३…
रेमशखेतीबाट वार्षिक ५ खर्बको आर्थिक मूल्य सिर्जना हुने
आर्थिक परिवेश२५ पुष, काठमाण्डौ । नेपालको करिब २२ हजार हेक्टर क्षेत्रफलमा किम्बु खेती, रेमश किरापालन, धागो उत्पादन, बुनाइ र वस्त्र निर्माणलाई एकीकृत रूपमा विकास गर्न सके वार्षिक पाँच खर्ब बराबरको आर्थिक मूल्य सिर्जना गर्न सकिने सम्भावना रहेको औल्याइएको छ । ह्याण्डलुम फ्याब्रिक्स मेकर्स अफ नेपाल र रेशम विकास केन्द्रको संयुक्त रुपमा शनिवार काठमाण्डौमा आयोजित राष्ट्रिय रेशम सम्मेलनमा ह्याण्डलुम फ्याब्रिक्सले त्यसतो जानकारी गराएको हो । सम्मेलनमा नेपालको रेशम विकासको १० वर्षे ढाँचा (२०२६–२०३५) को अवलम्बन, ‘क्लस्टर’मा आधारित किम्बुखेती र रेशम किरापालन, विशेष वित्तीय, व्यापारिक तथा बिमा संयन्त्र, प्रविधि हस्तान्तरण र सीप विकास, एकीकृत ‘नेपाल सिल्क ब्राण्डिङ’ र बजार पहुँचलगायत विषयमा छलफल भएको…
बेतन कर्णाली जलविद्युत् आयोजना कार्यान्वयनकाे चरणमा प्रवेश
आर्थिक परिवेश१५ पुष, काठमाण्डौ । कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण हुने ४३९ मेगावाट क्षमताको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । उत्पादन अनुमति पत्र प्राप्त गरेर लगानी स्वीकृति समेत भइसकेपछि आयोजना अब निर्माणको दिशामा अघि बढ्ने भएको हो । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीले २०७८ फागुन १० गते विद्युत् विकास विभागमा उत्पादन अनुमति पत्रका लागि निवेदन दिएको थियो । आयोजनाले समयमै पूर्ण कागजात पेस नगरेको, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र नेटवर्थसम्बन्धी आवश्यक विवरण ढिलो गरी बुझाएको र भारतीय कम्पनी जीएमआरसँगको विवादमा फसेको कारणले आयोजना अघि बढन सकेको थिएन । अब भने विवाद सबै समाधान भएर आयोजना कार्यान्वयनको…